`

एमालेका यी ६ सचिव जस्ले पाए प्रदेश इन्चार्जको जिम्मेवारी

Nepal One HD १९ जेठ २०८० १९:१८
राजनीति

काठमाडौं – नेकपा एमालेले केन्द्रीय नेताहरुको जिम्मेवारी व्यापक हेरेफेर गर्दै उपाध्यक्षहरुलाई विभागीय प्रमुख र सचिवहरुलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ । केन्द्रीय सचिवालयको शुक्रबार बसेको बैठकले बागमती प्रदेशबाहेक अन्य ६ प्रदेशको इन्चार्ज तोकेको हो ।

बैठकले कोशी प्रदेशमा रघुबीर महासेठ, मधेशमा योगेश भट्टराई, गण्डकीमा गोकर्ण विष्ट, लुम्बिनीमा पद्मा अर्याल, कर्णालीमा लेखराज भट्ट र सुदूरपश्चिममा छविलाल विश्वकर्मालाई इन्चार्ज तोकेको हो । बागमतीमा भने केन्द्रीय कार्यालयले हेर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयाे । प्रदेश इन्चार्ज तोक्दा सोही भूगोलभन्दा बाहिरका नेताहरुलाई पठाइएको छ ।

​​​​​​​

‘जिल्ला तथा पालिका इन्चार्जमा पनि हेरफेर गरिएको छ । वाग्मती इन्चार्ज सचिवालयले पछि निर्धारण गर्ने छ,’ सचिव योगेश भट्टराईले भन्नुभयाे , ‘विभागीय प्रमुखको जिम्मेवारी पनि हेरफेर गरिएको छ । सबै केन्द्रीय सदस्यहरुको जिम्मेवारी तोकिएको छ ।’एमालेले विभाग प्रमुख राजेन्द्र गौतमलाई बनाएको छ । यसअघिको विभागीय प्रमुख पृथ्वीसुब्बा गुरुङलाई संसदीय विभागको प्रमुख बनाइएको छ ।


प्रतिक्रिया