`

चितवन–२ को उपनिर्वाचन: रास्वपाका लामिछानेले गरे आफ्नै रेकर्ड बेक्र

Nepal One HD १२ वैशाख २०८० ११:३६
प्रमुख खबर

काठमाडौँ–  आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनामा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार तथा रास्वपाका उम्मेदवार रवि लामिछानेले आफ्नै यसअघिको रेकर्ड ब्रेक गरेका छन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा भन्दा पनि धेरै मत पाएर उनले रेकर्ड ब्रेक गरेका हुन् । 

 मतगणना जारी रहँदै उनले यसअघि आफूले पाएको भन्दा धेरै मत पाइसकेका छन् । उनले गत निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय हासिल गरेकामा मंगलबार बिहानसम्मको अध्यावधिक विवरणअनुसार  ५० हजार मत कटाइसकेका छन् । 

लामिछानेले ५० हजार २९ मत पाएका हुन् । अझै पनि चितवन २ को मतगणना जारी रहेको छ भने लामिछानेको विजय सुनिश्चित भइसकेको छ।  


प्रतिक्रिया