प्रचण्ड दाम्लो चुँडाएर जान खोजे, मैले रोक्न सकिन – ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दाम्लो चुँडाएर जान खोज्नेलाई रोक्न नसकिने बताएका छन् । राजनीतिक आन्दोलनमा घाइते भएकालाई सम्मान गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल प्रचण्डतर्फ संकेत गर्दै यस्तो बताएका हुन् । उनले भने ‘प्रचण्डजी एक थरी बोल्नुहुन्छ, गर्नुहुन्छ बेग्लै। उहाँसँग अस्ति भएको भेटमा मलाई भन्नुभयो– दुई महिना गाह्रो भयो है। नहोस् पनि कसरी उहाँ दाम्लो चुँडाएर जान खोज्ने, मैले रोक्दिन त सक्दिन, कतिञ्जेल रोक्ने रु’
आफनो बचनमा प्रधानमन्त्री प्रचण्ड पक्का नरहदाँ राजनीतिक अस्थिरता बढेको बताए । ओलीले बचन फेर्ने पुरानो बानी नसुध्रिएको पनि आरोप लगाए । प्रचण्ड धोका दिने मान्छे भनेर आफूले पहिला देखी नै चिनेको बताउँदै ओलीले अहिले पनि प्रचण्डले व्यवहार नसुध्रिएको आरोप लगाए ।‘तपाईंहरूलाई थाहा छ बिरालो पाल्न किन्नु पर्दैन दूध र भात दियो भने छिमेकीको बिरालो आफ्नै हुन्छ। एउटा कचौरामा दूध भात दिनुहोस् छिमेकीको बिरालो आफैँ आउँछ। प्रचण्डमा यही स्वभाव हावी छ। जता पाइन्छ उहाँ ढल्कि हाल्नुहुन्छ’ ओलीले भने ।
उनका अनुसार १० पुसमा भएको सहमति तोडेर कांग्रेसका उम्मेदवारलाई राष्ट्रपति बनाउन खोजेको बताउँदै ओलीले २५ फागुनसम्म सहमतिमा आउन सक्ने भन्दै प्रतिक्षा गरिरहेको बताए ।
