तनहुँ १ उपनिर्वाचन : रास्वपाका डा स्वर्णिम वाग्लेले कटाए ९ हजार भोट

निर्वाचन विषेश

काठमाडौं – आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले अग्रता कायम गरेका छन् ।१६ हजार ३ सय ४२ मत गन्दा कांग्रेसका गोविन्द भट्टराई भन्दा धेरै मतले अगाडि छन् ।
गएराति ११ः४५ बजेदेखि मतगणना सुरु गरिएको थियो । यो समाचार तयार पार्दासम्म वाग्लेले ९ हजार १ सय ९८ मत मत प्राप्त गरेका छन् ।यस्तैनेपाली कांग्रेसका भट्टराईले ३ हजार ८ सय ३ र नेकपा एमालेका सर्वेन्द्र खनालले २ हजार ४ सय ३० मत प्राप्त गरेका छन् । तनहुँ क्षेत्र नम्बर १ अन्तर्गत ४२ वडामा ६३ हजार सात सय ५७ मत खसेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट