`

सरकारले देशका सबै विमानस्थलको विकास र स्तरोन्नतिलाई प्राथमिकतामा राखेको छ – मन्त्री किराती

Nepal One HD १७ फागुन २०७९ २०:४२
राजनीति

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सरकारले देशका सबै विमानस्थलको विकास र स्तरोन्नतिलाई प्राथमिकतामा राखेको बताएका छन् । बुधबार प्रेस सेन्टर नेपाल बाँकेले नेपालगञ्ज विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले यस्तो बताएका हुन् ।

देशको समृद्धि र आर्थिक विकासका लागि पर्यटन क्षेत्रको विकास अपरिहार्य भएकाले सरकार योजनाबद्ध तवरले अगाडि बढेको उनले बताए । उनले हवाई यातायातको विस्तारका लागि सरकारले देशका सबै विमानस्थलको विकास र स्तरोन्नतिलाई प्राथमिकतामा राखेको बताए ।

वायु सेवा निगम, नागरिक उड्डयन प्राधिकरण र पर्यटन विकासको क्षेत्रमा सुधार गर्न सम्बन्धित विभाग प्रमुखलाई सय दिनको समय दिइएको बताउँदै नेपाल वायुसेवा निगमलाई सक्षम र सबल बनाएर देशका विभिन्न विमानस्थलमा उडान विस्तार गर्ने दाबी गरे ।


प्रतिक्रिया