`

चितवन-२ अपडेट : रामप्रसाद न्यौपानेको सुरुवाती अग्रता

Nepal One HD ११ वैशाख २०८० १५:१२
प्रमुख खबर

काठमाडौं – चितवन–२ मा भएको उपनिर्वाचनको पहिलो अपडेट प्राप्त भएको छ ।

इच्छाकामना गाउँपालिकाको मतगणनामा एमाले उम्मेदवार रामप्रसाद न्यौपान्नेले रास्वपाका रवि लामिछानेमाथि झिनो अग्रता कायम गरेका छन् ।

प्राप्त परिणाम अनुसार न्योपानेले ३६७ मत ल्याउँदा अग्रता बनाएका हुन् । दोस्रो स्थानमा रास्वपाका लामिछानेको ३१९ मत छ । कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले २४४ भोट ल्याएर तेस्रो स्थानमा छन् ।


प्रतिक्रिया