`

रड प्रहार गरी श्रीमानको हत्या, श्रीमतीसहित दुई जना पक्राउ

Nepal One HD २४ कार्तिक २०८३ ११:४९
समाचार

मोरङ । मोरङको जहदा गाउँपालिका–२ मोहनपुरमा रड प्रहार गरी एक महिलाले आफ्नै श्रीमानको हत्या गरेको आरोप लागेको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले महिलासहित दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ३५ वर्षीया कमली बास्के र भारतको बिहार निवासी २७ वर्षीय सुनिल मिश्र रहेका छन् ।

प्रहरीका अनुसार आइतबार राति करिब ९ बजे ४० वर्षीय बुधराम सोरेनमाथि बास्के र मिश्रले मिलेर फलामको रड प्रहार गरेका थिए । टाउकोमा रडले लागेपछि सोरेनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा प्रयोग भएको रडसहित मिश्रलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । घटनापछि फरार भएकी बास्केलाई भने सोमबार बिहान खेततर्फ भाग्दै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन इलाका प्रहरी कार्यालय रानीमा राखिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *