`

एमालेको सचिवालय बैठक भोलि बस्ने

Nepal One HD १८ जेठ २०८० ९:३७
राजनीति

काठमाडौँ – नेकपा एमालेको सचिवालय बैठक भोलि शुक्रबार बस्ने भएको छ ।

गत वैशाख २८ गते देखि ३० गतेसम्म भएको केन्द्रीय कमिटी बैठकका निर्णयहरूलाई कार्यान्वयन गराउने रणनीति बनाउन सचिवालय बैठक बस्न लागेको पार्टीका केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारी जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठक बिहान साढे ११ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको छ ।


प्रतिक्रिया