एमाले संसदीय दलको बैठक बस्दै
राजनीति
काठमाडौँ – नेकपा एमाले संसदीय दलको बैठक आज बस्ने भएको छ ।
प्रतिनिधि सभा बैठक अघि संसद् भवनको ल्होत्से हलमा साढे ११ बजे बस्ने गरी दलको बैठक बस्न लागेको हो । बैठकमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भन्नेबारे निर्णय हुनेछ ।
आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने कार्यसूची छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
