नेपाली काँग्रेस को नीति महाधिवेशन भदौको अन्तिममा : गगन कुमार थापा

राजनीति

काठमाडौँ – नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले नीति महाधिवेशन भदौको अन्तिम साता गर्ने बताएका छन् ।
काँग्रेसबाट निर्वाचित पालिकाका जनप्रतिनिधिलाई प्रशिक्षण दिन दाङ पुगेका महामन्त्री थापाले भने,‘हामी भदौको मसान्तमा नीति महाधिवेशन गर्छौ । नीति महाधिवेशनबाट पार्टीका महत्त्वपूर्ण निर्णयहरू गर्छौ।’
महाधिवेशन सकिएको ६ महिना पछि नीति महाधिवेशन गर्ने भनिए पनि हालसम्म मिति तोकिएको छैन । महाधिवेशन सकिएको डेढ वर्ष बितेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट