डेभिड मलानको अविजित ७१ रन, चितवनले सुदूरपश्चिमलाई दियो १३४ रनको लक्ष्य
खेलकुद
काठमाडौं – एनपीएलको दोस्रो क्वालिफायरमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सविरुद्ध १३३ रन बनाएको छ।कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनायो।
चितवनका डेभिड मलानले ५१ बलमा ९ चौका र २ छक्कासहित अविजित ७१ रन बनाए। सलाउद्दिन खानले १८ र कमल सिंह ऐरीले १० रन जोडे।
सुदूरपश्चिमका स्कट कुगुलेइनले सर्वाधिक ३ विकेट लिए भने थरिन्दु रत्नायकेले २ विकेट हात पारे। अन्य बलरले १–१ विकेट लिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
