`

यी हुन् एमालेले उपचुनाव जिताउन खटाएको चुनावी कमाण्डरहरु

Nepal One HD २१ चैत २०७९ १७:२०
प्रमुख खबर

काठमाडाैँ – बैशाख १० मा हुने उपचुनावका लागि नेकपा (एमाले) ले चुनावी कमाण्डरहरु तोकेको छ ।

एमालेले बारा २ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, चितवन २ मा उपाध्यक्ष सुरेन्द्र पाण्डे र तनहुँ १ मा उपाध्यक्ष युवराज ज्ञवालीलाई कमाण्डर तोकेकाे हाे । 

बारा २ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र सचिव रघुवीर महासेठलाई जिम्मा दिइएकाे छ । बारा -२ मा एमालेबाट  पुरुषोत्तम पौडेललाई उम्मेदवार बन्नुभएकाे छ । 

त्यस्तै चितवन २ मा उपाध्यक्ष सुरेन्द्र पाण्डे ,गाेकर्ण विष्ट र गाेकुल बास्काेटालाई जिम्मेवारी दिइएकाे छ । चितवन ३ मा एमालेबाट रामप्रसाद न्यौपाने उम्मेदवार बन्नुभएकाे छ । 

यसैगरी तनहुँ १ को चुनावी कमाण्ड उपाध्यक्ष युवराज ज्ञवालीले पाउनुभएकाे छ उहाँसँग सचिव पद्मा अर्याल पनि खटिनुहुने एमालेले जनाएकाे छ । तनहुँ १ मा भने उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ पनि खटिनुभएकाे छ । तनहुँ-१ मा एमालेबाट सर्वेन्द्र खनाल उम्मेदवार बन्नुभएकाे छ । 

उपनिर्वाचन हुने तीनवटै क्षेत्रमा अध्यक्ष केपी शर्मा ओली पनिजाने एमालेले जनाएको छ ।


प्रतिक्रिया