तिहारमा दुई दिन उपत्यकाको फोहोर व्यवस्थापन प्रभावित हुने
समाचार
काठमाडौं । तिहार पर्वका कारण कात्तिक २४ र २५ गते काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ।
काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागकी प्रमुख सरिता राईका अनुसार तिहारको अवसरमा उपत्यकाको अन्तिम फोहोर व्यवस्थापनस्थल बन्चरेडाँडामा कार्यरत कर्मचारीले समेत बिदा पाउने भएकाले दुई दिन फोहोर व्यवस्थापन रोकिने भएको हो।
त्यस्तै, कात्तिक २६ गतेदेखि भने फोहोर व्यवस्थापनको काम नियमित रूपमा सञ्चालन हुने उनले जानकारी दिइन्।
फोहोर व्यवस्थापनस्थल बन्द रहने अवधिमा सडक तथा सार्वजनिक स्थानमा जथाभावी फोहोर नफाल्न पनि प्रमुख राईले उपत्यकावासीलाई आग्रह गरेकी छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
