काठमाडौंको मेयरमा सुमना श्रेष्ठको उम्मेदवारी घोषणा
प्रमुख खबर
काठमाडौं । पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो उम्मेदवारी सार्वजनिक गरेकी हुन्।
श्रेष्ठले आफ्नो ज्ञान, सीप, अनुभव र विज्ञता अब काठमाडौंको समृद्धि, सुशासन र रूपान्तरणका लागि उपयोग गर्ने बताएकी छन्।
तर उनी कुन राजनीतिक दलबाट चुनावी मैदानमा उत्रिने वा स्वतन्त्र उम्मेदवार बन्ने भन्नेबारे भने खुलाएकी छैनन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की पूर्वसहमहामन्त्री श्रेष्ठ शिक्षा मन्त्री बनेपछि पार्टीको उक्त जिम्मेवारीबाट अलग भएकी थिइन्। त्यसपछि उनी पार्टी राजनीतिमा सक्रिय देखिएकी थिइनन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
