हिन्दु राष्ट्र चाहियो भन्दै घस्रिए सांसद पराजुली
काठमाडाै । हिन्दु राष्ट्र चाहियो भन्दै कांग्रेस सांसद भीम पराजुलीले घस्रिएर यात्रा गरेका छन् । विराटनगरको पाञ्चायन मन्दिरदेखि उनी सिंघियासम्म तीन घण्टा घस्रिएका हुन् र त्यसलाई उनले ‘दण्डवत् प्रमाण यात्रा’ भनेका हुन् ।
पराजुली कांग्रेसमा रहे पनि हिन्दु राष्ट्र चाहिन्छ भन्ने सांसद हुन् । नेपाललाई धर्म निरपेक्ष राष्ट्र बनाएको उनलाई पटक्कै मन परेको छैन । उनी जहिल्यै धर्म निरपेक्षको विरोध गर्छन् ।
देशलाई जसरी पनि हिन्दुराष्ट्र बनाउनुपर्छ भन्ने उनी विराटनगरका पूर्व प्रमुख पनि हुन् ।
उनको दल कांग्रेसको आधिकारिक लाइन भने धर्म निरपेक्षबाट देश पछि हट्नु हुँदैन भन्नेमा छ । सभापति गगन थापा धर्म निरपेक्षताको कट्टरपन्थी नेता हुन् । तर, उनी हिन्दु हुन् र हिन्दु धर्म संस्कार अनुसार पूजा गरेर टाउकोमा फूल राखेर हिँड्छन् ।
यस्तोमा सोही दलको कोशी प्रदेशका सांसद पराजुली भने धर्म निरपेक्ष होइन, अब हिन्दु राष्ट्र जसरी पनि चाहियो भन्न थालेका हुन् ।
खासगरी राजेन्द्र लिङ्देनको दल राप्रपाले नेपाललाई फेरि हिन्दु राष्ट्र बनाउनुपर्छ भन्दै आएको छ । धवलशम्शेर राणाको दल जय नेपाल पार्टीले पनि नेपाल हिन्दु राष्ट्र नै हुनुपर्छ भन्दै आएको छ ।
साथै, दुर्गा प्रसाईंको समूहले पनि यही माग राख्दै आएको छ ।
