`

काठमाडौँमाथि सुदूरपश्चिमको रोमाञ्चक जित, सात रनले पराजित

Nepal One HD २८ कार्तिक २०८३ १६:०५
खेलकुद

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई ७ रनले पराजित गरेको छ।

सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौँले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११८ रन मात्रै बनाउन सक्यो।

काठमाडौँका लागि राशिद खानले सर्वाधिक ३५ रन बनाए भने दुशन हेमान्थाले २१ रन जोडे। सुदूरपश्चिमका अनिल खरेलले २ विकेट लिए भने स्कट कुगेलेइन, हेमन्त धामी र फेबियन आलेनले समान १ विकेट हात पारे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ६ विकेट गुमाउँदै १२५ रन बनाएको थियो।

उसका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६० र थारिन्दु रत्नायकेले २६ रन बनाए।

काठमाडौँका जहानदाद खानले ३ तथा सन्तोष यादवले २ विकेट लिएका थिए।

यस जितसँगै ७ खेलमा ५ जित निकालेको सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *