`

नेपाल–भारत सम्बन्धमा विश्वासको संकट छ, दूरी घटाउनुपर्छ – प्रदीप ज्ञवाली

Nepal One HD ७ मंसिर २०८३ ९:०७
नेकपा एमाले

काठमाडौं – नेकपा एमालेका नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो भारत भ्रमणमा दुई देशबीचको अविश्वास हटाउँदै सम्बन्ध सुधारलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

एएनआईसँग कुरा गर्दै उनले सीमा विवाद, सन् १९५० को सन्धि पुनरावलोकन र नेपाली उत्पादनलाई भारतीय बजारमा सहज पहुँच दिलाउने विषय उठाउन सुझाव दिएका छन्।

साथै, नेपाल–भारतबीच आर्थिक सहकार्य, व्यापार तथा आपूर्ति र मूल्य श्रृङ्खला विकासका नयाँ सम्भावना खोज्नुपर्नेमा पनि उनले जोड दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *