नागरिकता विधेयक प्रमाणीकरणबारे स्पष्टीकरण दिइरहेका बेला सदनमा होहल्ला

राजनीति

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक प्रमाणीकरणबारे स्पष्टीकरण दिइरहेका बेला सदनमा होहल्ला भएको छ ।
सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले फेरि सदनमा ल्याउने विकल्प भनेको अघिल्लो सदनले गरेको निर्णयको अपमान भएको बताए ।
त्यसलगत्तै एमालेका सांसद सूर्य थापाले आपत्ति जनाए । सांसद थापाको आपत्तिपछि सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच होहल्ला चल्यो । एमालेका अर्का सांसद रघु पन्तले अदालतले अन्तरिम आदेश दिइसकेको बेलामा प्रधानमन्त्रीले व्याख्या गर्न नमिल्ने बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट