योगेश भट्टराईको टिप्पणी : माओवादी अब फर्केर संसदमा आउन सक्दैन


दैलेख – नेकपा एमालेका सचिव योगेश भट्टराईले माओवादी अब फर्केर संसदमा आउन नसक्ने टिप्पणी गर्नुभएको छ।
एमाले दैलेखको ठाटीकाँध गाउँपालिका कमिटीले गरेको मिसन ग्रासरूट कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो टिप्पणी गर्नुभएको हो।
सचिव भट्टराईले नेकपा माओवादी केन्द्र हिजो जस्तो फर्केर आउन नसक्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘हिजो नेकपा माओवादी केन्द्र बाढीको भल जस्तै थियो। हामीले देखेका थियौं। आज त्यो भल सुक्दै गएको छ। फर्केर बाढी आउनेवाला छैन। त्यसैले अहिले यता र उता हाम फाल्नु परेको छ।’
उहाँले भन्नुभयो, ‘जसरी भए पनि प्रधानमन्त्री बन्ने। किन भने अर्को पटक प्रधानमन्त्रीमा आउन सकिँदैन नि। तर, एमालेले यस्तो बल गर्दैन। किन गर्दैन भन्दा एमाले जतिबेला पनि आउन सक्छ’ एमालेको त जति पनि सत्तामा आउने बाटो छ।’
सचिव भट्टराईले सरकार लुते र कमजोर भएकाले देशको अर्थतन्त्रमा आएको समस्या समाधानमा सकस देखिएको बताउनु भयो ।
सचिव भट्टराईले केही नेताले पदका लागि जतिबेला जहाँ पनि हामफाल्ने गरेको बताउनु भयो ।