`

नवनिर्वाचित राष्ट्रपति पौडेलको शपथ सोमबार दिउँसो १ बजे हुने

Nepal One HD २८ फागुन २०७९ ११:१३
राजनीति

काठमाडौँ – नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलको शपथ ग्रहण समारोह भोलि दिउसो १ बजे हुने भएको छ ।

फागुन २५ गते निर्वाचित हुनुभएका नेपालको तेस्रो राष्ट्रपति पौडेललाई भोलि (सोमबार) दिउसो १ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित विशेष समारोहमा कायममुकायम प्रधानन्यायाधिश हरिकृष्ण कार्कीले पद तथा गोपनियताको शपथ गराउनुहुने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति विद्यादेबी भण्डारीको कार्यकाल भने आज राती १२ बजेदेखि सकिदै छ ।


प्रतिक्रिया