`

भारतबाट नेपाल ल्याइएका  ४ वटा ट्यांकरकाे ८० हजार लिटर डिजेलमा मिसावट भेटियाे

Nepal One HD १४ फागुन २०७९ १४:०५
प्रमुख खबर

काठमाडौं – भारतबाट नेपाल ल्याइएका  ४ वटा डिजेल ट्यांकरमा मिसावट भेटिएको छ । इण्डियन आयल कर्पोरेसन (आईओसी) को सिलगुडी डिपोबाट नेपाल आएको ४ वटा ट्यांकरको ८० हजार लिटर डिजेलमा मिसावट पाइएको हो ।   

निगमको चारआली शाखा कार्यालयले डिजेलमा मिसावट भएको शंका लागेपछि केन्द्रीय कार्यालय टेकुलाई जानकारी दिएको थियो । शंका गरिएका ती ४ वटा ट्यांकरको डिजेल परीक्षण गर्दा मिसावट भेटिएको हो ।

डिजेलमा मटीतेल मिसावटको आशंका छ । नेपालमा भन्दा पनि भारतमा नै डिजेलमा मिसावट भएको हुनसक्ने निगम बताउछ । नेपालमा मटीतेल र डिजेलको मूल्य बराबर छ ।

निगमका अनुसार परीक्षणपछि ती ट्यांकरलाई कारबाही गरेर डिजेल बराबरको गुणस्तर बनाई हाल मिसावट भएको डिजेल बिक्री गरिने छ । नेपालमा डिजेल र मटीतेलको मूल्य बराबर भएपछि बीचमा मिसावट बन्द भएको थियो ।


प्रतिक्रिया