राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आजबाट सकिंदै

प्रमुख खबर

काठमाडौँ – वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आबाट सकिँदैछ। उनले आजै शितलनिवास छोडेर निजि निवास सर्ने तयारी रहेको जनाइएको छ । उनी २०७४ साल फागुन २९ गते राष्ट्रपति पदमा निर्वाचित भएकी थिइन् ।
नेपालको पहिलो महिला राष्ट्रपति भनेर चिनिने उनी २०७२ साल कात्तिक ११ गते मुलुकको दोस्रो राष्ट्रप्रमुखका पनि भएकी थिइन् ।
मुलुकको नयाँ राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन्। आज वर्तमान राष्ट्रपति भण्डारीले नवनिर्वाचित राष्ट्रपतिलाई जिम्मेवारी सुम्पनेछिन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट