`

छठ पर्वको चहलपहल बढ्यो (तस्वीरहरू)

Nepal One HD २८ कार्तिक २०८३ १०:४९
फोटोफिचर
काठमाडौं । दशैं र तिहार सकिएसँगै तराई–मधेशदेखि काठमाडौं उपत्यकासम्म छठ पर्वको रौनक बढ्न थालेको छ।
पर्व नजिकिएसँगै काठमाडौंको कालीमाटीस्थित फलफूल तथा तरकारी बजारमा छठ लक्षित व्यापारसमेत सुरु भएको छ।

छठका लागि आवश्यक पूजासामग्री र फलफूल खरिद गर्न बिहानैदेखि बजारमा सर्वसाधारणको भीड लाग्न थालेको छ। विशेषगरी पूजा सामग्री, फलफूल तथा बाँसबाट बनेका सामग्रीको माग बढेको व्यापारीहरूले बताएका छन्।

छठमा ठेकुवा, भुसुवा (कसार), नरिवल, केरा, स्याउ, सुन्तला, उखु, सखरखण्ड, मुला, अदुवा, बेसार, कागती, अम्बा र भोगटेलगायत सामग्री चढाउने परम्परा छ। त्यस्तै, बाँसको सुप, नाङ्लो, डालो, टोकरी, माटोका हात्ती, दियो, धूप, अगरबत्तीलगायत सामग्रीको पनि किनमेल भइरहेको छ।

अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर मनाइने छठ पर्वमा व्रतालुहरूले नदी, पोखरी तथा जलाशयमा पुगेर विधिपूर्वक पूजा गर्छन्।

तराई–मधेशको प्रमुख सांस्कृतिक पर्वका रूपमा रहेको छठ पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न सहरमा पनि उत्साहपूर्वक मनाउन थालिएको छ।


 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *