`

सोमबार सुनको मूल्य घट्यो ,चाँदीको भाउ कति ?

Nepal One HD २९ जेठ २०८० १२:३६
अर्थ समाचार

काठमाडौँ / नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य रुपमा घटेको छ।

सोमबार सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हो । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

सोमबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ४४५ रुपैयाँ कायम भएको छ। आइतबार भाउ स्थिर रहँदै चाँदी तोलाको १ हजार ४५५ रुपैयाँमा किनबेच भएको थियो।


प्रतिक्रिया