विमान दुर्घटनाको छानबिन गर्न आयोग गठन

प्रशासन

काठमाडौं / सरकारले पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाको छानबिन जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको छ।
आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय समिति गठन गरेको हो।
मन्त्रिपरिषद्को आकस्मिक बैठकपछि सरकारका प्रवक्ता एवं अर्थमन्त्री विष्णु पौडेलले आकस्मिक बैठकको निर्णय जानकारी गराउनु भएको थियो ।
पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन। जहाजमा ७२ जना सवार थिए ।
प्रतिक्रिया