एमाले स्थायी कमिटी बैठकमा विद्या भण्डारी सहभागी
नेकपा एमाले
काठमाडौं । नेकपा एमालेकी वरिष्ठ नेता तथा पूर्वराष्ट्रपति विद्या भण्डारी पार्टीको स्थायी कमिटी बैठकमा सहभागी हुन केन्द्रीय कार्यालय च्यासल पुगेकी छन् ।
एमाले स्थायी कमिटीको दोस्रो बैठक आज दिउँसो च्यासलस्थित पार्टी कार्यालयमा बस्दैछ ।
भोलिदेखि सुरु हुने राष्ट्रिय कार्यकर्ता भेलाको तयारीका लागि बोलाइएको बैठकले भेलाका एजेन्डा अनुमोदन गर्नेछ । साथै, मंसिर ५ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्नुका साथै समसामयिक राजनीतिक घटनाक्रमबारे पार्टीको धारणा बनाउनेछ ।
एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बैठकमा यी विषयमा छलफल हुनेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
