`

आरआर क्याम्पसमा गठबन्धन निकट विद्यार्थीकाे कालाे ब्यानर

Nepal One HD ३० फागुन २०७९ १२:२०
राजनीति

काठमाडाैं – रत्न राज्य लक्ष्मी क्याम्पस (आरआरमा) गठबन्धन निकट विद्यार्थी संगठनले कालाे ब्यानर प्रदर्शन गरेका छन् ।

चैत ५ गते हुने स्ववियु चुनावलाई प्रभावित गर्ने उद्देश्यले गठबन्धन निकट विद्यार्थी संगठनले मंगलबार बिहान क्याम्पसकाे मूल गेटमा कालाे ब्यानर टाँगेका हुन् ।

नेविसंघ, एकीकृत समाजवादी निकट अनेरास्ववियु, अखिल क्रान्तिकारी, अनेरास्ववियु क्रान्तिकारी, राप्रपा विद्यार्थी संगठन र समाजवादी विद्यार्थी युनियन लगायतले संयुक्त रुपमा कालाे ब्यानर टाँगेका हुन् ।

उनीहरुले फर्जी तथा अवैध मतदाता नामावली खारेज गर्ने लगायत माग उनीहरुले राखेका छन् । यसअघि उनीहरुले क्याम्पसमा तालाबन्दी गरेका थिए ।


प्रतिक्रिया