प्रचण्डले प्रधानमन्त्री भएको भोलिपल्टै इमान छाडे : अध्यक्ष ओली

प्रमुख खबर

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को व्यवहार जंगबहादुरको जस्तो भएको टिप्पणी गरेका छन् ।
सोमबार बिहान बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले पार्टीभित्र प्रचण्डले जो बोल्यो त्यही हुने र जो प्रचण्डकोविरूद्दमा जान्छ पत्तासाफ हुने गरेको बताएका हुन् ।
प्रचण्ड जंगबहादुर शैलीमा, प्रधानमन्त्री भएको भोलिपल्टै इमान छाडे । उहाँ जुनको अध्यक्ष हुनुहुन्छ, त्यो पार्टीका उहाँबाहेक अरूमा केही दोष छैन । प्रधानमन्त्री जंगबहादुर शैलीमा, उहाँले जे भन्यो त्यही हुन्छ । बोल्न पनि दिनु हुन्न । बोलेझैँ गरे त्यसको पत्ता साफ हुन्छ,” ओलीले भने ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट