आखिर के छ कैंचीधाममा? जहाँ पुग्छन् विश्वका चर्चित र धनाढ्य व्यक्तिहरू(भिडियो)
काठमाडौं। के तपाइलाई थाहा छ ? ६ अशोजमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भारतको चर्चित तिर्थस्थल कैंचीधाम दर्शनको लागि पुगे। उनले बताएअनुसार उनी जेलमा हुदा गरेको भाकललाई पुरा गर्न त्यहाँ पुगेका थिए।
कैँचीधाम पुग्ने लामिछाने पहिलो विशिष्ट व्यक्ति होइनन्। यसअघि ठुल्ठूला व्यावसायी, राजनीतिज्ञ, खेलाडीहरुले कैँचीधाम पुगेर दर्शन गरेका छन्। त्यहाँ पुग्ने अधिकांश मानिसहरुका अनुसार कैँचीधाम पुगेर दर्शन गर्नेहरुको मनोकांक्षा मन्दिरमा रहेका मुर्ती बाबाले पुरा गरिदिन्छन्।
कैँचीधाममा अहिलेसम्म एप्पलका संस्थापक स्टिभ जब्स, फेसबुकका संस्थापक मार्क जुकरबर्ग, अभिनेत्री जुलिया रोबर्ट्स र क्रिकेटर विराट कोहली दर्शनका लागि पुगिसकेका छन्। स्टिभ जब्स आध्यात्मिक खोजीका क्रममा सन् १९७४ मा भारत आएका थिए। त्यतिबेला नीम करोली बाबाको निधन भइसकेको थियो। पछि जब्सले फेसबुकका संस्थापक मार्क जुकरबर्गलाई पनि कैंची धाम भ्रमण गर्न सुझाव दिएका थिए। जुकरबर्ग सन् २००८ मा यहाँ पुगेका थिए। उनले पछि आफ्नो कम्पनीको कठिन समयमा उक्त भ्रमणले उद्देश्यप्रतिको विश्वास बलियो बनाउन मद्दत गरेको बताएका थिए।
तपाईंले सोच्नुभएको छ? यस्तो विश्वविख्यात मानिसहरु किन दर्शन गर्न कैँचीधाम पुगेका होलान्? अनि तपाइलाई कैंचीधामको इतिहासबारे थाहा छ ? ।
कैंचीधाम धार्मिक तथा आध्यात्मिक आस्थाको केन्द्रका रूपमा चिनिन्छ। जुन नीम करोली बाबाको नाममा प्रसिद्द भएको हो।
अब तपाईंलाई लाग्न सक्छ- नीम करोली बाबा चाहिँ को रहेछ? किन विश्वप्रसिद्द व्यक्तित्वहरुले निम करोली बाबाको दर्शन गरेका होलान्?
नीम करोली बाबाको नाम लक्ष्मण नारायण शर्मा हो। सन् १९०० तिर यहाँको जन्म भएको मानिन्छ। तर, पछि यहाँ नीम करोली बाबाको नामबाट चिनिनु भयो। विशेषगरी हिन्दू गुरु र हनुमानको भक्तका रूपमा यहाँ प्रसिद्द हुनुहुन्छ।
भनिन्छ, उहाँ अकबरपुर गाउँको धनी ब्राह्मण परिवारमा जन्मिनुभएको थियो । करिब ११ वर्षको उमेरमा परिवारले उहाँको विवाह गरिदियो र करिब १२ वर्षको उमेरमा गृह त्याग गर्नुभयो अनि साधु बन्नुभयो ।
उहाँको पछिल्लो नाम फर्रुखाबाद जिल्लाको खिमासेपुर नजिकको नीब करौरी गाउँबाट राखिएको हो । करौरी गाउँमा प्रचलित कथनअनुसार एकदिन उहाँले टिकट नलिइकन रेलमा यात्रा गर्नुभयो । तर, टिकट नलिइकन यात्रा गरेको थाहा पाएपछि उहाँलाई रेलबाट झारियो । तर, रेल अघि बढ्दै बढेन । केहि गर्दा पनि रेल अघि नबढेपछि उहाँलाई आदरपूर्वक बोलाइयो । अनि, रेल अघि बढ्यो । यो कथा भक्त साहित्यमा पाइन्छ ।
नीम करोली बाबाले वर्षौँ घुमेपछि उत्तर प्रदेश र कुमाउँ पहाडमा स्थानीय र क्षेत्रीय भक्तहरूलाई आकर्षित गर्नुभयो । लगभग १९३० देखि १९७० को दशकसम्म । त्यसको प्रमाण हो- सन् १९६४ मा नैनिताल नजिक बनेको कैंची धाम, जहाँ उहाँले जीवनको अन्तिम दशक बिताउनुभयो । आश्रम स्थापनाको सम्झनामा हरेक वर्ष १५ जुनमा त्यहाँ ठूलो मेला लाग्ने गर्छ । आश्रम हनुमान मन्दिरसहित बनाइएको छ ।
उहाँ वृन्दावन, ऋषिकेश, शिमला, लखनऊ, दिल्ली, हनुमानगढी, भूमियाधार र अमेरिकाको न्यू मेक्सिकोको टाओससम्मका आश्रमहरूसँग पनि जोडिनु हुन्छ ।
उहाँको विश्वव्यापी ख्याति बिशेस गरी पश्चिमबाट फैलिएको हो ।नीम करोली बाबाको ११ सेप्टेम्बर १९७३ का दिन भारतको वृन्दावनस्थित एक अस्पतालमा निधन भएको थियो। उहाँ मधुमेहजन्य कोमामा परेपछि मृत्यु भएको थियो।
