`

सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदमा पेस गर्ने

Nepal One HD १२ फागुन २०७९ १९:१३
राजनीति

काठमाडौं, १२ फागुन । सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदमा पेस गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) ऐन २०७९ सम्बन्धी विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

साथै नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन २०६४ को दफा ४१ बमाजेमि तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७८÷०७९ को बार्षिक प्रतिवेदनलाई स्वीकृत गरी सम्मानीय राष्टपतिसमक्ष पेस गर्ने पनि मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
 


प्रतिक्रिया