चितवन–२ मा चाँडै निर्वाचन गराउन रबिकाे उच्चस्तरीय संयन्त्रको बैठकमा माग


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले चितवन–२ मा चाँडै निर्वाचन गराउन माग गरेका छन् ।
आइतबार वालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको सत्ता साझेदार संलग्न उच्चस्तरीय संयन्त्रको बैठकमा सभापति लामिछानेले उक्त माग गरेका हुन्।
सभापति लामिछानेले भने, ‘मैले चितवन–२ मा चाँडै उपनिर्वाचन होस भनेर प्रधानमन्त्रीलाई भनेको छु, प्रधानमन्त्रीले यसवारे निर्वाचन आयोगसँग कुराकानी भईरहेको जानकारी दिनुभएको छ।’
उनका अनुसार सत्ता साझेदार दलमा राष्ट्रपतिका लागि लिएर कुनै मतभेद नभएको र पुर्व सहमतिअनुसार नै राष्ट्रपतिको उम्मेदवार चयन हुनेछ ।
नेपाली नागरिकता नलिई गत निर्वाचनमा भाग लिएको भन्दै सर्वोच्च अदालतले चितवन–२ वाट बिजयी लामिछानेको सांसद पद अस्विकृत गरेको थियो । उक्त फैसाला पछि चितवन–२ सांसदबिहिन अवस्थामा छ । लामिछानेले नेपालको नागरिकता पुनः लिए पछि फेरी निर्वाचन लडने मनस्थीतिमा छन् ।