पूर्वमुख्यसचिव अर्यालको घरमा सीआईबीको खानतलासी
बिशेष
काठमाडौं – पूर्वमुख्यसचिव एकनारायण अर्यालको काठमाडौंस्थित हेपाली हाइटको घरमा सीआईबीले खानतलासी गरी केही कागजात नियन्त्रणमा लिएको छ।
मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका नाममा गैरकानुनी रकम असुली गरी विदेश पठाएको आरोपमा पक्राउ परेका अर्याललाई बिहीबार भारतबाट काठमाडौं ल्याइएको थियो। उनलाई हाल सीआईबीको हिरासतमा राखिएको छ।
प्रहरीका अनुसार यस प्रकरणमा १ अर्ब ६९ करोड २ लाख २४ हजार रुपैयाँ गैरकानुनी रूपमा असुली भएको दाबी गरिएको छ।
प्रहरीका अनुसार उक्त रकम मलेसिया पठाउनेसम्बन्धी चारवटा मन्त्रिस्तरीय निर्णयमा तत्कालीन श्रम सचिवका रूपमा अर्यालको संलग्नता देखिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
