`

कोइराला निवासमा बालकृष्ण खाँणले भने: यो गुटको केन्द्र होइन, पवित्र भूमि हो

Nepal One HD ३२ असार २०८२ ११:५८
माओवादी केन्द्र

विराटनगर । कोसी प्रदेशको भ्रमणमा रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण आज बुधबार बिहानै विराटनगरस्थित कोइराला निवास पुगेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँण बुधबार बिहान कोइराला निवास आएका हुन् ।

मंगलबार विराटनगर आएका नेता खाँणले बुधबार बिहान कोइराला निवास पुगेर पत्रकारहरूसँग कुराकानी गर्दै उक्त विचार व्यक्त गरेका हुन् । कोइराला निवासको भ्रमणलाई राजनीतिक गुटसँग जोडेर नहेर्न आग्रह गर्दै उनले भने, “कोइराला निवास हाम्रो लागि एउटा हिसाबले पवित्र भूमि हो, कुनै धार्मिक स्थल गएको जस्तै हो । यो कुनै गुटको हिसाबले हेर्ने ठाउँ होइन ।”

उनले बीपी कोइराला, मातृकाप्रसाद कोइराला, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालगायत नेताहरूको भावनात्मक सम्बन्ध आम नागरिकसँग रहेको र उनीहरू प्रातःस्मरणीय महामानव भएको बताए ।

पार्टी सभापति शेरबहादुर देउवालाई सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिँदै उनले सभापति सफल भए मात्र पार्टी सफल हुने धारणा राखे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *