एनपीएलमा आज दुई खेल हुँदै, कर्णाली–सुदूरपश्चिम र चितवन–पोखरा भिड्दै
खेलकुद
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो साढे १२ बजे हुने पहिलो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्।
त्यस्तै, दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ।
कर्णाली र सुदूरपश्चिम जित निकाल्दै अंक तालिकामा आफ्नो स्थान सुधार्ने लक्ष्यमा छन् भने लगातार तीन खेल हारेको पोखरा पहिलो जितको खोजीमा हुनेछ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
