`

काठमाडौंलाई हराउँदै चितवन क्वालिफायर–२ मा, भोलि सुदूरपश्चिमसँग भिड्ने

Nepal One HD ३ मंसिर २०८३ २१:०१
खेलकुद

काठमाडौं – चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ। बुधबार भएको इलिमिनेटर खेलमा काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै चितवनले अन्तिम चारको यात्रा तय गरेको हो।

चितवनले दिएको २०५ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो। काठमाडौंका विल बसिस्टोले सर्वाधिक ३७ रन बनाए। चितवनका रिजन ढकालले ४ तथा उसामा मिरले ३ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले ४ विकेट गुमाएर २०४ रन बनाएको थियो। कामिल मिशाराले अविजित १२० रनको शतकीय पारी खेल्दा कप्तान रवि बोपराले ५३ रन जोडे।

यस जितसँगै चितवनले दोस्रो क्वालिफायरमा बिहीबार सुदूरपश्चिम रोयल्ससँगको भेट पक्का गरेको छ। पराजित काठमाडौं भने प्रतियोगिताबाट बाहिरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *