`

पहिलो गणतान्त्रिक सरकारले नै कर्णालीको समृद्धिको खाका कोरेको हो : संयोजक दाहाल

Nepal One HD २२ कार्तिक २०८३ १८:०८
प्रमुख खबर

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्णालीलगायत पिछडिएका क्षेत्रको विकासका लागि नै सिंहदरबारको अधिकार गाउँगाउँमा पुर्‍याइएको बताएका छन् ।

लेखक डा. दीपेन्द्र रोकाय र मोहनदास मानन्धर ‘कर्णाली उपेक्षा र उज्यालो’ पुस्तक आज विमोचन गर्दै उनले विभेदमा पारिएका वर्ग र क्षेत्रलाई समृद्धिको नयाँ यात्रामा लैजान आफू प्रधानमन्त्री हुँदा कर्णाली क्षेत्रमा पूर्वाधारको सुरुआत गरेको बताए ।

“पूर्व–पश्चिम मध्यपहाडी राजमार्ग तथा उत्तरदक्षिण कोरिडोर निर्माणले नेपाललाई थप एकताबद्ध बनाएको छ, अब कर्णालीका स्याउ बाहिरी जिल्लामा पुर्‍याउन र तराईका अन्नबाली कर्णाली पुर्‍याउन अप्ठयारो छैन”, उनले भने, “रणनीतिक सोचको नेतृत्व नभएको भए यो विकास हुन सक्दैनथ्यो ।”

पूर्वप्रधानमन्त्री दाहालले आफ्नो नेतृत्वको पहिलो गणतान्त्रिक सरकारले कर्णालीको समृद्धिका लागि १० हजार ८०० मेगावाटको कर्णाली–चिसापानी आयोजना, तिला–१ र तिला–२ आयोजना अघि बढाउन पहल गरिएको पनि जानकारी दिए ।

त्यस्तै, हिल्सा–सुर्खेत सडक निर्माणलाई चीनको सहयोगमा अघि बढाउने विषयमा सैद्धान्तिक समझदारी भएको उनले स्मरण गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *