वर्तमान सरकारमा सहभागी हुने सोच छैन : राजेन्द्र लिङ्देन
राजनीति
काठमाडौँ – राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान सरकारमा सहभागी हुने सोच नरहेको बताएका छन् ।
आइतबार पार्टी कार्यालय धुम्वाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रममा लिङ्देनले राप्रपाले सरकारलाई प्राथमिकतामा नराखेको र अहिले नै सहभागी सोच पनि नरहेको बताएका हुन्। उनले वर्तमान सरकारलाई समर्थन गर्ने सम्भावना पनि कम रहेको जिकिर गरे । त्यस्तै उपराष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्ने विषयमा छिटै पार्टीले निर्णय गर्ने जानकारी दिए ।
यसअघि राष्ट्रपतिको निर्वाचन राप्रपाले बहिष्कार गरेको नभई राजनीतिमा क्रियाशील व्यक्तिले राष्ट्रपतिमा उम्मेदवारी दिएकै कारण कसैलाई पनि मत नहालेको स्पष्ट परे । कार्यक्रममा सुरेश आचार्य लगायतका व्यक्तिहरूलाई राप्रपा प्रवेश गराइएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
