राष्ट्रपतिको उम्मेदवार फागुन १३ गतेसम्म टुङ्गो लाग्छ : प्रधानमन्त्री प्रचण्ड

प्रमुख खबर

काठमाडौँ । सिंहदरबारमा आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको थियो । बिहिबार भएको भेटमा राष्ट्रपतिको निर्वाचनका सन्दर्भमा उम्मेदवार चयनमा दलबीच भइरहेको छलफलका विषयमा कुराकानी भएको जनाइएको छ ।
छलफलपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री दाहालले दलबीचको छलफल जारी रहेको र यही फागुन १३ गतेसम्म राष्ट्रपतिको उम्मेदवार टुङ्गो लाग्ने जानकारी दिएका हुन् ।
उनले भने, “अहिले छलफल भइरहेको छ । फाइनल भएको छैन ।” भेटवार्तामा उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको पनि सहभागिता थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट