गाेर्खाजलाई सुदूरपश्चिमको १२६ रनको लक्ष्य
खेलकुद
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत काठमाडौँ गुर्खाजविरुद्ध सुदूरपश्चिम रोयल्सले १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
टस जितेर काठमाडौँ गुर्खाजले पहिले बलिङ गर्ने निर्णय गरेपछि ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२५ रन बनाएको हो।
सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६० रन बनाए। एक समय निकै दबाबमा रहेको टोलीलाई सम्मानजनक योगफलसम्म पुर्याउन ऐरीले महत्वपूर्ण योगदान दिए।
त्यस्तै, थारिन्दु रत्नायकेले २६ रन जोडे।
काठमाडौँको बलिङ कसिलो रह्यो। उसका लागि जहानदाद खानले ३ विकेट लिए भने सन्तोष यादवले २ विकेट हात पारे।
दुवै टोलीका लागि महत्वपूर्ण मानिएको यस खेलमा अब काठमाडौँ गुर्खाजले जितका लागि १२६ रन बनाउनुपर्नेछ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
