`

गठे संस्कृतिले देश ओरालो लाग्यो : केपी ओली

Nepal One HD २७ चैत २०७९ २१:११
प्रमुख खबर

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गठे (गठबन्धन)  संस्कृतिले देश निरन्तर ओरालोतर्फ लागेको बताउनुभएकाे छ । 

राष्ट्रिय युवा संघको ९ औं महाधिवेशनलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले सरकार बनाउनका लागि जोसुकैसँग गठबन्धन गर्ने संस्कृतिको विकासले देश ओरालो लागेको बताउनुभएकाे हाे ।

देशलाई ओरालो लाग्नबाट रोकेर सही बाटोमा देशलाई अगाडि लान सकिन्छ भन्ने कुरा आफू प्रधानमन्त्री हुँदाको छोटो अवधिमै प्रमाणित गरेर देखाएकोसमेत उहाँले बताउनुभयाे । 

अहिलेको सत्ता गठबन्धन कुनै राजनीतिक विचार र सिद्धान्तको आधारमा बनेको नभई केवल सरकारका लागि बनेको उहाँको  भनाइ छ । 

‘गठे संस्कृति, यो गठबन्धनको संस्कृति । राजनीति छैन, विचार छैन । जेसुकै भएपनि, जसरी भएपनि एउटा निकक्मा सरकार बनाउनु पर्ने र कुकर्म गर्नुपर्ने खाल्को स्थिति बनाएको छ । यस्ता समस्याहरु छन् । यसले देशलाई ओरालो लगाएको छ,’– उहाँले भन्नुभयाे ।


प्रतिक्रिया