`

यू-१९ एसिया कप : भारतसँग नेपालको प्रतिस्पर्धा, पहिले ब्याटिङ गर्दै

Nepal One HD २१ कार्तिक २०८३ ११:३०
खेलकुद

काठमाडौं । यू-१९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले भारतविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ।

ओमानको अल अमेरातस्थित मैदानमा जारी खेलमा भारतले टस जितेर पहिले बलिङ रोजेपछि नेपाल ब्याटिङमा उत्रिएको हो।

प्रतियोगिताको पहिलो खेलमै नेपालले बलियो प्रतिद्वन्द्वी भारतको सामना गरिरहेको छ। नेपाल समूह ‘ए’ मा छ। यस समूहमा भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन्।

त्यस्तै, नेपालले दोस्रो खेल नोभेम्बर ८ मा यूएईसँग खेल्नेछ। त्यस्तै, नोभेम्बर १० मा पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतियोगिताको सेमिफाइनल नोभेम्बर १२ र फाइनल नोभेम्बर १४ मा हुनेछ।

नेपालले प्रतियोगिताका लागि विपिनप्रसाद शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।

साथै, टोलीमा निरजकुमार यादव, प्रसिद्ध जैशी, सोहेल कुँवर, दर्श सुनार, रोहित चन्द, निश्चल क्षेत्री, आशिष लुहार, रोशन शाही, सूर्यान्शु कोइराला, अभय यादव, सुशील रावल, नितेशकुमार पटेल, शुभम खनाल र सचिन भट्ट छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *