`

एआईको विश्वव्यापी नियमनको विपक्षमा ट्रम्प

Nepal One HD ४ मंसिर २०८३ १३:३०
विश्व

एजेन्सी। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बौद्धिकता (एआई) सम्बन्धी विश्वव्यापी नियमनको प्रस्तावमा अमेरिकाले समर्थन नगर्ने बताएका छन् ।

चीनको सेन्जेनमा बिहीबार आयोजित एपेक बैठकलाई सम्बोधन गर्दै उनले अन्तर्राष्ट्रिय नियमले एआई विकासमा अमेरिकालाई चीनभन्दा पछाडि पार्न सक्ने आशंका व्यक्त गरे।

एआईका जोखिमप्रति सचेत रहनुपर्ने भए पनि यसको विकासलाई नियन्त्रण गर्ने विश्वव्यापी नियम स्वीकार्य नहुने ट्रम्पको भनाइ थियो ।

यसैबीच, चिनियाँ राष्ट्रपति सी चिनफिङले एआई मानव नियन्त्रणमा रहनुपर्ने धारणा राख्दै आएका छन् ।

क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले भने एआईको जोखिम न्यूनीकरणका लागि अन्तर्राष्ट्रिय नियमन आवश्यक रहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *