`

एनपीएल : आज विश्राम,कुनै पनि खेल नहुने

Nepal One HD २३ कार्तिक २०८३ ८:४१
खेलकुद

काठमाडौं – आज नेपाल प्रिमियर लिगको तेस्रो संस्करणअन्तर्गत कुनै खेल नहुने भएका छन् । प्रतियोगिताको खेलतालिकाअनुसार आज एक दिन विश्राम रहेको छ ।

हिजो सम्पन्न भएको खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई ३६ रनले पराजित गरेको थियो ।काठमाडौंले दिएको १६१ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.३ ओभरमा १२४ रनमा समेटियो । लुम्बिनीका लागि सन्दीप जोराले सर्वाधिक ४४ ,अभिशेष गौतमले १६ रन जोडे।

बलिङमा काठमाडौंका जहान्दाद खानले ४,करण केसीले २ विकेट लिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *