`

निजि विद्यालयको सेटिङमा एसईईको प्रश्न पत्र आउट भएको दावी

सिरहा । सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसइई)को पहिलो दिनको परीक्षा शुरु भएको २० मिनेट प्रश्नपत्र बाहिरिएको छ।

पहिलो दिनको अंग्रेजी विषयको प्रश्न जिल्लाको लहान-१९ सोनमती गाढा, जनता बनवाली माध्यमिक विद्यालय वर्छवा, कल्याणपुर परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएको बताइएको छ।

निजी विद्यालयहरुको सेटिङमा केन्द्राध्यक्ष र प्रहरी प्रशासनको सहयोगमा मोवाईल प्रयोग गरी प्रश्नपत्र वाहिरिएको स्रोतले जनाएको छ।

जिल्ला परीक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारीे बासुदेव दाहालले एसईई परिक्षा मर्यादित बनाउन ५० जना डेडिकेटेड मानिसहरु खटाएका बताए। उनले भने, ‘पात समेत हल्लिन दिएको छैन। प्रश्नपत्र कसरी वाहिरीएको बारे अनुुसन्धान हुदैछ। कहाँबाट प्रश्नपत्र वाहिरीएको पत्ता लागे कारबाही हुन्छ।’

परीक्षा मर्यादित बनाउन यस वर्ष परीक्षा केन्द्रहरुमा मोवाइल तथा अन्य चिटिङ गर्ने समानमा प्रतिबन्ध लगाए तापनि प्रश्नपत्र आउट हुदाँ प्रहरी प्रशासन र केन्द्राध्यक्षहरु कै सेटिङ रहेको पुष्टि गरेको स्थानियको आरोप छ ।

जिल्लामा ५० वटा परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भईरहेको छ। यस वर्षको परीक्षामा १० हजार सात सय तीन जना विद्यार्थी सहभागी छन्।

स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारीको पक्षमा देखिएको लहर निकै उत्साहप्रदः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्ववियु निर्वाचनले जनता माओवादीप्रति आशावादी रहेको पुष्टि गरेको बताएका छन् ।

बिहीबार सामाजिक संजालमार्फत प्रचण्डले अखिल क्रान्तिकारीमा देखिएको लहर निकै उत्साहप्रद रहेको बताएका हुन् ।

उनले भनेका छन्, ‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल (क्रान्तिकारी) को पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ। कयौं क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका बिरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ। विजयी सबै विद्यार्थी साथीहरूलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।’

ट्रम्प र जेलेन्स्कीबीच एक घण्टा लामो टेलिफोन वार्ता

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गरेको एक दिनपछि आफ्ना युक्रेनी समकक्षी भोलोडिमिर जेलेन्स्कीसँग एक घण्टा लामो फोन वार्ता गरेका छन् ।

आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसियलमा लेख्दै ट्रम्पले यो फोन वार्ता युक्रेन र रुसलाई ‘उनीहरूको अनुरोध र आवश्यकताको हिसाबले’ मिलाउने उद्देश्यले भएको बताएका छन् ।

उनले युद्धविराम प्रयासहरू ट्रयाकमा रहेको पनि बताएका छन् । जेलेन्स्कीले ट्रम्पसँगको आफ्नो कुराकानीलाई ‘सकारात्मक’, ‘स्पष्ट’ र ‘धेरै महत्वपूर्ण’ भनेर वर्णन गरेका छन् ।

उनले भनेका छन्, ‘हामी विश्वास गर्छौं कि अमेरिकासँग मिलेर, राष्ट्रपति ट्रम्पसँग मिलेर, र अमेरिकी नेतृत्वमा, यसवर्ष दिगो शान्ति प्राप्त गर्न सकिन्छ ।’

जेलेन्स्कीले स्वीकार गरे कि युरोपको सबैभन्दा ठूलो पावर प्लान्ट, जुन अग्रपंक्तिमा छ, फेरि सञ्चालनमा आउन दुई वर्ष भन्दा बढी समय लाग्न सक्छ र यो युक्रेनी र युरोपेलीहरूका लागि महत्त्वपूर्ण छ।

उनले यो पनि भने कि वाशिंगटन र कीभको मध्यस्थतामा आंशिक युद्धविरामको एक भागको रूपमा ऊर्जा पूर्वाधार, रेल र बन्दरगाह सुविधाहरूमा हमलाहरू रोक्न चाँडै स्थापित गर्न सकिन्छ – तर जेलेन्स्कीले चेतावनी दिए कि यदि मस्कोले युद्धविरामका सर्तहरू उल्लङ्घन गर्यो भने युक्रेनले बदला लिनेछ।

देउखुरी क्रिकेट रङ्गशाला

दाङ देउखुरीको लमही नगरपालिका–५, स्थित लमही बजार नजिक पूर्व-पश्चिम राजमार्गको किनारमा अवस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला । तस्बिर : कुलदीप न्यौपाने/ रासस

 

नाइजेरियामा सङ्कटकाल घोषणा

अबुजा । नाइजेरियाका राष्ट्रपति बोला टिनुबुले देशको दक्षिणी भागमा लामो समयदेखि चलिरहेको राजनीतिक सङ्कटपछि रिभर्स राज्यमा सङ्कटकाल घोषणा गरेका छन् ।

राष्ट्रिय प्रसारणमा टिनुबुले तत्काल प्रभावबाट लागू भएको देशको सन् १९९९ को संविधानको धारा ३०५ को परिमार्जित प्रावधान लागू गरी सङ्कटकाल घोषणा गर्न आवश्यक भएको बताए ।

“यस घोषणाद्वारा रिभर्स राज्यका गभर्नर सिमिनालयी फुबारा र रिभर्स सभाको सबै निर्वाचित सदस्यहरूलाई छ महिनाको प्रारम्भिक अवधिको लागि निलम्बन गरिएको छ,” राष्ट्रपतिले भने ।

राजनीतिक गतिरोधको पक्ष लिँदै संदिग्ध सशस्त्र आतङ्ककारीहरूले राज्यका केही तेल प्रतिष्ठानहरूमा आक्रमण गर्ने धम्की दिएका थिए । सोमबार राति र मङ्गलबारको बीचमा राज्यका कम्तिमा दुई तेल प्रतिष्ठानहरूमा अज्ञात व्यक्तिहरूले आक्रमण गरेको आरोप छ ।

देशका सुरक्षा निकायका प्रमुखहरूसँग भेट गरेपछि टिनुबुले तेल प्रतिष्ठानहरूमा भएका आक्रमणहरूका कारण आपतकालीन अवस्था घोषणा गर्न आंशिक रूपमा बाध्य भएको बताए ।

राष्ट्रपतिले राज्य सरकारको जिम्मेवारी लिनको लागि प्रशासकको रूपमा सेवानिवृत्त सैन्य अधिकारी इबोकेट इबासलाई मनोनित गरे ।

“यो अपरिहार्य हस्तक्षेपले रिभर्स राज्यमा शान्तिव्यवस्था पुनस्र्थापित गर्न मद्दत गर्नेछ भन्ने मेरो दृढ आशा छ ।”

बाँकी क्याम्पसमा १५ दिनभित्र स्ववियु निर्वाचन गर्न त्रिविको निर्देशन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुन नसकेका क्याम्पसमा १५ दिनभित्र निर्वाचन गर्न निर्देशन दिएको छ ।

स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले निर्वाचन नभएका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा १५ दिनभित्र निर्वाचन गर्न निर्देशन दिएको बताए ।

“स्ववियु निर्वाचनसम्बन्धी निर्देशिकामा पनि निर्वाचन हुन नसकेका क्याम्पसमा १५ दिनभित्र निर्वाचन गर्न सक्ने व्यवस्था रहेको छ”, उनले भने, “सोहीअनुसार निर्वाचन हुन नसकेका क्याम्पसलाई पनि हामीले निर्वाचन गर्न निर्देशन दिइसकेका छौँ ।”

मङ्गलबार भएको निर्वाचनमा देशभरि ३८ आङ्गिक र २५० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन भएको थियो । निर्वाचनको मतपरिमाण आउने क्रम जारी छ । विद्यार्थी सङ्गठनको आन्तरिक विवादले केही क्याम्पसमा निर्वाचन हुन सकेको छैन् ।

त्रिवि केन्द्रीय क्याम्पस, पद्मकन्या क्याम्पस, रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पस, नेपाल ल क्याम्पस, अमृत साइन्स क्याम्पस, त्रिचन्द्र कलेज, सरस्वती कलेज, शङ्करदेव क्याम्पस, पब्लिक युथ क्याम्पस धोविचौर र विश्वभाषा क्याम्पस जस्ता उपत्यकाका प्रमुख आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेनन् ।

यस्तै, उपत्यकाबाहिर वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, सिद्धनाथ विज्ञान क्याम्पस महेन्द्रनगर, सुर्खेत बहुमुखी क्याम्पस सुर्खेत, बुटवल बहुमुखी क्याम्पस बुटवल, भैरहवा बहुमुखी क्याम्पस भैरहवा, पब्लिहवा बहुमुखी क्याम्पस पक्लिहवा, तेह्रथुम बहुमुखी क्याम्पस चौहारडाडा, रामस्वरुप रामसागर बहुमुखी क्याम्पस जनकपुर, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर र कृषि क्याम्पस खैरहनी पनि निर्वाचन हुन सकेको छैन ।

ग्लोबल आइएमई बैंकको क्यालेन्डरमा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्बिर समावेश

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडद्वारा दशकौं पुराना नेपाली जीवनशैली झल्काउने दुर्लभ तस्बिरहरु समावेश नयाँ वर्ष २०८२ सालको क्यालेन्डर सार्वजनिक गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासंघ तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको कर्पाेरेट कार्यालय, कमलादीमा आयोजित एक समारोहबीच नयाँ वर्ष २०८२ को क्यालेन्डर सार्वजनिक गरेका हुन् ।

क्यालेण्डरमा दशकौं अघिका नेपाली जीवनशैली, रहनसहन र परम्परागत अभ्यासलाई कैद गरिएका दुर्लभ तस्वीरहरु समावेश गरिएको छ ।

तस्बिरहरुले समयको प्रवाहसँगै परिवर्तन भएका जीवनशैली र रहनसहनको स्मरण गराउँदै नयाँ पुस्ताहरुलाई विगतको जीवनशैली, रहनसहन तथा अवस्थाका बारेमा जानकारी गराउन सहयोग पुग्नेछ ।

क्यालेन्डर सार्वजनिक गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई पूरा गर्दै विभिन्न सामाजिक कार्यहरु गर्दै आएको बताए ।

विगतका वर्षहरुमा क्यालेण्डरमा नेपाली कला र संस्कृतिसम्बन्धी विषयहरु प्रकाशन गर्ने गरेको स्मरण गराउँदै उनले भने, ‘नेपालको सर्वांगिण विकासका लागि हामीले नेपाली कला, साहित्य, संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवद्र्धन गर्न आवश्यक छ । ग्लोबल आइएमई बैैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता कार्यहरुलाई निरन्तरता दिँदै आएको छ ।’
कार्यक्रममा बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापनलगायत बैंकका कर्मचारी तथा विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचक अनुसार मुलुककै सबैभन्दा ठुलो वाणिज्य बैंक हो । बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालय सहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ५० लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

संगठनलाई जोडेर विभिन्न भ्रम फैलाइएको भन्दै नेपाली सेनाको आपत्ति

काठमाडौं । नेपाली सेनाले राजावादीहरूको गतिविधिसँग आफूलाई जोडेर टिकाटिप्पणी गरेको भन्दै आपत्ति जनाएको छ ।

सैनिक मुख्यालयले बुधबार विज्ञप्ति जारी गरी सेना संविधानप्रदत्त जिम्मेवारी पूरा गर्न कटिबद्ध जनाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताका लागि संविधानप्रदत्त जिम्मेवारीहरू पूरा गर्न सदैव कटिबद्ध छ ।’ सेनासँग जोडेर विभिन्न भ्रम फैलाइएको भन्दै सेनाले त्यसमा सतत्यता नभएको बताएको छ ।

युएसएड निलम्बन रोक्न न्यायालयको आदेश

 वासिङ्टन । अमेरिकाका एक संघीय न्यायाधीशले एलन मस्क नेतृत्वको अमेरिकी ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डज )’ द्वारा प्रमुख अमेरिकी सहायता एजेन्सी बन्द गर्ने कार्य रोक्न मंगलबार आदेश दिएका छन्।

अमेरिकी जिल्ला अदालतका न्यायाधीश थियोडोर चुआङले मस्क र डजले अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएड) लाई विघटन गर्नुले अमेरिकी संविधानको धेरै किसिमले उल्लङ्घन गरेको हुनसक्ने भन्दै निर्णय कार्यान्वयन रोक्न आदेश दिएका हुन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले गत जनवरीमा एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै युएसएड अन्तर्गतका सबै अमेरिकी विदेशी सहायता रोक्का गर्ने निर्णय गरेका थिए ।

राष्ट्रपति ट्रम्पले संघीय सरकारको खर्च र रोजगारी कटौती गर्न अर्बपतिको कानुनी अधिकारलाई चुनौती दिँदै यूएसएडका वर्तमान र पूर्व कर्मचारी तथा ठेकेदारहरूले दायर गरेको मुद्दाको जवाफमा चुआङले अमेरिकी सहायता एजेन्सी बन्द गर्ने कार्य रोक्न आदेश दिएका हुन् ।

अदालतले अमेरिकी संविधानको ‘नियुक्ति खण्ड’ अन्तर्गत मस्कले आफ्नो अधिकार प्रयोग गर्न सिनेटको अनुमति पुष्टि गर्नुपर्ने जनाएको छ ।

न्यायाधीश चुआङले मस्कलाई सरकारमाथि अथाह शक्ति प्रयोग गर्न अनुमति दिने हो भने संविधानको ‘नियुक्ति खण्ड’ को करिब अन्त्यको ढोका खोल्न’ र यसले ‘प्राविधिक औपचारिकता बाहेक अरू केही होइन’ मा सीमित गर्ने बताए ।

चुआङले मस्क र डोजको कार्यले सन् १९६१ मा कंग्रेसले स्थापना गरेको युएसएडलाई कहिले र कसरी बन्द गर्ने भन्ने निर्णय गर्ने कंग्रेसको अधिकारको उल्लङ्घन गरेको बताएका छन् ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गत साता विश्वभर मानवीय सहायता वितरण गर्ने युएसएडका ८३ प्रतिशत कार्यक्रम रद्द गर्ने र करिब १२० देशमा स्वास्थ्य र आपतकालीन कार्यक्रम गर्ने बताएका थिए ।

अदालतको यो फैसला ट्रम्पको लागत कटौती र सरकारी कर्मचारी कटौती अभियानका लागि पछिल्लो कानूनी झट्का हो । अर्का एक न्यायाधीशले हालै मस्कको डजले बर्खास्त गरेका विभिन्न एजेन्सीमा कार्यरत हजारौँ परीक्षण कालका कामदारलाई पुनः नियुक्त गर्न आदेश दिएका छन् ।

चुआङले इमेल र अन्य इलेक्ट्रोनिक प्रणालीमा पहुँच हालका यूएसएड कर्मचारी र ठेकेदारहरूलाई पुनर्स्थापित गर्न आदेश दिएका छन् ।

उनले भने, ‘अदालतले स्थायी रूपमा बन्द भएको कार्यालय यूएसएडका कार्यवाहक प्रशासक वा संयुक्त राज्य अमेरिकाका अन्य आधिकारिक अधिकारीबाट खुलेको पुष्टि नगरे युएसएडलाई आफ्नो वासिङ्टन मुख्यालय पुनः नियन्त्रणमा लिन अनुमति दिइनुपर्छ ।’

भूमध्यसागरमा डुङ्गा डुब्दा ६ जनाको मृत्यु, ४० बेपत्ता

रोम। भूमध्यसागरमा एक आप्रवासी डुङ्गा दुर्घटनामा छ जनाको मृत्यु र ४० जना बेपत्ता भएको संयुक्त राष्ट्रसङ्घले बुधबार जनाएको छ । इटालीको मिडियाले लामपेडुसा टापु नजिकै डुङ्गा डुबेको रिपोर्ट गरेको छ ।

“भूमध्यसागरमा नयाँ डुङ्गा दुर्घटनामा अझै धेरैको मृत्यु भएको छ”, ट्युनिसियाबाट सोमबार ५६ जना बोकेर निस्केको डुङ्गा डुबेको उल्लेख गर्दै युएनएचसिआरका इटालीका प्रतिनिधि चियारा कार्डोलेट्टीले एक्समा भने, “केही घण्टाको यात्रापछि डुङ्गा बिग्रन र पानी लिन थाल्यो । छ वटा शव निकालिएको छ, ४० जना हराइरहेका छन् ।”

इटालीका मिडिया रिपोर्टहरू अनुसार इटालीको तटरक्षक र वित्तीय प्रहरीले लाम्पिओन नामक सानो चट्टानी टापुबाट छ पुरुष र चार महिलासहित १० जनालाई सुरक्षित निकालेका थिए ।

उद्धार गरिएकाहरूले जहाज छोड्दा ५६ जना सवार रहेको तर क्षेत्रबाट केवल छ वटा शव – सबै पुरुष – मात्र भेटिएको बताएका छन् ।

एजिआई समाचार एजेन्सीका अनुसार बाँचेका व्यक्तिहरूले बेपत्ता भएका मध्ये केही समुद्रमा खसेको बताएका छन् । आप्रवासीहरू आइभोरी कोस्ट, माली, गाम्बिया र क्यामरुनका थिए ।

आप्रवासीहरूलाई उद्धार गरेपछि ट्युनिसियाको स्फ्याक्सबाट धातुको डुङ्गामा यात्रा गरेपछि ४० जना आप्रवासीको छुट्टै समूह लम्पेडुसामा अवतरण गरेको एएनएसए समाचार एजेन्सीले जनाएको छ ।

मङ्गलबार लामपेडुसामा कुल दुई सय १३ आप्रवासीसहित पाँचवटा अवतरण भएका थिए । यसले टापुको स्वागत केन्द्रमा रहेका मानिसहरूको कुल सङ्ख्या दुई सय ३० पुगेको छ ।

इटालीको गृह मन्त्रालयका अनुसार यो वर्ष अहिलेसम्म आठ हजार सात सय ४३ आप्रवासी इटाली आइपुगेका छन् । यो गत वर्षको यही अवधिमा आइपुगेका सङ्ख्याभन्दा केही बढी हो । 

युक्रेनमा नयाँ आक्रमणपछि जर्मनीले भन्यो– पुटिन खेल खेलिरहेका छन्

जर्मनी । मस्कोले ऊर्जा सुविधाहरूमा आक्रमण अस्थायीरूपमा रोक्न सहमत भएको केही घण्टापछि युक्रेनी नागरिक पूर्वाधारमा रुसी आक्रमण भएको किएभले रिपोर्ट गरेपछि जर्मनीले बुधबार राष्ट्रपति भ्लादिमिर पुटिनलाई ‘खेल खेलिरहेको’ आरोप लगाएको छ ।

‘हामीले देखेका छौं कि पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको यो कथित अभूतपूर्व, उत्कृष्ट फोन वार्तापछि पहिलो रातमा नागरिक पूर्वाधारमा भएका आक्रमण कम भएका छैनन्’, जर्मन रक्षामन्त्री बोरिस पिस्टोरियसले एक टीभी अन्तर्वार्तामा भने, ‘पुटिनले एउटा खेल खेलिरहनुभएको छ । अमेरिकी राष्ट्रपतिको विश्वको एउटा महान् राष्ट्रका लागि जिम्मेवारी हुन्छ र म पक्का छु कि यस्तो समय आउनेछ जब उसले प्रतिक्रिया दिनुपर्नेछ ।’

मङ्गलबार ट्रम्पसँगको ९० मिनेटको कुराकानीमा पुटिनले ३० दिनका लागि ऊर्जा पूर्वाधारमा आक्रमण रोक्ने प्रतिबद्धता व्यक्त गरे पनि युक्रेनसँगको तीनबर्से युद्धमा पूर्ण युद्धविराम गर्न अस्वीकार गरे ।

ताजा आक्रमणपछि युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मस्कोलाई अमेरिका समर्थित युद्धविराम प्रस्तावलाई प्रभावकारी रूपमा अस्वीकार गरेको आरोप लगाए । अमेरिका समर्थित युद्धविराम प्रस्तावलाई किएभले पहिले नै स्वीकार गरिसकेको थियो ।

पिस्टोरियसले ऊर्जा लक्ष्यहरूमा आक्रमणहरू रोक्ने पुटिनको प्रतिबद्धता ‘मूलतः केही पनि थिएन’ किनभने युक्रेनमा त्यस्ता पूर्वाधार पहिले नै ‘सबैभन्दा राम्रो संरक्षित’ थिए भने ।

उनले युक्रेनको सङ्कटग्रस्त सेनालाई पश्चिमी सैन्य र गुप्तचर सहयोग पूर्णरूपमा रोक्नु शान्तिका लागि ‘प्रमुख सर्त’ हुने क्रेमलिनको जिद्दीलाई ‘अस्वीकार्य’ भनेर वर्णन गरे ।

‘यो धेरै पारदर्शी छ’, पिस्टोरियसले भने । पुटिनको उद्देश्य किएभका समर्थकलाई ‘युक्रेनलाई थप समर्थन गर्न र यदि युद्धविराम समयमा वा पछि अर्को आक्रमण भए आफ्नो वास्तविक रक्षा गर्न सक्षम बनाउन’ बाट रोक्ने रहेको पिस्टोरियसले बताए ।

इजरायली आक्रमणमा परी गाजामा १३ सर्वसाधारणको मृत्यु

गाजा सिटी । बुधबार मध्यरातदेखि प्यालेस्टिनी भूभागमा भएको इजरायली हवाई आक्रमणमा परी कम्तीमा १३ जना सर्वसाधारणको मृत्यु भएको गाजाको नागरिक सुरक्षा निकायले जनाएको छ ।

निकायका प्रवक्ता महमुद बासलले एएफपीसँग भने, “इजरायलले बुधबार ‘धेरै हवाई आक्रमण’ गरेको छ । आक्रमणका कारण खान युनेस र गाजा शहरमा १३ जनाको मृत्यु हुनुका साथै महिला र बालबालिकासहित दर्जनौं घाइते भएका छन् ।”

गत जनवरी १९ मा प्यालेस्टिनी लडाकु हमास र प्यालेिस्टनी लडाकू हमासबीच भएको युद्धविरामपछि इजरायलले गाजा पट्टीमा मङ्गलबार र बुधबार सबैभन्दा धेरै आक्रमण गरेको छ ।

युद्धविराम लम्ब्याउने विषयमा भएको वार्ता विफल भएपछि भएको हवाइ आक्रमणमा ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको हमासद्वारा सञ्चालित गाजा क्षेत्रको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले मङ्गलबार राति चेतावनी दिँदै आक्रमण ‘सुरुवात मात्र भएको’ र भविष्यमा हमाससँगको वार्ता ‘युद्ध कै बीचमा मात्र हुने’ चेतावनी दिएका छन् ।

“हमासले विगत २४ घण्टामा हाम्रो हाम्रो शक्ति महसुस गरिसकेको छ र म तपाईंहरूलाई वचन दिन चाहन्छु यो केवल सुरुवात मात्र हो,” उनले एक भिडियो वक्तव्यमा भने ।

नेतन्याहूको कार्यालयले बुधबार बिहानै इजरायली सरकारले अति दक्षिणपन्थी राजनीतिज्ञ इतामार बेन गिभरलाई राष्ट्रिय सुरक्षा मन्त्रीमा पुनः नियुक्त गर्ने उहाँको प्रस्तावलाई सर्वसम्मतिले अनुमोदन गरेको जनाएको छ ।

बेन गिभरले जनवरी १९ मा भएको युद्धविराम सम्झौताको विरोधमा राजीनामा दिएका थिए । यसलाई उनको यहूदी शक्ति पार्टीले ‘हमाससँगको आत्मसमर्पण’ भनेको थियो ।

इजरायलले सन् २०२३ को अक्टोबरमा इजरायलमाथि भएको आक्रमणका क्रममा प्यालेस्टाइनी लडाकूले कब्जामा लिएका सबै बन्धकलाई फिर्ता नगरेसम्म लडाइँ जारी राख्ने प्रतिबद्धता जनाएको छ ।

हमासले अहिलेसम्म सैन्य प्रतिक्रिया जनाएको छैन, तर एक वक्तव्यजारी गर्दै उसले मित्र राष्ट्रहरूलाई आफ्नो सहयोगी इजरायलको आक्रमण अन्त्य गर्न संयुक्त राज्य अमेरिकालाई ‘दबाब’ दिन आग्रह गरेको छ । 

नेपाललाई विकासशील राष्ट्र बनाउन आवश्यक तयारी सुरु

काठमाडौं। नेपाल अतिकम विकसित राष्ट्र समूहबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदा अबलम्वन गर्नुपर्ने रणनीति कार्यान्वयनका लागि अर्थ मन्त्रालयले गर्नुपर्ने तयारीबारे गृहकार्य सुरु गरेको छ।

अर्थ मन्त्रालयमा बुधबार आयोजित बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालले गर्नुपर्ने कार्यलाई पूर्ण तयारीका साथ अघि बढाउने उल्लेख गर्दै त्यसमा जुट्न र समन्वय गर्न सबै कर्मचारीलाई निर्देशन दिए।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा शिवराज अधिकारीले सङ्क्रमणकालीन रणनीतिलाई समय सान्दर्भिक बनाउँदै सबै पक्षसँगको समन्वयमा अघि बढ्न आवश्यक रहेकामा जोड दिए।

बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट बनाउँदा प्रस्ताव गरिने विषय, नीति, योजना तथा कार्यक्रमलाई सहज र दिगो बनाउन योगदान गर्नेगरी तयारीमा जुट्नुपर्नेमा जोड दिइएको छ।

अर्थ मन्त्रालयको कार्य जिम्मेवारीमा दिगो आर्थिक वृद्धि र रोजगारी सिर्जनामा आधारित वित्त नीति, स्थीर मौद्रिक नीति, कोषको उपलब्धता र विकास सहायता परिचालन पर्दछन्। यसैगरी व्यापारिक विश्लेषण तथा उच्च प्रतिफलयुक्त परियोजनाका लागि क्षमता र वित्तीय पहुँच वृद्धि पनि कार्य जिम्मेवारीमा छन्। स्तरोन्नतिका मापदण्डमा प्रतिव्यक्ति कूल राष्ट्रिय आय, मानव सम्पत्ति सूचक, आर्थिक तथा वातावरणीय जोखिम सूचकलगायत रहेका छन्।

स्तरोन्नतिपछि नेपालमा विकास तथा व्यावसायिक लगानीमा सुदृढ पहुँच, नयाँ व्यापार र आर्थिक साझेदारीको विकासमा योगदान, दिगो विकास, राष्ट्रिय छवि निर्माण, विश्वसनियतामा वृद्धिलगायत प्रभाव पर्नसक्ने अनुमान गरिएको आयोगका उपाध्यक्ष अधिकारीले बताए। उनका अनुसार वस्तु निर्यात, मूल्य, रोजगारीलगायत क्षेत्रमा पनि प्रभाव पर्नसक्ने आलकन गरिएको छ।

नेपाल सन् २०२६ को नोभेम्बरमा अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने समय निर्धारण गरिएको छ।

सगरमाथा संवादलाई विशेष बनाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौँ । आगामी जेठ २ देखि ४ गतेसम्म यहाँ आयोजना हुने ‘सगरमाथा संवाद’ निर्देशक समितिको पहिलो बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार भएको बैठकमा संवादको व्यवस्थापन, विदेशका राष्ट्र तथा सरकार प्रमुखसहित अतिथिलाई निमन्त्रणा, विज्ञहरुको सहभागिता, सद्भावना दूतको नियुक्ति र निजी क्षेत्रसँगको सहकार्यलगायत विषयमा छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री ओलीले सबै क्षेत्रको सहयोग र सहभागितामा संवादलाई विशेष बनाउन आग्रह गरे । उनले संवादको तयारी हरेक हिसाबले त्रुटिहीन हुनुपर्नेमा जोड दिए ।

सगरमाथा संवाद सचिवालय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापना भइरहेको छ । सचिवालय स्थापनासँगै संवाद निर्देशक समितिको अध्यक्षतामा प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री डा आरजु राणा देउवाको अध्यक्षता र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको सहअध्यक्षतामा व्यवस्थापन समिति गठन भएका छन् ।

संवादमा सहभागी हुन छिमेकी भारत, चीनसहित विभिन्न मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुुखलाई विशेष अतिथिका रूपमा आमन्त्रण गरिएको छ ।

सरकारले पहिलो पटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा संवाद आयोजना गर्न लागेको हो । प्रधानमन्त्री ओलीले यो कार्यक्रम गत माघ ८ गते अन्तर्राष्ट्रिय हिमनदी वर्षका अवसरमा घोषणा गरेका हुन् ।

उर्जामन्त्री खड्काद्वारा कुलमानको आलोचना

काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्काले अब साँझमा लोडसेडिङ हुने अवस्था सृजना भएको बताएका छन् ।

बुधबार राष्ट्रियसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री खड्काले विगतमा पनि उद्योगमा लोडसेडिङ गरेर जनताको घरमा विद्युत दिएको बताएका हुन् ।

उनले सरकारी लगानीबाट सञ्चालित प्राधिकरणले अहिले पनि जम्मा ७०० मेगावाट विद्युत मात्र उत्पादन गरिरहेको उल्लेख गर्दै अहिले पनि ८२५ मेगावाट विद्युत आयात गरेर नेपालको आपूर्ति धानिरहेको बताए ।

उनले उज्यालो नेपालको नायक नेपाल विद्युत प्राधिकरणक कार्यकारी निर्देशक कुलमान घिसिङ नभएर भारत र उर्जा उत्पादक निजी क्षेत्र रहेका बताए ।

उनले प्राधिकरणको नेतृत्वका कारण प्राधिकरण घाटामा गएको भन्दै कुलमानको आलोचना गरे । उनले भने,‘प्राधिकरणको आम्दानी यति अर्ब छ भनेर दाबी गरे पनि त्यो गलत हो । म बोर्डको अध्यक्ष भएकाले डिडिए गरौं न त भनेको हो । बाहिरको बुझाइ एक छ, महालेखाले साढे दुई खर्ब घाटा छ भन्छ । यथार्थ कुरा बाहिर ल्याउनु मेरो दायित्व हो नि त । यथार्थ कुरा भन्दा भन्दै पनि यथार्थ कुरामा छानबिन गर्न नलागेर माननीयज्यूहरु आलोचनातिर लाग्दा दुःख लाग्छ ।’

उनले भगवान कोही नहुने भन्दै बेथिति रोक्न सबै लाग्नुपर्ने बताए ।

शेयर बजारमा दोहोरो अंकको गिरावट

काठमाडौं । साताको चौथो दिन शेयर बजार नेप्से दोहोरो अंकले घटेको छ । बुधबार नेप्से १४.८८ अंकले घटेर २६८२.१५ विन्दुमा पुगेको हो ।

कारोबार रकम भने मंगलबारको तुलनामा सामान्य बढेको छ । बुधबार ३११ स्क्रिप्सको ९५ लाख ८३ हजार ८२९ कित्ता सेयर ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार ६४३ रुपैयाँमा खरिदबिक्री भए। मंगलबार ४ अर्बको कारोबार भएको थियो ।

मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर सर्वाधिक ९.३९ प्रतिशतले बढ्यो। गरिमा समृद्धि योजनाको ७.६९,भूगोल इनर्जी डेभलपमेन्टको ७.३५ र ग्रीन डेभलपमेन्ट बैंकको ७ प्रतिशतले बढ्यो। आज सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने सर्वाधिक गुमाए।

सो कम्पनीको सेयर ९.२० प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको २९ करोड ६७ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको २३ करोड,नेपाल इन्स्योरेन्सको १७ करोड,ग्री डेभलपमेन्टको १५ करोड र हिमालयन पावरको १३ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको बुधबारको बैठकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा गृहमन्त्री रमेश लेखकले ‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ लाई दफाबार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

सभामुख देवराज घिमिरेले उक्त विधेयक दफाबार छलफलका लागि सम्बन्धित समिति पठाउन सर्वसम्मति स्वीकृत भएको घोषणा गरे ।

बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गरेका छन् ।

मध्यवर्ती क्षेत्रको पुनः सीमाङ्कन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

काठमाडौं । संसदको कानुन, न्याय तथा मानवअधिकार समितिले राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्षण र शिकार आरक्षणको मध्यवर्ती क्षेत्रको पुनःनाप जाँच र सीमाङ्कन गर्ने व्यवस्था मिलाउन वन तथा वातावरण मन्त्रालयलाई निर्देशन दिएको छ ।

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रिय निकुञ्ज र वनसँग सम्बन्धित विषयमा सांसदहरूले दिएका सुझावका आधारमा समितिले उक्त निर्देशन दिएको हो ।

नेपालमा हाल १२ राष्ट्रिय निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक शिकार आरक्ष, छ संरक्षण क्षेत्र र १३ मध्यवर्ती क्षेत्र छन् । नेपालको कूल भू–भागको २३ दशमलव ३९ प्रतिशत अर्थात् ३४ हजार चार सय १९ दशमलव ७५ वर्ग किलोमिटर क्षेत्र निकुञ्ज र आरक्षण क्षेत्रले समेटेको छ ।

समितिका सभापति विमला सुवेदीले राष्ट्रिय निकुञ्ज र शिकार आरक्षणको मध्यवर्ती क्षेत्रमा वन्यजन्तु र मानवबीचको द्वन्द्वसँग जोडिएका मानव अधिकारसम्बन्धी विषयलाई विधेयकमा समेट्ने गरी मन्त्रालयलाई निर्देशन दिइएको जानकारी दिइन् ।

विधेयकबारे संशोधनकर्ता, विज्ञ र मन्त्रालयका पदाधिकारीसँग सैद्धान्तिक छलफलसहित राय तथा परामर्श गरिएको उनले बताइन् ।

वन ऐनसँग सम्बन्धित र टुङग्याउन बाँकी रहेका मध्यवर्ती क्षेत्रका विषयलाई पनि समितिले आज निष्कर्षमा पुर्याएको छ । एक वर्षअघि संसद्मा दर्ता भएको वनसहित करिब ८१ वटा कानुन समेटिएको उक्त विधेयक सर्वसम्मत रूपमा अघि बढाउने निर्णय भएको सभापति सुवेदीले जानकारी दिइन् ।

समितिको आगामी बैठकबाट सुझावसहितको प्रतिवेदनलाई पारित गरी विधेयक संसद्मा पेस गर्ने निर्णय भएको छ । समितिका सदस्यहरूले मध्यवर्ती क्षेत्रका नागरिकले भोग्नु परेको समस्यालाई समाधान गर्न पुनः नाप, नक्सा र सीमाङ्कन गरिनुपर्ने आवश्यकतामा जोड दिएपछि समितिले सोका लागि सुझावसहित मन्त्रालयलाई निर्देशन दिएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका मुख्य सचेतक एवं समितिका सदस्य महेशकुमार बर्ताैलाले वन पैदावारमा जनताको पहुँचलाई सहज बनाउन बनेको विधेयक बनाइएको भन्दै मध्यवर्ती क्षेत्रका नागरिकले भोगिरहेका समस्या समाधान गर्न पुनः सीमाङ्कन गर्न मन्त्रालयलाई सुझावसहित निर्देशन दिने निर्णय भएको बताए ।

उनले भने, “मध्यवर्ती क्षेत्रका नागरिकले सामान्य विकास, निर्माण गर्न नपाउने अवस्था रहेको छ । मानव–वन्यजन्तु द्वन्द्वका कारण जनताले निरन्तर दुःख पाइरहेका छन् । निजी र लामो समय भोगचलन भएको जग्गा अलग्याएर सीमाना हेरफेर गर्न मन्त्रालयलाई निर्देशन दिने निर्णय भएको छ ।” देशका ३४ जिल्लामा सरकारले मध्यवर्ती क्षेत्र घोषणा गरेको छ ।

मुख्य सचेतक बर्ताैलाले भने, “त्यो निर्देशन कार्यान्वयन भएपछि जनतालाइै राहत हुने, वन्यजन्तुसँग सधैँजसो द्वन्द्व गरिरहेका स्थानीयले राज्यका निकायसँग पनि झगडा गर्नुपर्ने अवस्था अन्त्य हुनेछ ।” निजी जमिनमा घर बनाउन स्थानीय सरकारसँग मात्र नभई निकुञ्जसँग पनि अहिले अनुमति अनिवार्य लिनुपर्ने व्यवस्था रहेको उनले बताए ।

“घरको खाँबो गाड्न, भत्केको आँगन टाल्न, छेउको खोलाबाट एक डोको बालुवा लिन वन मन्त्रालयसम्म जानुपर्ने अवस्था छ । द्वैध शासन अन्त्य गर्ने गरी अहिले समितिले दिएको निर्देशन प्रभावकारी हुने विश्वास छ”, उनले भने ।

भिसा जाँचको क्रम रोकिँदैन, नियम उल्लंघन गर्नेको भिसा रद्द गर्छौंः अमेरिकी दूतावास

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा दुरुपयोग गरे देशबाट निष्कासन गर्ने बताएको छ । बुधबार दूतावासले सामाजिक संजालमार्फत अमेरिकाको कानुन उल्लंघन गरेको पाइए त्यस्ता व्यक्तिको भिसा रद्द गरी देशबाट निष्कासन गर्ने जानकारी दिएको हो ।

दूतावासले अमेरिकाले भिसा जारी गरिसकेपछि पनि नियमित जाँच गर्ने गरेको बताएको छ ।

दूतावासले भनेको छ, ‘अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम रोकिँदैन। सबैले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्न हामी निरन्तर रूपमा भिसा वाहकहरूको जाँच गर्छौं र यदि उनीहरूले नियम उल्लंघन गरेको खण्डमा हामी उनीहरूको भिसा रद्द गरी देशबाट निष्कासन गर्नेछौं।’

‘१२ बुँदे समझदारीमा ‘निरङ्कुश राजतन्त्रको अन्त्य’ भनेर लेख्नका लागि प्रचण्डलाई मनाउन निकै धौ–धौ भएको थियो’

-डा शोभाकर पराजुली
२०६३ साल जेठतिर । जनआन्दोलनको रापताप सेलाइसकेकै थिएन । जेठ ४ गते पुनःस्थापित प्रतिनिधिसभाले सारा अधिकारहरू कटौती गरेर तत्कालीन ‘राजा’ ज्ञानेन्द्र शाहलाई ‘निलम्बन’ गरेको थियो। राजा निलम्बन अर्थात् ‘अधिकारविहीन’ भएको अनि राष्ट्रपति नभइसकेको त्यो समय गिरिजाप्रसाद कोइराला नै राष्ट्राध्यक्षको रुपमा हुनुहुन्थ्यो । नेपालको राजनीतिक इतिहासमा त्यो पहिलोपटक भइरहेको जहाँ एक सामान्य नागरिक राष्ट्रप्रमुख र सरकार प्रमुख भएर राजकाज चलाइरहेको थियो । विश्व राजनीतिक इतिहासमा पनि त्यो अलि दुर्लभ अनि मौलिक तरिका थियो ।

माओवादीलाई पनि संसदीय राजनीतिमा ल्याउनका लागि गिरिजाप्रसाद कोइराला आफ्नो सारा राजनीतिक जीवन नै दाउमा लगाउनुभएको थियो । ‘गणतन्त्र’ को बटमलाइनबाट टसमस नभइरहेको माओवादी १० वर्षसम्म राज्यविरुद्ध लडेर आएको एउटा विद्रोही राजनीतिक पार्टी थियो । लामो समय हतियार युद्ध लडेको पार्टीलाई सम्हाल्न आफैँमा धरै चुनौतीहरू थिए । त्यसमा पनि ‘राजा फाल्ने’ विषय भनेको कम्ती चुनौतीपूर्ण थिएन । राजा राख्ने कि नराख्ने भनेर दलहरू आफैमा विभाजित थिए । माओवादी जसरी भए पनि राजा फाल्ने जिद्दीमा थियो । अरु पार्टीहरू ‘हो’मा ‘हो’ मिलाउँथे । तर सबैले त्यसका लागि ‘गिरिजाबाबु’ को निर्णय पर्खिरहेका थिए । तर त्यसबारेमा गिरिजाबाबु खुलेर बोल्नभएको थिएन ।

त्यसअघि नै माओवादी झस्किसकेको थियो । २०६२ साल कात्तिक ७ गते सात तत्कालीन राजनीतिक दल र सशस्त्र युद्धरत नेकपा माओवादीबीच भएको सात १२ बुँदे समझदारीमा ‘निरङ्कुश राजतन्त्रको अन्त्य’ भनेर लेखिएको थियो । त्यो बुँदामा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मनाउन निकै धौ–धौ भएको थियो । त्यसका लागि गिरिजाबाबुले निकै मेहनत पनि गर्नुभयो । प्रचण्ड जी त ‘त्यो हुँदै हुन्न’ भनेर सात पटक सम्म संवाद छोड्नुभएको थियो । तर गिरिजाबाबुले ‘निरङ्कुश राजतन्त्रको अन्त्य’ भनेकै ‘राजतन्त्रको अन्त्य’ हो भनेर व्याख्या गर्नुभयो ।

त्यो बेला तत्कालीन जनमोर्चाका अमिक शेरचनजी र नेमकिपाका नारायणमान बिजुक्छेले भन्नु भएको थियो ‘गिरिजाबाबुसँग हाम्रा कतिपय असहमति छन् । विचारमा बेमेलहरू होलान् र उहाँले जनता राष्ट्रघातका पक्षमा कहिल्यै सम्झौता गर्नुहुन्न भन्ने विश्वास हामीलाई छ । त्यही आधारमा हामी हस्ताक्षर गर्छौँ ।” उहाँहरू अहिले पनि जीवितै हुनुहुन्छ । सातबुँदे सहमतिमा भने नेमकिपाका प्रेम सुवालले हस्ताक्षर गर्नुभएको छ । ऐतिहासिक शान्ति सम्झौताको प्रस्थान विन्दु मानिने त्यो १२ बुँदे समझदारीको ३ नम्बर बुँदामा यस्तो लेखिएको छ ।

‘देशले आज सशस्त्र द्वन्द्वको सकारात्मक समाधानका साथ स्थायी शान्ति स्थापनाको माग गरेको छ । त्यसैले हामी निरङ्कुश राजतन्त्रको अन्त्य र उक्त प्रक्रियागत आधारमा आउने संविधानसभाको निर्वाचन र पूर्ण लोकतन्त्र स्थापनाको अग्रगामी राजनीतिक निकासद्वारा देशमा विद्यमान सशस्त्र द्वन्द्वको अन्त्य गरी स्थायी शान्ति स्थापना गर्न दृढ सङ्कल्पित छौँ । यस प्रक्रियाद्वारा शान्तिपूर्ण नयाँ राजनैतिक धारमा अघि बढ्न नेकपा–माओवादी) प्रतिबद्धता व्यक्त गर्दछ । यसै सन्दर्भमा निरङ्कुश राजतन्त्रको अन्त्य पछि हुने संविधानसभाको निर्वाचनको क्रममा माओवादी सशस्त्र शक्ति र शाही सेनालाई संयुक्त राष्ट्रसङ्घ वा भरपर्दो अन्तरराष्ट्रिय सुपरिवेक्षणमा राख्ने, निर्वाचनलाई स्वतन्त्र र निष्पक्ष ढङ्गले सम्पन्न गर्ने र निर्वाचनको परिणामलाई स्वीकार्ने समझदारी भएको छ । वार्ता प्रक्रियामा भरपर्दो अन्तरराष्ट्रिय समुदायको संलग्नतालाई हामी अपेक्षा गर्दछौँ ।’

यही बुँदामा उल्लेख गरिएको ‘निरङ्कुश राजतन्त्रको अन्त्य’ भन्ने ठाउँमा ‘राजतन्त्रको अन्त्य’ मात्रै लेख्न चाहन्थ्यो माओवादी । आज पनि त्यही आधारमा २०६२÷०६३ को जनआन्दोलनको राजतन्त्रकै अन्त्य गर्ने मनसाय थिएन भन्ने भाष्यहरू निर्माण भएका छन् । तर गिरिजाबाबुले त्यो बेला निकै सोचीसम्झी त्यो शब्द राख्नुभएको थियो । २४० वर्षसम्म अविछिन्न एउटा शासक वर्गकै अन्त्य कम्ता चुनौतीपूर्ण थिएन । देश आन्तरिक ‘गृहयुद्ध’ ले थिलथिलो भइसकेको थियो । त्यसैले गिरिजाबाबु थप रक्तपात चाहनुभएको थिएन । सिधै राजा र राजसंस्थाकै अन्त्य गर्ने भनिएपछि त्यसबाट अनेकथरि प्रतिक्रान्ति हुनसक्थ्यो वा रक्तपात हुनसक्थ्यो । सदियौँदेखि दरबारप्रति बफादार र उत्तरदायी भएर बसेको नेपाली सेनाभित्रै त्यसले विद्रोह पनि निम्त्याउनसक्थ्यो । यद्यपि त्यो बेला अन्तरराष्ट्रिय समुदाय दलहरूको लोकतान्त्रिक आन्दोलनको पक्षमा थियो । र, पनि त्यसका कैयाँै आन्तरिक अवशेषहरू थिए । जो राजा र राजसंस्थाप्रति निकै बफादार थिए ।

त्यो समझदारीसँगै माओवादी पनि हतियार बिसाउन तयार भयो । जनआन्दोलनको बेग थाम्न नसकेर राजा ज्ञानेन्द्रले प्रतिनिधिसभा पुनःस्थापनाको घोषणा गरे । त्यही पुनःस्थापित प्रतिनिधिसभाले राजाका सबै संवैधानिक अधिकारहरू कटौती गरिदियो । राजा निलम्बित अवस्थामा पुगे । गिरिजाबाबु राष्ट्राध्यक्षको जिम्मेवारीसहित अन्तरिम सरकारका प्रधानमन्त्री हुनुभयो । तर ‘राजा फाल्ने’ कुरामा गिरिजाबाबु निकै समय मौन रहनुभयो । थप रक्तपात नहोस् भनेर तत्कालका लागि ‘बेबि किङ’को अवधारणामा समेत पुग्नुभयो । उहाँ आफैले त्यो कुरा सुरुमा बोल्नुभएन । पुत्री सुजाता कोइरालालाई विराटनगरमा उहाँले त्यो प्रस्तावबारे बोल्न लगाउनुभएको थियो । तर तत्कालीन राजा ज्ञानेन्द्रले त्यो प्रस्तावलाई सिधै अस्विकार गरिदिए । त्यो प्रस्ताव लिएर जाने दरबारका प्रतिनिधिलाई उनले निकै हपारेको कुरा पछि गिरिजाबाबुले सुनानउनुभएको थियो । यद्यपि राजतन्त्र राख्ने वा नराख्ने भन्ने कुरा संविधानसभाको पहिलो बैठकले निर्णय गर्ने भनेर संविधानमा लेखिएको थियो । पुनःस्थापित प्रतिनिधिसभाले राजाका उत्तराधिकारीबारे एउटा विधेयक पनि पारित गरिसकेको थियो । जसमा ‘राजाका छोरा वा छोरी’मध्ये जसलाई पनि गद्दीको उत्तराधिकारी बनाउन सकिने भन्ने थियो । त्यसैका आधारमा गिरिजाबाबुले ‘बेबी किङ’को अवधारणा बनाउनुभएको थियो । तर ज्ञानेन्द्रले फेरि उहाँको प्रस्ताव रिजेक्ट गरिदिए । त्यसपछि नै गिरिजाबाबुले ‘इनफ इज इनफ’ भन्दै ‘अब त हुँदै हुन्न’ अर्थात् यी ‘राजा रहन्नन्’ भन्नुभएको थियो । त्यतिमात्रै होइन गिरिजाबाबु र राजा नहुँदैदेखि ज्ञानेन्द्रबीच जहिल्यै तनावपूर्ण सम्बन्ध थियो। त्यसमा व्यक्तिगत, कतिपय पारिवारिकर राजनीतिक विषयहरू पनि थिए ।

२०५८ साल असार २८ गते भएको ‘होलेरी काण्ड’ले ज्ञानेन्द्र गिरिजाबाबुबीच दूरी झन् बढेको थियो । त्यो बेला तत्कालीन माओवादीले नियन्त्रणमा लिएका ७२ जना प्रहरीलाई छुटाउनका लागि सरकारले सेनाको सहयोग मागेको थियो । तर दरबार सेना दिन तयार भएन । त्यसका लागि गिरिजाबाबु पटक पटक दरबार जाने प्रयास पनि गर्नुभयो । तर ज्ञानेन्द्रले झुलाइरहे । र, निकै अपमान गरे । त्यो मिसन सफल नभएपछि गिरिजाबाबुले राजीनामा दिनुभयो । र ‘ज्ञानेन्द्रको अनुहारै नहेर्ने’ भन्नुभएको थियो । त्यसपछिका दिनमा लगभग त्यस्तै भयो पनि उहाँले ज्ञानेन्द्रको अनुहार हेर्नैपरेन । जनआन्दोलनबाट फर्किएको संसद्को बलियो सरकारका तर्फबाट पठाएको प्रस्ताव पनि निलम्बित राजाले स्विकार गरेनन् । त्यसपछि प्रस्ट थियो, गिरिजाबाबु राजसंस्था बचाउने पक्षमा रहनुभएन । गिरिजाबाबुले नचाहेको भए देश सायद अर्कै अवस्थामा हुन्थ्यो होला ।

नभन्दै २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट राजसंस्थाको अन्त्य भयो । र, देश गणतन्त्रात्मक व्यवस्थामा पुग्यो । त्यो एउटा युगको सुरुआत गिरिजाबाबुको राजनीतिक जीवनको सबैभन्दा ऐतिहासिक उपलब्धि पनि थियो ।उहाँ आफैले त्यो दिन भन्नुभएको थियो ‘एक जुग एक दिन एकपटक मात्रै आउँछ ।’ गोपालप्रसाद रिमालको यो कबितांश गिरिजाबाबुको राजनीतिक जीवनमा एउटा यस्तो विन्दु बन्न पुग्यो जसले गर्दा जीवनभरि आलोचना गर्ने, गाली गर्नेहरूले पनि ‘राजनेता भनेको गिरिजाबाबुजस्तो हुनुपर्छ’ भन्ने विम्ब बनाउन थाले । गिरिजाप्रसादको राजनीतिक जीवनको अर्को विम्ब त्यही हो ‘कहिल्यै नहार्ने, कहिल्यै नथाक्ने ।’ व्यक्तिगत जीवनका सारा पलहरू गिरिजाबाबुले राजनीतिमै बिताउनुभयो । राजनीतिको त्यति स्पष्ट बाटो, अविचलित यात्रा अनि निर्णयमा दृढता भएको राजनेता अब नेपालमा जन्मिन अझ धेरै वर्ष कुर्नुपर्ने हुनसक्छ । दुनियाँ एकातिर हुँदा पनि उहाँ आफ्नो निर्णय अनि लक्ष्यमा पुग्ने दृढताबाट कहिल्यै विचलित हुनुभएन । त्यही नै गिरिजाशुत्र थियो । जसले उहाँलाई नेपालको राजनीतिक इतिहासमा सबैभन्दा अग्लो स्थानमा पु¥यायो ।

नेपाली राजनीतिमा कोइराला परिवारको आफ्नै इतिहास छ । राजनीतिक इतिहासका ती पानामा राष्ट्र अनि जनता र प्रजातन्त्रप्रति कोइराला परिवारका सङ्घर्ष, त्याग, समर्पण र बलिदानका कैयौँ कथाहरू छन् । इतिहासका ती त्यस्ता जिउँदा अक्षर र शब्दहरू हुन्, जसले नेपाली राजनीतिलाई सधैँ अग्रदिशा दिएको छन् । देशका हरेक सङ्घर्ष अनि परिवर्तनका मोडहरूमा कोइराला परिवारका अजर पाइलाहरू सधैँ देशको राजनीति पछ्याउने पदचाप बनेका छन् । त्यसमध्येका एक गिरिजाबाबु पनि हुनुहुन्थ्यो ।

विसं.२०५८ साल मङ्सिर ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले देशमा सङ्कटकाल लगाएपछि राजा र गिरिजाबाबुबीचको आन्तरिक लडाइँ सतहमै आएको थियो । दुई शक्तिकेन्द्रबीचका कैयन वैमनस्यहरू एकैपटक छताछुल्ल भएका थिए । ती धेरै राजनीतिक थिए कतिपय पारिवारिक थिए । एक प्रकारले इतिहासको कुनै कालखण्डमा ‘दरबार’ अनि कोइराला परिवार अलग अलग ‘शक्तिस्तम्भ’ रहे । यी दुईबीच सधैं एकप्रकारको टक्कर रहि रह्यो ।

दरबार हत्याकाण्डपछि नेपालको राजकीय राजनीतिको विरासतमा एकप्रकारले ‘शाही कुण्डली’को पात्रो फेरिएकै हो । त्यसमा पनि राजा ज्ञानेन्द्रको माथमा पलाएको शक्तिको उधुम महत्वाकाङ्क्षा आखिरमा त्यो विरासत अन्त्य अनि देशको व्यवस्था परिवर्तनको एउटा ‘मुहूर्त’ बनिदियो । दुई सय ४० वर्षदेखि जिउँदो इतिहासको अन्तिम पानामा राजा ज्ञानेन्द्र सिङ्गो विरासतलाई नै धुमिल बनाउँदै बाहिरिए ।

सङ्कटकालको सुरुवातमै गिरिजाबाबुले औपचारिक–अनौपचारिकरुपमै भनिसक्नुभएको थियो ‘अब राजा रहन्नन्’ । आखिरमा देशमा राजामात्रै रहेनन्, बरु एउटा ‘तन्त्र’ नै फेरियो । व्यवस्था परिवर्तनको यो मोड गिरिजाबाबुको राजनीतिक अनि व्यक्तिगत जीवनको अन्तिम ‘इनिङ’ थियो ।

कृष्णप्रसाद कोइराला भारतको गिरिजादेवी दर्शन गर्न जानुभएको थियो साथमा उहाँकी धर्मपत्नी दिव्या कोइराला पनि हुनुहुन्थ्यो । त्यो बेला दिव्या गर्भवती पनि हुनुहुन्थ्यो। गिरिजादेवी दर्शनका बेला उहाँहरूले एउटा सङ्कल्प गर्नुभएको थियो, छोरा वा छोरी जसको जन्म भए पनि उसको नाम ‘गिरिजा’ हुनेछ । ‘गिरिजा’ शब्दको धार्मिक अर्थ हिमालयकी छोरी अर्थात् ‘पार्वती’ हो ।

विसं १९९८ असार १८ गते भारतको दीप नगरमा कोइराला परिवारको एउटा हाँगो जन्मियो अर्थात् गर्भको त्यही ‘गिरिजा’ । त्यो मात्र एउटा कोखको गर्भ थिएन बरु त्यो नेपाली राजनीतिको एउटा यस्तो शिखर बन्यो जसलाई छुनका लागि अझै कैयन् युग पर्खिनुपर्ने हुन्छ । राणा शासनको कोपभाजनमा परेर त्यो बेला कोइराला परिवार नै भारतमा निर्वासित जीवन बिताइरहेको थियो। कृष्णप्रसाद र दिब्या पनि आफ्ना सारा परिवारका साथ भारतमै हुनुहुन्थ्यो, हालको विहार सुपौलमा ।

‘देशद्रोह’ अभियोग भिराएर त्यो बेला निर्वासित गरिएका कृष्णप्रसादहरूलाई राणाहरू फेरि देश फर्किने अनुमति दिए । देश फर्किएपछि उहाँले आफ्नै ठाउँमा एउटा विद्यालय पनि स्थापना गर्नुभयो । ‘आदर्श’ स्कुल देशकै पहिलो हो । त्यहीँ नै गिरिजाबाबुको शिक्षारम्भ भयो। सामान्य शैक्षिक जीवन बिताएका गिरिजाबाबुको राजनीतिक जीवन भने ‘अद्वितीय’ रह्यो ।

किशोरावयले छुँदै गर्दा राजनीतिक चेतले भरिइसकेका गिरिजाबाबु आफ्ना दाजु विशेश्वरप्रसाद कोइराला(बीपी)को राजनीतिक दीक्षाले अझ परिपक्व भइसक्नुभएको थियो । विराटनगरको जुट मिलमा एक सामान्य मजदुरका रुपमा सार्वजनिक जीवन सुरु गर्नुभएका गिरिजाबाबु त्यही मिलमा भएको एउटा मजदुर विद्रोहबाट राजनीतिको बाटोमा डोरिनुभयो। मिल मालिकहरूसँग मजदुरका हकहितका बारेमा आवाज उठाउन थालेपछि त्यहाँका आवाजविहीन मजदुरहरूले उहाँलाई आफ्नो नेता मानिसकेका थिए । गर्भरचनामा अरु नै भए पनि २००३ साल फागुन २१ गते त्यो मिलमा सुरु भएको मजदुर आन्दोलनको अगुवा गिरिजाबाबु नै हुनुहुन्थ्यो ।

यो मिलका मात्रै होइन विराटनगर भरिका हजारौँ मजदुर उहाँकै अगुवाइमा आन्दोलित भए । खासमा मजदुरका हकहितका कुरा उठाइए पनि त्यो आन्दोलन राणा शासकहरूका लागि एउटा चोटिलो झापड बन्यो । त्यही बेलै बिपी, मनमोहनहरूसँगै गिरिजाबाबु पनि गिरफ्तार हुनुभयो । र, उहाँहरूलाई ‘अड्डा’ सार्दै सार्दै काठमाडौँ पुर्याइयो । पहिलो पटकमै उहाँले तीन वर्ष जेल जीवन बिताउनुभयो ।

कार्यकर्तालाई सङ्गठित राखिरहनसक्ने क्षमता विकास गरिसक्नुभएका गिरिजाप्रसादले नेपालमात्रै होइन भारत तथा भुटानमा भएका आन्दोलनहरूमा पनि नेतृत्वदायी भूमिका निभाउनुभएको थियो । राणा शासनविरुद्ध २००७ सालमा भएको नेपाली कांग्रेसले सुरु गरेको हतियारसहितको ‘जनक्रान्ति’को एक कमाण्डर गिरिजाबाबु पनि हुनुहुन्थ्यो। उहाँकै नेतृत्वमा नेपाली काँग्रेसको ‘मुक्ति सेना’ दोस्रो प्रयासमा विराटनगर ‘कब्जा’ गरेको थियो ।

राजाले जेल हालेपछि उहाँले जेलभित्रै आमरण अनसन गर्नुभएको थियो । भारतका महात्मा गान्धीको जीवन र सिद्धान्तबाट प्रभावित हुनुभएका गिरिजाबाबु कलिलै उमेरदेखि आफ्नो संकल्पमा यतिसम्म हठी हुनुहुन्थ्यो कि त्यसका लागि उहाँले ज्यानमात्रै होइन ‘सबकुछ’ दाउमा राख्नुहुन्थ्यो । अन्ततः उहाँलाई २१ दिनपछि जेलमुक्त गरिएको थियो ।

विस.२०३४ सालमा नेपाली कांग्रेसमा महामन्त्रीको जिम्मेवारी लिएर उहाँले पार्टीको सङ्गठनलाई निकै सक्रिय बनाउनुभयो। निर्वासित रहेकै बेला उहाँले पार्टीको आन्दोलनप्रति अन्तर्राष्ट्रिय समर्थन बलियो बनाइसक्नुभएको थियो । २०३७ साल वैशाखमा उहाँ नेपाल फर्किएर फेरि देशभरि पार्टी र सङ्गठनलाई अझ सुदृढ अनि बलियो बनाउने अभियान छेड्नुभयो ।

जीवनको अन्तिम क्षणमा बिपी कोइरालाले आफ्ना नजिकका मित्रहरूसँग भन्नुभएको थियो ‘कृष्णप्रसाद भट्टराईको जस्तो नीति, गणेशमानको जस्तो त्याग अनि गिरिजाजस्तो सङ्गठनकर्ता भए नेपाली कांग्रेसकै नेतृत्वमा नेपालमा प्रजातन्त्र चाँडै नै आउनेछ ।’

विसं २०३९ सालमा स्वर्गीय हुनुभएका महामानव बिपीले भनेजस्तै २०४६ सालको जनआन्दोलनले ३० वर्षे पञ्चायत ढालेको थियो र देशमा फेरि प्रजातन्त्रको उज्यालो छरिएको थियो । त्यसको कमाण्डर गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसादहरू नै हुनुहुन्थ्यो । २०४७ सालमा कृष्णप्रसाद भट्टराईको नेतृत्वमा नेपालमा प्रजातान्त्रिक संविधान जारी भयो। त्यसपछि २०४८ मा भएको आम निर्वाचनमा गिरिजाप्रसाद कोइराला मोरङ र सुनसरीबाट अत्यधिक मतका साथ विजयी हुनुभयो र नेपाली कांग्रेसको संसदीय दलको नेता पनि बन्नुभयो । त्यसपछि २०४८ साल जेठ १२ गते उहाँ देशको प्रधानमन्त्री बन्नुभयो । तीस वर्षे पञ्चायतपछि प्रजातन्त्रकालमा चुनाव जितेर प्रधानमन्त्री बन्ने सौभाग्य गिरिजाबाबुको थियो ।

माओवादी द्वन्द्व सुरु भएसँगै देश फेरि गृहयुद्धको बाटोमा जाँदै थियो । यता दलहरूबीचको कलह पनि उत्कर्षमा पुगिरहेको थियो। पार्टीहरू आफ्नै नेतृत्वको सरकार ढाल्न र बनाउन उद्यत थिए । एकले अर्कोलाई लछार्न अनि पछार्न लागिपरेका थिए उता जङ्गलमा माओवादीले युद्धको सनही अझ तेज पार्दै थियो। अविश्वासको मत, प्रतिनिधिसभाको विघटन, पार्टीको आन्तरिक विभाजन अनि अल्पमत र बहुमतका सरकारहरू पनि यही बेलाका परिघटना थिए । मध्यावधि निर्वाचनको नियति पनि मुलुकले भोग्नुपर्यो । माओवादी युद्धका कारण दलीय दूरी त बढेकै थियो त्यसमा दरबार पनि ‘भिलेन’ बनेर उभिन थाल्यो ।

विसं २०५८ साल जेठ १९ गते भएको दरबार हत्याकाण्ड देशमा अर्को उथलपुथलको एउटा ‘टर्निङ प्वाइन्ट’ बनिदियो । ज्ञानेन्द्र शाहले सत्ताशक्ति आफ्नो हातमा लिनासाथ माओवादीले आफ्नो युद्धको गति अझ तेज र विस्तार गरिरहेको थियो । २०५८ साल मङ्सिर ८ गते दाङमा सैनिक ब्यारेकमाथि आक्रमण गरेर माओवादीले दरबारविरुद्ध सिधा धावा बोलेको थियो । मङ्सिर ११ गते तत्कालीन शेरबहादुर देउवाको सरकारले सङ्कटकाल घोषणा ग¥यो ।

त्यसबाट नेपाली कांग्रेसभित्रको आन्तरिक कलह झन् उत्कर्षमा पुग्यो । सङ्कटकाल थप गर्ने विषयमा भएको आन्तरिक मतभेदले प्रतिनिधिसभाको विघटनमात्रै भएन बरु नेपाली कांग्रेसको बाटो नै फाट्यो । शेरबहादुर देउवाले कांग्रेसका केही नेताहरू लिएर नयाँ पार्टी बनाउनुभयो । राजनीतिक घटनाक्रमहरू यत्तिमै सिमित रहेनन् । तत्कालीन युद्धरत माओवादीले रोल्पाको होलेरी बन्धक बनाएका केही सुरक्षाअधिकारीहरूलाई छुटाउनका लागि सैनिक परिचालनको अनुमति माग्दा राजा वीरेन्द्रले अपमान गरेर फर्काएपछि नै गिरिजाबाबु र दरबारबीचको मनमुटाव अझ चर्किएको थियो ।

राजा ज्ञानेन्द्रले सङ्कटकाल घोषणा गरेपछि अन्योलपूर्ण अवस्थामै गिरिजाबाबुले ‘राजतन्त्र’ जान्छ भनिसक्नुभएको थियो । त्यसका लागि उहाँले मूलधारमा रहेका संसदीय दलहरूमात्रै होइन जङ्गलमा युद्ध गरिरहेको माओवादीसँग समेत भित्री सहमति गरिसक्नुभएको थियो। संसद्बिना सरकार र व्यवस्था प्रजातान्त्रिक नहुने भन्दै संसद् पुनःस्थापनालाई ‘बटम लाइन’ बनाएर गिरिजाबाबु सबै राजनीतिक दलको साथ लिँदै २०६० वैशाख अन्तिमतिर आफै सडकमा ओर्लिनुभयो ।

यो आन्दोलनलाई सबै राजनीतिक दल र माओवादीको पनि नैतिक समर्थन थियो। २०६२ सालको अन्तिमतिर आन्दोलनको उत्कर्षमा त माओवादी पनि अरू दलहरूसँगै मिसिएर सडक आन्दोलनमा आइसकेको थियो । माओवादीसहित सारा राजनीतिक दल अनि लाखौँ जनताले दरबार घेर्न थालेपछि २०६३ साल वैशाख ८ गते राजा ज्ञानेन्द्रले एउटा शाही घोषणा गरे । यो घोषणामा राजा ज्ञानेन्द्रले आफूले सत्ता छोडेको घोषणा गरेका थिएनन् । सात दलको आन्दोलन त्यत्तिकैमा रोकिएन । बरु दलहरूले अझ सशक्त आन्दोलनको घोषणा गरे

अन्ततः वैशाख ११ गते राजा ज्ञानेन्द्रले जनताको नासो जनतालाई नै फिर्ता गरिदिए । संसद् पुनःस्थापना भयो । त्यसमा सबै दलहरूले सहमति गरेर माओवादीलाई पनि संसदमा भित्र्याउने सहमति भइसकेको थियो । आखिरमा गिरिजाबाबुले आफ्नो अठोट पूरा गरेरै छोड्नुभयो ।

त्यो बेला गिरिजाबाबुले नचाहेको भए, माओवादीको युद्ध के हुन्थ्यो अनि देशको अवस्था के हुन्थ्यो होला ? त्यो परिस्थितिको आकलन नै गर्न निकै कठिन हुन्छ । २०६२÷०६३ मा सडक आन्दोलन सुरु हुनुअघि नै गिरिजाप्रसादले नै पहल गरेर माओवादीसहित सबै राजनीतिक दलहरूबीच १२ बुँदे सम्झौता भइसकेको थियो ।

संसद् पुनःस्थापना भएपछि गिरिजाबाबु फेरि एकपटक देशको प्रधानमन्त्री बन्नुभयो । यो भने अन्तरिम सरकार थियो अनि गिरिजाबाबुको राजनीतिक जीवनको अन्तिम इनिङ पनि यही नै बन्यो। उहाँकै नेतृत्वमा २०६४ सालमा नेपालको इतिहासमै पहिलोपटक संविधानसभाको निर्वाचन भयो । यही संविधानसभाले ‘जनताको गणतान्त्रिक संविधान’का रुपरेखाहरू कोर्न सुरु गर्यो र दोस्रो संविधानसभाले २०७२ साल असोज ३ गते संविधान जारी गर्यो । भलै गिरिजाबाबुले यो दिन देख्न पाउनु भएन तर जसरी देशका ऐतिहासिक मोडहरूमा नेतृत्व सम्हाल्न नेपाली कांग्रेसमात्रै अघि लाग्यो यो संविधान पनि कांग्रेसकै अगुवाइमा जारी भयो । संविधान जारी हुने बेला नेपाली कांग्रेसका सभापति सुशील कोइराला हुनुहुन्थ्यो ।

गिरिजाबाबु जति बाँच्नुभयो पूर्ण राजनीतिक जीवन नै बाँच्नुभयो । सारा व्यक्तिगत जीवनलाई उहाँले राष्ट्र र प्रजातन्त्रकै लागि समर्पित गर्नुभयो । अनि त्यसकै खातिर बाँच्नुभयो । सङ्घर्ष, प्रजातन्त्र अनि राजनीति नै उहाँको जीवन सिद्धान्त बने । तर राजनीतिक जीवनको सुरुआतदेखि जीवनको अन्त्यसम्म पनि राजनीतिको कोपभाजनले उहाँलाई पछ्याइरह्यो ।

पार्टीभित्रैको आन्तरिक राजनीतिक चक्रदेखि दलीय राजनीतिको व्यूहसम्मको नियतिमा बाँच्नुभएका गिरिजाबाबुको एउटा सपना भने पूरा हुनै पाएन त्यो थियो– गणतान्त्रिक मुलुकको राष्ट्रपति । बिथोलिएको त्यो सपनाका पछि देशीय अनि अन्तर्राष्ट्रिय कारणहरू थिए जो बिस्तारै बाहिर आउँदैछन् । बेलाबेला गिरिजाबाबुको सम्झनामा ओकलिने पछुतोहरू त्यसैका परिणाम हुन् । तर जे भए पनि त्यो सङ्क्रमणकालीन अर्थात् अन्तरिमकालमा भने गिरिजाबाबु ‘हेड अफ द स्टेट’कै हैसियतमा रहनुभयो ।

अहिले पनि गिरिजाबाबुले राजनीतिको मूलबाटोमा ल्याएर हिँडाउनु भएका कतिपय राजनीतिक सहयात्रीहरू सत्ता र शक्तिमै हुनुहुन्छ । बेलामा उहाँहरूले गिरिजाबाबुका बारेमा गुणगान गाउनु हुन्छ । तर उहाँसँग गरिएका प्रतिबद्धताहरूबाट धेरै पर पुगिसक्नुभएको छ । त्यो बेला गिरिजाबाबु साँच्चिकै देशको पहिलो राष्ट्रपति भएको भए सायद देशको अवस्था अलि फरक हुनसक्थ्यो । देशले अझ राम्रो विकासको गति पाउने थियो । यद्यपि गिरिजाबाबु विचलित हुनु भएन । बरु राजनीतिक परिस्थितिका उपजहरूलाई स्वीकार गररै जीवनभरि रहनुभयो ।

गिरिजाबाबुले बाँचेको त्यो निकै अग्लो कद अझ युगीन रहनेछ । र, युगौंयुगसम्म गिरिजाबाबु नेपाली राजनीतिको त्यही अग्लो शिखर बनेर नेपालको राजनीतिक इतिहासमा बाँचिरहनुहुनेछ ।

सात जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

काठमाडौं । गृह मन्त्रालयले सात जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । मन्त्रालयले बुधबार १३ जना कर्मचारीको सरूवा तथा पदस्थापन गरेको हो। जसमध्ये सात जना प्रमुख जिल्ला अधिकारी रहेका छन् ।

सहसचिव दिलकुमार तामाङ जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख भएका छन् । त्यस्तै उदयपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको जिल्ला प्रशासन कार्यालय पर्वतमा सरूवा भएको छ । जगदिश्वर उपाध्यायको सुर्खेत जिल्ला प्रशासन कार्यालयमा पदस्थापन भएको छ ।

भविश्वर पाण्डे नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का प्रमुख जिल्ला अधिकारी भएका छन् । बागलुङमा कुमान सिंह गुरुङ, उदयपुरमा प्रेमप्रसाद लुईटेल र अछाममा आनन्द सारूको पदस्थापन भएको हो ।

यौन व्यवसाय खुला गर्नुपर्ने अभिव्यक्ति दिएका कांग्रेस मुख्य सचेतकले मागे माफी

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले नेपालमा यौन व्यवसाय खुला गनुपर्ने धारणाप्रति माफी मागेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मीक समयमा घिमिरेले आफुले राखेको धारणाले पर्न गएको नकारात्मक प्रभावप्रति क्षमायाचना गरेका छन् ।

उनले चैत ३ गते संसदको विशेष समयमा सदनमा राखेको धारणा व्यक्तिगत भएको र कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा नभएको स्पष्ट पारे । घिमिरेले नेपालमा यौन व्यवसाय खुला धारणा राखेपछि सदनमा विरोध भएको थियो ।

काभ्रेपलाञ्चोकमा एमालेको जरा अभियान सञ्चालन

काभ्रेपलाञ्चोक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) काभ्रेपलाञ्चोक जिल्ला कमिटीले गत माघ २० गतेदेखि तीन महिने वडा केन्द्रित ‘जरा अभियान’ सञ्चालन गरिरहेको छ ।

अभियान सुरुआतको चरणमा नेता, कार्यकर्तालाई बनेपामा भेला गराई अभिमुखीकरण कार्यक्रमपछि कार्यविभाजनमार्फत वडा–वडामा खटाइएको थियो । अभियान विशेष गरी ‘पुराना जगाऊ, नयाँ बढाऊ’मा केन्द्रित रहेको जिल्ला कमिटीले जनाएको छ ।

कमिटीका अनुसार पार्टीको चौँथो पूर्णबैठकले जरा अभियान सञ्चालन गर्ने निर्णय गरेसँगै केन्द्रीय तथा जिल्लास्तरका नेता, कार्यकर्ताले अभियानको नेतृत्व गरिरहेका छन् । अभियानअन्तर्गत पचासभन्दा बढी वडामा अधिवेशन, टोल कमिटी गठनलगायत सुदृढीकरण कार्यक्रम सञ्चालन भइरहेका पार्टीका जिल्ला अध्यक्ष राजन भुर्तेलले बताए । उनका अनुसार यही चैतभित्र आगामी २०८२ सालसम्मको सङ्गठित सदस्य नवीकरण तथा नयाँ सदस्यता वितरण गर्ने कार्यक्रम तय भएको छ ।

पार्टीका पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज गोकुलप्रसाद बाँस्कोटाले स्थानीयस्तरमा पार्टीका नेता तथा कार्यकर्तालाई पुनःजागरण गराउँदै नयाँ सदस्यता बढाउनेतर्फ अभियान केन्द्रित रहेको बताए । “एमालेले जिल्लाको समृद्धिको स्पष्ट खाका तयार गरेको छ र सोही अनुसार बजेट विनियोजनमा निरन्तर लागिएकाले नागरिकको पक्षमा जनप्रतिनिधि थप केन्द्रित रहन आग्रहसमेत गर्दै आइरहेका छौँ”, उनले भने ।

आगामी निर्वाचनलाई लक्षित गर्दै ‘मिसन ८४’ अन्तर्गत सञ्चालित अभियानका क्रममा बाँकी स्थानीय तह तथा वडा कमिटी अधिवेशन सम्पन्न गर्ने, जनसङ्गठनको कमिटी बनाउने, युवालाई आकर्षित गर्न विभिन्न प्रतियोगिता आयोजना गर्ने, सरकारको समृद्धिको अभियानलाई सफल बनाउन एजेण्डा बनाएर सम्बन्धित निकायलाई दबाब दिने, लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा लाग्नेलाई सम्मानलगायत कार्यक्रम गरिएको जिल्ला इन्चार्ज बाँस्कोटाले जानकारी दिए । उनका अनुसार अभियान आगामी वैशाख १५ गतेसम्म जिल्लाका १३ स्थानीय तहका एक सय ३५ वटै वडामा सञ्चालन हुनेछ ।

नक्कली बाबु बनेर भारतीयलाई नेपाली नागरिकता दिलाउने मियाँ पक्राउ

सिरहा । सिरहामा नक्कली बुवा बनी भारतीय नागरीकलाई नागरीकता बनाउने अमानत मिँयालाई प्रहरीले पक्राउ गरेको छ ।

भारतको विहार मधुबनी जिल्ला, जयनगर ग्राम पञ्चायत देउधाका मोसताक मिँयाको नक्कली बुवा बनेर नागरीकता दिलाउने नरहा गाँउपालिका-३ खोरीयाका अमानत मिँयालाई प्रहरीले अनुसन्धानको लागी नियन्त्रणमा लिएको हो ।

वडाले सिफारीसलाई आधार मानी जिल्ला प्रशासन कार्यालय सिरहाले २०८० असार २६ मा भारतीय नागरिक मोसताकका नाममा १५०१८०–४३६२ नम्बरको नागरिकता जारी गरिएको थियो । नक्कली बुवा बनेका अमातन मियाँलाई मंगलबार साँझ घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।

मिँयालाई नियन्त्रणमा लिए पनि विभिन्न राजनितिक दवावका कारण वडा अध्यक्ष रुस्तम अन्सारी र सचिव रामदेव मण्डललाई प्रहरीले प्रकाउ गर्न नसकेको स्थानियहरुको आरोप छ। नेपालमा सानालाई ऐन ठुलालाई चैन भनेझै यो घटनाक्रमले देखाएको स्थानियहरुको भनाई छ।

भारतीय नागरिकलाई नागरिकता दिएको भन्दै करिव डेढवर्ष पहिले नै स्थानियहरुले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएका थिए । तर, प्रशासन कार्यालयले कुनै चासो देखाएनन्। आर्थिक प्रभाव र राजनितिक दवावका कारण कार्यवाहीको प्रकृया रोकिएको थियो।

विभिन्न मिडियामा समाचारहरु सम्प्रेषण भएपछि सिराहा क्षेत्र नम्वर २ का प्रतिनिधि सभा सदस्य राजकिशोर यादवले समेत सदनमै अवाज उठाएका थिए। सदनमा अवाज उठेपछि कार्यवाहीको प्रकृया अगाडी बढाईएको स्रोतको दाबी छ।

सिरहा जिल्ला अदालतबाट आज म्याद लिएर उनीमाथि विस्तृत अनुसन्धान सुरु भएको प्रहरीले बताए । यसमा संलग्न सबैलाई अनुसन्धान र कारबाहीको दायरामा ल्याउँने प्रहरीले जनाएको छ।

नरहा गाँउपालिका वडा नम्वर ३ का वडाध्यक्ष रुषतम अन्सारी र वडा सचिव रामदेव मण्डलले भारतीय नागरीकसँग दुईलाख भारतीय रुपैया लिएर नागरिकताको सिफारिस गरेको विषयमा फागुन १२ गते पहिलो पटक समाचार सम्प्रेषण गरेको थियो।

चैत २४ गते सार्वजनिक बिदा, यस्ता छन् क्याविनेटका ११ निर्णय

काठमाडौं। सरकारले चैत २४ गते सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिने भएकाे छ।

गत चैत्र ४ गते बसेको मन्त्रीपरिषद् बैठककाे निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता, सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले साे जानकारी दिएका हुन् ।

सरकारका प्रवक्ता गुरुङका अखनुसार विश्व बैंकमार्फत विद्यालय क्षेत्र सुधार कार्यक्रमको लागि प्राप्त हुने अनुदान सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने, ऋण असुली न्यायधिकरणको बैकिङ्ग सदस्य पदमा नरेशराज अर्याललाई नियुक्त गर्ने निर्णय गरेको समेत गरेकाे छ । 

‘सुपर जोन र जोन कार्यक्रम’ले उत्पादन बढायो

सुदूरपश्चिम । कैलालीमा गहुँको सुपर जोन र चैते धानको जोन कार्यक्रमले उत्पादन बढाएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत सञ्चालित सुपर जोन र जोन कार्यक्रमले गहुँ र चैते धानको उत्पादन बढाएको हो ।

खेतमा फष्टाएको गहुँ बाली देखेर कैलारी गाउँपालिका–५ का किसान दीपक चौधरी खुशी हुनुहुन्छ । दीपकसहित यहाँका किसानले ‘सुपर जोन’ कार्यक्रममार्फत गहुँखेती गरिरहेका छन् ।

“सुपर जोन कार्यक्रममा समेटिएपछि पहिलेभन्दा गहुँको उत्पादकत्व वृद्धि भएको छ । करिब १५ बिघा जग्गा भाडामा लिएर गहुँखेती गरिरहेको छु”, चौधरीले भने, “पहिले प्रतिबिघा १२–१३ क्विन्टल गहुँ फल्नेमा सुपर जोन कार्यक्रममा समेटिएपछि २० क्विन्टलसम्म फल्न थालेको छ ।”

भजनी नगरपालिका–३ ढुसी गाउँका सीताराम चौधरी धानबालीमा सञ्चालित जोन कार्यक्रममार्फत चैते धानखेती गरिरहनु भएको छ । यहाँका किसानले करिब पाँच सय बिघामा यो धान रोप्ने तयारी गरिरहेका छन् ।

“सुरुका वर्षमा आफूले बीउ ल्याएर चैते धान रोप्दा गाउँलेले आफूलाई चैतमा पनि धान रोपेको भन्दै बौलाएको भन्थे । अहिले यहाँका अधिकांश किसानले यसको खेती गर्न थालेका छन्”, सीतारामले भने, “वैशाख र जेठमा चैते धानलाई मौसम अनुकूल हुने भएकाले वर्षे धानको तुलनामा उत्पादन बढी हुने गरेको छ ।” प्रतिबिघामा ४५ क्विन्टलसम्म चैते धान फल्ने अनुभव सुनाउँदै उनले गहुँको सुपर जोन र चैते धानको जोन कार्यक्रमले उत्पादन वृद्धि भएको बताए।

भजनी क्षेत्रमा काँडा, पथरैया र कान्द्रा नदीले वर्षायाममा निम्त्याउने डुबानका कारण वर्षे धानबाली नष्ट हुने गरेको किसान बताउँछन् । डुबानको समस्या बढ्दै जान थालेपछि यहाँका किसानले विकल्पका रूपमा चैते धानखेती गर्न थालेका हुन् ।

“वर्षामा खेतमा डुङ्गा चलाउन मिल्ने गरी हुने डुबानको समस्याले वर्षे धान बाली नष्ट हुने गरेको छ”, सीतारामले भने, “वर्षामा हुने धानखेतीको विकल्पमा अधिकांश किसानले चैते धान लगाउन थालेका छन् ।” किसानले डुबान नहुने समयमा चैते धानखेती गर्न थालेका बताउँदै उनले जोन कार्यक्रम सञ्चालन भएपछि किसान थप उत्साहित भएका उनको भनाइ छ ।

आर्थिक वर्ष २०७८/७९ देखि जिल्लामा चैते धानको जोन कार्यक्रम सुरु भएको थियो । भजनी नगरपालिकाभित्र सुरुमा पाँच सय हेक्टरमा खेती गरिएकामा हाल यसको क्षेत्रफल विस्तार गरी एक हजार हेक्टर पुर्‍याइएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालयले जनाएको छ ।

परियोजना कार्यान्वयन इकाई धनगढीका प्रमुख गोविन्दराज जोशीले भजनी नगर क्षेत्र, जोशीपुर र जानकीनगर गाउँपालिकामा चैते धानअन्तर्गत ‘जोन कार्यक्रम’ कार्यान्वयन भइरहेको जानकारी दिए । उनका अनुसार गौरीगङ्गा, भजनी र घोडाघोडी नगरपालिका, बर्दगोरिया, जोशीपुर र जानकीनगर गाउँपालिकामा गहुँ बालीको ‘सुपर जोन कार्यक्रम’ सञ्चालन भइरहेको छ ।

गहुँ बालीको कार्यक्रमअन्तर्गत सुरुका वर्षमा एक हजार हेक्टर क्षेत्रफलमा खेती गरिएकामा हाल क्षेत्रफल विस्तार गरी तीन हजार हेक्टर पुर्‍याइएको जनाउँदै जोशीले जिल्लाको घोडाघोडी, भजनी नगरपालिका र बर्दगोरिया, जानकीनगर गाउँपालिकामा तेलहन जातको खेती भइरहेको उल्लेख गरे ।

चालु आवदेखि धनगढी उपमहानगर क्षेत्रका साथै घोडाघोडी, भजनी र कैलारी गाउँपालिका क्षेत्रमा ‘माछा जोन’ कार्यक्रम कार्यान्वयन गरिएको इकाई प्रमुख जोशीले जानकारी दिए । उनका अनुसार यो कार्यक्रम अन्तर्गत माछापालनमा सहभागी किसानलाई प्राकृतिक तालतलैयाको सुधार, आधुनिक यन्त्र तथा उपकरणको सुविधा, नयाँ पोखरी निर्माण, प्रविधिको व्यवस्थालगायत सहयोग उपलब्ध गराउँदै आइएको छ ।

कृषक समूह, सहकारी संस्था र कृषि उद्यमीमार्फत् सञ्चालन भइरहेको सुपर जोन र जोन कार्यक्रम कार्यान्वयनका लागि परियोजना कार्यालयले उन्नत जातका बीउ, मलखाद, सिँचाइ, कृषियन्त्र, माटो परीक्षण, प्रशोधन केन्द्र स्थापना तथा सञ्चालनलगायत सहयोग गरिरहेको प्रमुख जोशीले बताए ।

“सुपर जोन र जोन कार्यक्रम कार्यान्वयनसँगै पहिलेको भन्दा बालीको उत्पादकत्व पनि वृद्धि भएकोे छ”, उनले भने “बालीका लागि उर्बर मानिने जग्गामा ती कार्यक्रम सञ्चालनका लागि छनोट गरी खेती गर्न किसानलाई उन्नत जातका बीउ, सिँचाइ, यन्त्रलगायत प्रविधिमा सहयोग उपलब्ध गराइरहेका छौँ ।”

कृषि प्रविधिको सुनिश्चिता, बजारीकरणको व्यवस्थाका साथै सहुलियत ऋण, कृषि बिमाको व्यवस्था हुनसके कार्यक्रम थप प्रभावकारी हुने इकाई प्रमुख जोशीको भनाइ छ । उनले भने, “कृषिमा अनुदान दिने गरेका छौँ, तर अनुदान नपाउने कृषकमा असन्तुष्टि देखिने गरेको छ । यसले कृषि प्रणालीमा प्रतिकूल असर पुगिरहेकाले सबैलाई अनुदान दिने व्यवस्था गर्नुपर्छ । यसमा सरोकार भएका निकायले आवश्यक समन्वय गर्नु जरुरी छ ।”

नेपालमा परम्परागत रूपमा निर्वाहमुखी खेती गरिँदै आएकामा कृषिको उत्पादन वृद्धि गर्न आवश्यक प्रविधि तथा उत्पादन सामग्रीको बजारीकरण, बाली उत्पादनमा यन्त्रीकरण, प्रशोधन तथा बजारीकरणका लागि आवश्यक पूर्वाधारको व्यवस्थासहित आधुनिकीकरण, व्यावसायीकरण गरी कृषि उपजको आयात घटाउँदै जाने उद्देश्यले सरकारले आव २०७३/७४ देखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन गरेको हो । यो परियोजनाअन्तर्गत मुलुकका विभिन्न जिल्लामा विभिन्न बालीमा सुपर जोन र जोन कार्यक्रम सञ्चालन भइरहेका छन् ।

राजतन्त्र फर्किन्छ भन्ने डर छैन : जनार्दन शर्मा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले वंशनाशसँगै समाप्त भएको राजतन्त्र फेरि फर्किने सम्भावना नरहेको दाबी गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकलाई सम्बोधन गर्दै शर्माले लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएको कारण राजतन्त्र फर्किने कल्पना नगर्न आग्रह गरेका हुन्।

आफूलाई राजतन्त्र फर्किने डर नभई आफ्ना कमिकमजोरी सच्याउनसक्छौँ कि सक्दैनौँ भन्ने डर रहेको बताए।

उनले भने -‘वंशनाशसँगै समाप्त भएको राजतन्त्र फेरि फर्कँदैन। बरु समाजमा बाँकी राजतन्त्रात्मक सोच शैली प्रवृत्ति व्यवहार भने अन्त गर्नै पर्दछ । आफैँभित्रको राजतन्त्र अन्त गर्न लाग्नु आजको मुख्य काम हो। राजतन्त्र फर्किन्छ कि भन्दै अनावश्यक आशङ्कित हुन जरुरी छैन, होहल्ला गर्न जरुरी छैन।’

आज देशमा केही पनि भएन र देशमा केही पनि हुँदैन भन्ने जो भाष्य निर्माण गर्न खोजिएको भन्दै उनले आपत्ति समेत जनाए ।

उनले भने -‘पूर्वाधारको दृष्टिकोण ले होस या मानव सूचकाङ्कका दृष्टिकोणले हाम्रा तथ्याङ्कहरूले स्पष्ट गर्दछन्, हिजो भन्दा गुणात्मक प्रगति भएकै छ । खानेपानी होस् चाहे विद्युत् क्षेत्र होस् सबैतिर सुधार भएको छ । त्यसलाई जनताका बिचमा स्थापित नगर्ने समस्या एकातिर छ भने अर्कोतिर नयाँ पुस्ताका सोच आवाज र आवश्यकतालाई बुझ्नमा समेत समस्या छ । ‘

प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले आज जङ्गीअड्डामा आयोजित एक कार्यक्रममा उपरथीमा विशेष पदोन्नति भएका सहायक रथी रामप्रसाद अधिकारीलाई उपरथीको दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

सोही कार्यक्रममा प्राविधिक सहायक रथीमा पदोन्नति भएका प्राविधिक महासेनानी मुकेश बाटाजुलाई सहायक रथीको दर्ज्यानी चिह्न प्रदान गरे । त्यस अवसरमा रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति थियो ।

नेपाल र कम्बोडियाबीच सिधा हवाई सेवा सञ्चालनबारे छलफल

काठमाडौं ।  सरकारले कम्बोडियासँग सिधा हवाई सेवा सञ्चालनबारे छलफल थालेको छ । कम्बोडियाका वरिष्ठ सरकारी अधिकारीहरुसँग मङ्गलबार न्होमपेनमा भएको भेटमा सरकारले सेवा सञ्चालनबारे छलफल गरेको हो ।

कम्बोडिया भ्रमणमा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले आफ्ना कम्बोडियाली समकक्षीसँग नेपाल र कम्बोडियाबीच सिधा हवाई सेवा सञ्चालनबारे छलफल भएको हो । उनले त्यहाँका संस्कृति तथा धार्मिक मामिलामन्त्री चाई बोरिनलाई पनि भेटेर त्यस सम्बन्धमा छलफल गरेका हुन् ।

नेपाल र कम्बोडियाबीच बृहत्तर बुद्ध परिपथसँगै धार्मिक एवं पर्यटकीय सञ्जाल निर्माणबारे छलफल भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । साथै मन्त्री पाण्डेले दुई मुलुकबीच पर्यटन प्रवर्द्धन र द्विपक्षीय हितका विविधि आयामबारे छलफल गरेका थिए ।

२५ करोड बरामद घटनाको छानबिन समिति बनाउन माओवादीको माग

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले २५ करोड रुपैयाँ अवैध रकम बरामद गरिएको घटनाको छानबिन गर्न विशेष समिति बनाउन माग गरेको छ। बुधबार प्रतिनिधिसभा बैठकमा माओवादीका सांसद माधव सापकोटाले घटनाको छानबिनका लागि समिति बनाउन माग गरेका हुन्।

‘यस घटनाबारे विशेष प्रकारको छानबिन समिति निर्माण गरियोस् । यस घटनाामा संलग्न रहेका उच्च तहका नेता, कर्मचारी जो हुन्, कानुनी दायरामा ल्याउन जोडदार माग गर्दछु,’ उनले भने ।

सांसद सापकोटाले उपल्लो तहसँगको ‘कनेक्सन’बिना यस्ता घटना हुन नसक्ने बताए। ‘यति ठूलो मात्राको तस्करीको घटना उपल्लो तहको कनेक्सन नभई सम्भव छैन। गम्भीरतापूर्व यी घटनाको छानबिन अनुसन्धान गर्न जोडदार माग गर्दछौँ,’ उनले भने।

उनले अपराधको जालो कसरी झाँगिएको छ भन्ने स्पष्ट भएको पनि बताए। ‘यो सरकार सुशासनप्रति इमान्दार छैन। सरकारकाप्रति आशंका छ भनेर चिन्ता व्यक्त गरिरहेका थियौँ र छौँ। यस घटनाले संगठित अपराधको जालो कुन स्तरमा झाँगिएको छ भन्ने कुराको एउटा चित्र बाहिर आएको छ,’ उनले भने।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार राति काठमाडौंको झोर क्षेत्रबाट २५ करोड रुपैयाँबराबरको विदेशी मुद्रासहित सिन्धुपाल्चोकका ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामालाई पक्राउ गरेको थियो ।

स्ववियुको नाममा क्याम्पसहरूमा राजनीतिक दलले ताण्डव देखाए : सुमना श्रेष्ठ

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले राजनीतिक दलहरूले स्वतन्त्र विद्यार्थी युनियनको नाममा क्याम्पसहरूमा ताण्डव देखाएको आरोप लगाएकी छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले आफ्नो गुटलाई बलियो बनाउन तथा पद हत्याउनका लागि विद्यार्थीको दुरुपयोग गरिएको बताएकी हुन्।

‘स्ववियुको नाममा क्याम्पसहरूमा दलहरूको ताण्डव भइरहेको छ। यो के भएकोरु आफ्नो गुट,उपगुटलाई बचाउन महामन्त्री सभापति बन्न विद्यार्थीहरूको दुरुपयोग भइरहेको छ,’ उनले भनिन्, ‘विद्यालयमा तालाबन्दी गरिएको छ। विद्यार्थीहरूले पढ्न नपाएको एक महिना भयो। म यसमा प्रधानमन्त्रीज्युको ध्यानाकर्षण गराउँछु। विद्यार्थीहरूको पढ्ने हक सुनिश्चित गरियोस्।’

उनले क्याम्पसहरूमा महिनादिनदेखि ताला लगाउँदा विद्यार्थीले पढ्न नपाएको भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराइन्।

साथै मधेस प्रदेशमा माध्यमिक शिक्षा परीक्षालाई व्यवस्थित बनाउने सवालमा शिक्षामन्त्रीले गृह र गृहमन्त्रीले शिक्षा मन्त्रीलाई देखाएर पन्छिन खोजेको आरोपसमेत लगाइन्।

बेनी–जोमसोम–कोरला खण्डमा ८५ प्रतिशत काम सम्पन्न

मुस्ताङ । उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तारित आयोजनाअन्तर्गत कालिगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला खण्डमा हालसम्म ८५ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्षमा थपिएका नौ वटा आयोजनाबाहेक उक्त खण्डको समग्र भौतिक प्रगति ८५ प्रतिशत पुगेको हो ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंका अनुसार सडक स्तरोन्नतितर्फ ८५ प्रतिशत र पुलपुलेसातर्फ ८४ प्रतिशत भौतिक प्रगति भइसकेको छ । उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको उक्त आयोजन आर्थिक वर्ष २०७३/७४ देखि निर्माण सुरु भएको उनले उल्लेख गरे । 

आयोजनाअन्तर्गत सञ्चालनमा रहेका सडक कालोपत्रतर्फ सानाठूला गरी सात र सडक ग्राभेलतर्फ ६ वटा सडक निर्माण सम्पन्न भएको आयोजनाका सूचना अधिकारी चापागाईंले जानकारी दिए । उनका अनुसार सडक कालोपत्रतर्फ म्याग्दीको बेनी कालीपुल, बेनी गलेश्वर, तातोपानीबाट कैकु, कैकुबाट कोवाङ, जोमसोम कागबेनी खण्ड गरी सात चरणमा सडक कालोपत्र तथा स्तरोन्नति सम्पन्न भइसकेको छ ।

ग्राभेलतर्फ जोमसोम–कोरलासम्म छ चरणमा काम सम्पन्न भएको बताउँदै चराङ–छोसेर २५ किलोमिटर ग्राभेलको काम अन्तिम चरणमा पुगेको सूचना अधिकारी चापागाईंले जानकारी दिए । उनका अनुसार कोरला राजमार्गतर्फ एक सय पाँच किमी सडकको ठेक्का सम्झौता भएकामा ७५ किमी कालोपत्र सम्पन्न भएको छ । 

यसैगरी जोमसोम–कोरला एक सय १० किमीमध्ये ९० किमीमा सडकमा ग्राभेल सम्पन्न भएको आयोजना कार्यालयले जनाएको छ । यस खण्डमा १९ पुलपुलेसामध्ये १४ वटा सम्पन्न भइसकेका छन् भने बाँकी निर्माणाधीन अवस्थामा रहेका आयोजना कार्यालयका सूचना अधिकारी चापागाईंले जानकारी दिए । 

निर्माण सम्पन्न भएका १४ पुलमध्ये नौ मुस्ताङ खण्डमा र पाँच वटा म्याग्दी खण्डमा बनेका आयोजना कार्यालयले जनाएको छ । मुस्ताङको थासाङ गाउँपालिका–३ लेतेको सेतु खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा रहेको बताउँदै उनले हालसम्म ८० प्रतिशत भौतिक प्रगति भइसकेको उल्लेख गरे ।

उत्तर–दक्षिण जोड्ने कोरला सडक आयोजनाका लागि चालु आवमा थप नौ वटा आयोजन थपिएका आयोजनाका सूचना अधिकारी चापागाईंले बताए । उनका अनुसार चालु आवमा थप भएका नयाँ आयोजनामध्ये चार वटा पुलपुलेसासम्बन्धी ठेक्का सम्झौता भई निर्माण अघि बढेको छ । 

यसअघि मुस्ताङको कैकु खोला पुल र लार्जुङ खोलामा पुल निर्माणको ठेक्का सम्झौता रद्द गरिएको थियो । निर्माण कम्पनीको ढिलासुस्तीका कारण आयोजनाले ठेक्का सहमति रद्द गरेको जनाएको छ ।
 

पूर्वराजा शाह गोरखनाथ र मनकामना जाने

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह गोरखा जाँदैछन्।

उनी गोरखनाथ, गोरखाकाली तथा मनकामना मन्दिरको दर्शन गर्न गोरखा जान लागेको सम्वाद सचिव डा.फणिराज पाठकले जनाएका छन्।

उनी यसै हप्ता जाने भनिएपनि गते भने खुलाइएको छैन।

यतिबेला राजावादीहरूको सक्रियता र विभिन्न कार्यक्रमहरूले पूर्वराजा शाहको भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ।

राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काकाका लागि नेपालका नवनियुक्त आवासीय राजदूत पूर्णबहादुर नेपालीले राष्ट्रपतिको कार्यालयमा आज आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन् ।

त्यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

उपत्यकाका ठूला क्याम्पसमा स्ववियु निर्वाचनको मतपरिमाण सार्वजनिक, कहाँ कसले जिते ?

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको परिमाण सार्वजनिक भएको छ ।

काठमाडौं उपत्यकाका नेपाल कमर्स क्याम्पस र महेन्द्ररत्न क्याम्पस ताहचलमा अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् ।

कमर्स क्याम्पसमा विशाल रोकाहा र महेन्द्ररत्नमा ईश्वर थापा अध्यक्षमा निर्वाचित भएका अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले जानकारी दिए ।

यस्तै, थापाथली इन्जिनियरिङ र महाराजगञ्ज नर्सिङ क्याम्पसमा नेपाल विद्यार्थी संघका उम्मेदवार विजयी भएका छन् । थापाथलीमा प्रल्हाद खड्का र महाराजगञ्जमा विन्दु पोखरेल अध्यक्षमा निर्वाचित भएका नेविसंघका प्रवक्ता सुरज सेजुवालले जानकारी दिए ।

यस्तै, अनेरास्ववियु (क्रान्तिकारी) ले जनप्रशासन क्याम्पस र सानोठिमी बहुमुखी क्याम्पस भक्तपुरमा विजय हालिस गरेको छ । क्रान्तिकारीका महासचिव रोशन मगरका अनुसार जनप्रशासनमा अनिकेत तिवारी र सानोठिमीमा नरेन्द्र ठगुन्ना अध्यक्ष निर्वाचित भएका हुन् ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ निर्वाचित भएका छन् । मङ्गलबार सम्पन्न निर्वाचनमा देशभरि ३८ आङ्गिक र दुई सय ५० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन भएको थियो ।

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी चैत्र १० गते आइतबार बस्ने भएको छ। बैठक पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवनमा दिउँसो १ बजे बस्ने गरी बोलाइएको हो।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति अनिवार्य गरिएको छ ।

मंगलबार बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको थियो ।

कार्यसम्पादनमा समसायिक राजनीतिक घटनाक्रम, सरकारको कामकारवाहीको समीक्षा र पार्टीको भावी रणनीतिलगायतका विषयमा छलफल हुने बताइएको छ ।

भरिया समातेर जनताको आँखामा छारो हाल्ने काम नगरौँ : खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले २५ करोड अवैध रकम बरामद प्रकरणमा भरियालाई मात्रै समातेर जनताको आँखामा छारो हाल्ने काम नगर्न आग्रह रगरेका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै यस्ता घटनामा ड्राइभरलाई पक्राउ गर्ने तर तस्करसम्म नपुग्ने प्रवृत्ति देखिएको स्मरण गरे। साथै उनले नाइके जुन तहको भए पनि कारबाही गर्न माग गरेका छन्।

उनले भने, ‘यस्ता घटनामा ड्राइभरहरूलाई मात्रै समात्ने तर मेन नाइकेहरूसम्म सरकार नपुगे आँखामा छारो हालेजस्तो हुन्छ। त्यसैले जुन तहको भएपछि नाइकेहरूसम्म पुगोस्। र कारबाहीको दायरामा ल्याओस्।’

उनले ठूलो अवैध रकम समात्न सफल नभएको सरकारलाई धन्यवाद दिदै, सरकार भ्रष्टाचारी र तस्करहरूलाई कारबाही गर्न तयार रहेको सन्देश दिन पनि माग गरे।

यौन व्यवसाय सम्बन्धी अभिव्यक्तिमा कांग्रेस प्रमुख सचेतक घिमिरेले मागे माफी

 काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम कुमार घिमिरेले यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिप्रति संसदमा माफी मागेका छन् ।

यौन व्यवसाय खुला गर्नुपर्ने भनेर दिएको अभिव्यक्तिप्रति उनले आजको संसद् बैठकमा माफी मागेका हु्न।

यही चैत ३ गते संसदको विशेष समयमा बोल्दै उनले यौन व्यवसाय खुला गर्नुपर्ने बताएका थिए । त्यसको संसद भित्र र बाहिर आलोचना भएको थियो ।

उनले भने, ‘मैले व्यक्त गरेको धारणा एउटा संसदको हैसियतले विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणाहरु हुन् । यो धारणा नेपाली कांग्रेस पार्टी र संसदीय दलको आधिकारिक धारणा पनि होइन । यी विचारहरुले सम्मानित संसदका सदस्यहरु एवम् अन्य जनसमुदायमा समेत केही नकारात्मक प्रभाव परेको भए म उहाँहरुको सम्मान गर्दै उहाँहरुसँग क्षमायाचना गर्दछु ।’

जाजरकोटमा बाख्रा चराउन गएका खडक डाँगीको भीरबाट लडेर मृत्यु

सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिका–३ पछ्याउरीका ५९ वर्षीय खडक डाँगीको बाख्रा चराउने क्रममा लडेर मृत्यु भएको छ । घर नजिकैको जङ्गलमा बाख्रा चराउने क्रममा मङ्गलबार उनी लडेर घाइते भएका थिए ।

घाइते डाँगीलाई उपचारका लागि आधारभूत अस्पताल लिम्सा ल्याउँदै गर्दा आज बिहान बाटोमै मृत्यु भएको बारेकोट गाउँपालिका–३ का वडाध्यक्ष रामबहादुर सिंहले जानकारी दिए ।

नौ महिनापछि पृथ्वीमा फर्किए नासाका दुई अन्तरिक्षयात्री

बीबीसी । अन्तरिक्षमा जम्मा आठ दिन बिताउने उद्देश्य राखेर त्यहाँ गएका नासाका दुई अन्तरिक्षयात्री नौ महिनापछि पृथ्वीमा फर्किएका छन् । अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट स्पेश एक्स क्याप्सुलमार्फत बुच विल्मोर र सुनीता विलियम्स अनि दुई जना अन्तरिक्ष यात्रीहरू फ्लोरिडाको तटीय क्षेत्र नजिकै १७ घण्टाको यात्रापछि अवतरण गरेका थिए ।

उक्त क्याप्सुलबाट बाहिरिने क्रममा उनीहरू मुस्कुराइरहेको र हात हल्लाइरहेको भिडियो सार्वजनिक भएको छ । नासाका अधिकारीहरूले सबैको अवस्था राम्रो रहेको बताएका छन् । बुच र सुनी गएको जुनमा अन्तरिक्षमा पुगेका थिए तर उनीहरूको अन्तरिक्षयानमा प्राविधिक समस्या देखिएपछि उनीहरू त्यही फसेका थिए ।

मतदान, क्रिस्मस डिनरको आनन्द र शून्य गुरुत्वाकर्षणमा शारीरिक अभ्यासजस्ता कुराहरूले बुच विल्मोर र सुनीता विलिअम्सलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा लामो समयको बसाइँमा व्यस्त राख्यो । अन्ततः झन्डै नौ महिनापछि यी दुई अन्तरिक्षयात्री स्पेसएक्स ड्रागन क्याप्सुलमा पृथ्वी फर्किए । त्यसो भए हामीभन्दा ४०० किलोमिटर माथि परिक्रमा गर्ने नासाका अन्तरिक्षयात्रीहरूको जीवन कस्तो रह्यो र उनीहरूले त्यहाँ कसरी समय बिताए ? अवश्य पनि उनीहरूलाई त्यहाँ व्यस्त राख्ने धेरै गम्भीर कुराहरू थिए ।

५९ वर्षीया सुनी र ६२ वर्षीय बुचले स्टेशनमा कार्यरत मिशनहरूलाई मर्मतसम्भार र अन्य अभ्यासमा मद्दत गर्दै ’स्पेशवाक’हरू समेत गरे । जनवरी मध्यतिर सुनी आईएसएसमा रहेका सहकर्मी निक हेगसँग यानको मर्मत गर्न बाहिर निस्किइन्। । त्यसै महिनाको अन्त्यतिर उनी र बुच सँगै बाहिर निस्किए ।

उनीहरूले गरेका मुख्य काममा स्टेशनको गतिविधि नियन्त्रण गर्ने उपकरणहरू मर्मत गर्ने, एनआईसीइआर एक्स–रे टेलिस्कोपमा प्रकाशसम्बन्धी फिल्टरहरू थप्ने र अन्तर्राष्ट्रिय डकिङ एडाप्टरमा रिफ्लेक्टर उपकरण प्रतिस्थापन गर्नेलगायत थिए ।

बुच र सुनीले उक्त अवस्थालाई लामो समयको अन्तरालमा आफू अनुकूल बनाउँदै गए । सेप्टेम्बरमा आयोजित पत्रकार सम्मेलनमा उनीहरूले आफूहरू ‘अनपेक्षित (घटना)को अपेक्षा’ गर्न प्रशिक्षित भएको जनाएका थिए। उनीहरूलाई अवश्य पनि पृथ्वीबारे सोच्ने अवसर दियो। उनीहरूले कैयौँ सूर्योदय र सूर्यास्त देख्न पाए।

स्पेश स्टेशनले प्रत्येक २४ घण्टामा १६ पटक पृथ्वीको फन्को लगाउने क्रममा १६ सूर्योदय र सूर्यास्त देख्छ । उक्त स्टेशनमा हुनेहरूले प्रत्येक ४५ मिनेटमा सूर्योदय वा सूर्यास्त देख्छ । पृथ्वीको यस्तो अनौठो दृश्यको साथ बाँच्न पाउनुले यसलाई मनन गर्न प्रशस्त अवसर दिने सुनीले अनुभूत गरेकी छन्।

‘यसले तपाईँलाई भिन्न तरिकाले सोच्न सक्ने अवसर दिन्छ। यो हामीसँग भएको एक मात्र ग्रह हो र हामीले यसको रेखदेख राख्नुपर्छ,’ उनले भनिन् । बुच र सुनीसँगै आईएसएसमा रहेका डन पेटिट र ननिक हग पनि अमेरिकी नागरिक हुन्। उनीहरू चारै जनाले गत वर्षको अमेरिकी निर्वाचनमा मतदानको अवसर पाए ।

मतदानमा सहजीकरण गर्नका लागि ह्युस्टनस्थित मिशन कन्ट्रोल सेन्टरले इन्क्रिप्टेड इमेलमार्फत् आईएसएसमा मतपत्र पठाएको थियो । ती अन्तरीक्षयात्रीहरूले मतपत्रमा मत जाहेर गरेपछि भूउपग्रहको माध्यमबाट न्यू मेक्सिकोको ग्राउन्ड टर्मिनलमा जोडियो ।

त्यहाँबाट ल्यान्डलाइनहरूले मतपत्रलाई मिशन कन्ट्रोलमा पठाए र त्यहाँबाट विद्युतीय रूपले त्यो उनीहरूको निर्वाचन क्षेत्र पठाएर मत दायर गराइयो । बुचका लागि दिनको सुरुवात बिहान ४ः३० मा हुन्थ्यो भने सुनी केही ढिलो गरी ६ः३० मा उठ्ने गरिन् । दुवैले अन्तरिक्षमा बस्दा हड्डीको घनत्वमा हुने कमीसँग लड्न दैनिक दुई घण्टा वा सोभन्दा बढी व्यायाम गरेर आनन्द लिएको बताउँछन् ।