`

सवारी पार्किङ हटाएको विरोधमा दरबारमार्गका व्यवसायी आन्दोलित

Nepal One HD १५ फागुन २०७९ १८:००
प्रशासन

काठमाडौँ – काठमाडौँको दरबारमार्ग क्षेत्रको सडक किनारामा सवारी पार्किङ निषेध गरेको विरोधमा व्यवसायीहरूले विरोध प्रदर्शन गरेका छन् ।

सवारी पार्किङ निषेध गर्ने काठमाडौँ महानगरको निर्णयको विरोधमा व्यवसायीहरूले सोमबार अपराह्न आधा घण्टा सटर बन्द गरेर सडकमा विरोध प्रदर्शन गरेका हुन् । सवारी आवागमनमा नै असर पुग्ने गरी दरबारमार्ग क्षेत्रमा पार्किङ गरिएको भन्दै महानगरले दुई महिना अघि सो क्षेत्रलाई पार्किङ निषेध बनाएको थियो ।

त्यसपछि सो क्षेत्रका व्यापारीहरूले विरोध जनाउँदै आएका छन् । उनीहरूले यसअघि सडकको एकतर्फी छेउमा मात्रै पार्किङ राखेको तर महानगरले हटाउँदा ५० देखि ६० प्रतिशत व्यापार घटेकाले बाध्य भएर विरोध गर्नुपरेको बताएका छन् ।

दरबारमार्ग विकास बोर्डको अगुवाइमा भएको विरोध प्रदर्शनमा सहभागीहरूले दरवारमार्गको पार्किङ हटाएकोमा हाम्रो घोर विरोध छ देखिएको ब्यानर प्रदर्शन गरेका थिए ।


प्रतिक्रिया