`

आईजीपीले म्याद नबुझ्दा दानबहादुर कार्कीको रिट सुनुवाइ रोकियो

Nepal One HD ७ मंसिर २०८३ १३:२१
प्रमुख खबर

काठमाडौं । पूर्वप्रहरी महानिरीक्षक दानबहादुर कार्कीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतमा आज हुने भनिएको सुनुवाइ स्थगित भएको छ । बहालवाला प्रहरी महानिरीक्षक मनोजकुमार केसीले अदालतको म्याद नबुझेपछि सुनुवाइ प्रक्रिया अघि बढ्न नसकेको हो ।

रिटमा विपक्षी बनाइएका अन्य पक्षले म्याद बुझिसके पनि आईजीपी केसीले भने अझै म्याद नबुझेको पाइएको छ । यही कारण सुनुवाइ प्रभावित भएपछि न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयले महान्यायाधिवक्तालाई इजलासमै बोलाएर म्याद बुझ्ने व्यवस्था सुनिश्चित गर्न निर्देशन दिएका छन् ।

केसीले म्याद बुझेपछि मात्रै मुद्दाको सुनुवाइका लागि अर्को मिति तोकिनेछ ।

यसअघि गत मंसिर २ गते न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले रिटमा प्रारम्भिक सुनुवाइ गर्दै दुवै पक्षलाई अन्तरिम आदेशबारे छलफलका लागि उपस्थित हुन आदेश दिएको थियो । तर, प्रहरी प्रमुखले नै म्याद नबुझेपछि अदालतको प्रक्रिया अघि बढ्न सकेन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *