भुटानसँगको हारबाट जोगियो नेपाल

NepalOne १४ चैत २०७९ २०:३८
खेलकुद

काठमाडौं, १४ चैत – दशरथ रङ्गशालामा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा नेपालले निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै भुटानसँगको सम्भावित हार टार्दै १–१ गोलको बराबरी खेलेको छ ।

नेपालका लागि दीपकराज सिंह ठकुरीले ९०औं मिनेटमा हेडमार्फत गोल गर्दै खेल बराबरी गरेका थिए । 

भुटान नेपालसँगको अन्तिम समयको बराबरीसँगै प्रतियोगिताबाट बाहिरिँदा लाओसले भने फाइनलमा स्थान बनाएको छ । अब प्रतियोगिताको उपाधिका लागि नेपाल र लाओस प्रतिस्पर्धा गर्नेछन् ।


प्रतिक्रिया