`

मन्त्रालयमा राजनीतिक र अन्य दबाबका आधारमा काम हुँदैन – उपप्रधानमन्त्री श्रेष्ठ

Nepal One HD ८ फागुन २०७९ २०:५४
राजनीति

काठमाडौं – उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले मन्त्रालयमा राजनीतिक र अन्य दबाबका आधारमा काम नहुने बताएका छन् ।

मन्त्रालयअन्तर्गतका रुग्ण आयोजनाका विषयमा आयोजना प्रमुख र निर्माण व्यवसायीसँग उपप्रधानमन्त्री श्रेष्ठले मन्त्रालयको लक्ष्य पूरा गर्न निर्माण व्यवसायीले सक्रिय भएर काम गर्न निर्देशन दिए । उनले बजेटको ३३ प्रतिशत हिस्सा रहेपनि काममा सुस्तता भएकाले छिटो काम गर्न निर्देशन दिएका हुन् ।

उनले भने – “मन्त्रालयको पूँजीगत खर्चको कार्यान्वयन कमजोर छ, सुधारका लागि मन्त्रालयले तीन वटा कार्यदल बनाएर सुधारको पहल गरेको छ, धेरै आयोजनाको राम्रो अवस्था नहुँदा मन्त्रालय र निर्माण उद्योगको पनि प्रतिष्ठा गिर्न थालेको छ, अब प्रतिष्ठा उँचो हुनेगरी काम गनुपर्छ, बैठकमा जे निर्णय हुन्छ, त्यो कार्यान्वयन गर्नुपर्छ, कार्यान्वयन गर्न नसकिने निर्णका बारेमा पहिल्यै भन्नुपर्छ”


प्रतिक्रिया