नवनियुक्त मन्त्री सुरेन्द्रराज आचार्यले लिए शपथ

प्रमुख खबर

काठमाडौँ – नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले पद तथा गोपनियताको शपथ लिएका छन् ।
आइतबार राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका नेसपाका महिन्द्रराय यादवलाई भने खानेपानी मन्त्रालयको जिम्मा दिइएको छ ।
नवनियुक्त मन्त्री आचार्य कपिलवस्तु क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । राष्ट्रपति रामचन्द्र पौडल निकट मानिने आचार्य यसअघि सिंचाइ राज्यमन्त्रीसमेत बनेका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट