`

काभ्रेका स्थानीय तहले पाँच महिनासम्म पनि पठाएनन् बाढीपहिरो प्रभावितको तथ्याङ्क

काभ्रे । पाँच महिनासम्म स्थानीय तहले प्रभावितको तथ्याङ्क नपठाउँदा काभ्रेपलाञ्चोकका बाढिपहिरोपीडितले अझै सरकारी राहत–अनुदान पाउन सकेका छैनन् । जिल्लास्थित विपद् व्यवस्थापन समितिले बैठकमार्फत स्थानीय तहलाई पटक–पटक ‘गाँस–बास–कपास गुमाएका’लाई राहत दिन स्थानीय प्रभावितको तथ्याङ्क पठाउन ताकेता गरिरहेको छ ।

समितिले पछिल्लोपटक गत बिहीबार प्रभावितको तथ्याङ्क पठाउन ताकेता गरेको हो । राहत–अनुदानका लागि स्थानीय तहले लाभग्राहीको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको विपद् पोर्टलमा तथ्याङ्क अनिवार्य प्रविष्ट गरेपछि मात्रै राहत अनुदान आउनेछ । जिल्लाका १३ स्थानीय तहमध्ये पाँच वटाले मात्रै अस्थायी आवास निर्माणका लागि लाभग्राहीको एकीन विवरण टुङ्गो लगाएको समितिले जनाएको छ । समितिको गत बिहीबारको बैठकले तत्काल विवरण प्रविष्ट गर्न ताकेता गर्ने निर्णयसमेत गरेको थियो ।

जिल्लाका धुलिखेल र नमोबुद्ध नगरपालिका तथा रोशी, चौरैदेउराली र महाभारत गाउँपालिकाले लाभग्राहीको विवरण प्राधिकरणको विपद् पोर्टलमा प्रविष्ट गरेका छन् । अति प्रभावित मानिएका बेथानचोक गाउँपालिका तथा पनौती नगरपालिकाले भने पूर्ण विवरण भरेका छैनन् ।

“विवरण छानबिन गर्दैछौँ, केही हप्तामा सक्नेछौँ”, पनौतीका प्रमुख रामशरण भण्डारीले भने । पोर्टलमा प्रविष्ट विवरण अनुसार धुलिखेल नगरमा ८६, नमोबुद्धमा आठ सय २४, रोशीमा पाँच सय ४८, चौरीदेउरालीमा दुई सय ७८ र महाभारत गाउँपालिकामा १७ परिवारको तथ्याङ्क छ । समितिले ती तहको अस्थायी आवास निर्माणका लागि रकम निकासा गर्न प्राधिकरणलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

प्राधिकरणबाट निकासा भएलगत्तै स्थानीय विपद् व्यवस्थापन समितिमा रकम निकासा भएपछि लाभग्राहीलाई वितरण गरिने जनाइएको छ । स्थानीय तहले अस्थायी आवास निर्माणका लागि लाभग्राहीको विवरण पोर्टलमा प्रविष्ट गरी स्थानीय विपद् व्यवस्थापन समितिको निर्णयसहित जिल्ला विपद् व्यवस्थापन समितिमा पठाउनुपर्ने प्रावधान रहेको छ, भने जिल्ला विपद् व्यवस्थापन समितिबाट अनुमोदन भएर प्राधिकरणमा पुगेपछि मात्रै रकम निकासा हुनेछ । जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले स्थानीय तहलाई पटक–पटक लाभग्राहीको विवरण प्रविष्ट गर्न पत्राचार गरिएको बताए ।

“स्थानीय तहले ढिलाइ गर्दा बाढीपहिरो पीडितले अस्थायी आवास निर्माणको रकम पाउन ढिलाइ भइरहेको हो”, ढकालले भने । समितिको बैठकले सबै विषयगत क्लस्टरलाई पीडितको अपडेट र पूर्व तयारीका कार्य यही फागुन २० गतेभित्र टुङ्ग्याउन निर्देशन दिने निर्णयसमेत गरेको छ ।

समितिद्वारा अस्थायी आवास निर्माणका लागि ५० हजार उपलब्ध गराउने मापदण्ड अनुसारको विवरणसमेत स्थानीय तहसँग माग गरिएको हो । केन्द्रीय सरकारका तर्फबाट भने ज्यान गुमाएका परिवारलाई गत असोज अन्तिम सातानै प्राप्त रु दुई लाखका दरले रकम उपलब्ध गराइसकिएको कार्यालले जनाएको छ । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाको बाढीपहिरोले काभ्रेपलाञ्चोकमा ७९ को मृत्यु भएको थियो,भने छ जना अझै वेपत्ताको अवस्थामा रहेका छन् ।

जिल्ला प्रशासन कार्यालयको प्रारम्भिक विवरणअनुसार भने जिल्लामा दुई हजार ८ सय ४४ घर पूर्ण र ६ हजार ४६ घरमा आंशिक क्षति पुगेको छ । त्यस्तै, ३ हजारदेखि ३५ सय घर पुनःनिर्माण गर्नुपर्ने देखिएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ । तीन दर्जन सरकारी भवन, तथा साही सङ्ख्यामा सार्वजनिक भवन पूर्णरुपमा क्षति भएको जनाइएको छ । यसअघि प्राधिकरणले पछिल्लो पटक माघ १३ गते विपद् प्रभावित स्थानीय तहलाई पत्राचार गरी अस्थायी आवास निर्माणका लागि तत्कालै लाभग्राहीको विवरण उपलब्ध गराउन भनेको थियो ।

प्राधिकरणका शाखा अधिकृत बद्रीप्रसाद अर्यालका अनुसार निजी आवास पूर्णरुपमा क्षतिग्रस्त भई वा आंशिक रुपमा क्षतिग्रस्त भए तापनि बसोबास गर्न नमिल्ने लाभग्राहीको अस्थायी आवास निर्माण गर्नका लागि प्राधिकरणबाट भएका ताकेता अझै कार्यान्वयन हुनसकेको छैन ।

‘क्षतिग्रस्त निजी आवासका लाभग्राहीको अस्थायी अवास निर्माणको गति अत्यन्तै सुस्त भएको, जाडोको मौसम चलिरहेको र निकट भविष्यमा हावाहुरी र गर्मीयाम सुरु हुने हुँदा निजी अस्थायी आवासका लाभग्राहीले थप कठिनाइ भोग्नुपर्ने अवस्था आउन नदिन शीघ्र विपद्बाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान मापदण्ड, २०८१ को दफा ३ बमोजिम लाभग्राही कायम गर्ने व्यवस्था मिलाउन’ अनुरोधसहित पत्रमा उल्लेख गरिएको छ ।

अमेरिका र युक्रेनबीच खनिज सम्झौतामा हस्ताक्षर हुने

बीबीसी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू अमेरिकासँग खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार रहेको बताएका छन् । ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको विवादपछि युरोप पुगेका राष्ट्रपति जेलेन्स्कीले अमेरिकासँग खनिज सम्झौताका लागि तयार रहेको बताएका हुन् ।

जेलेन्स्कीले बेलायती प्रधानमन्त्री किएर स्टार्मरसँग पनि कुराकानी गरेका थिए भने बेलायती राजा चाल्र्स तृतीयसँग पनि भेट गरेका थिए । भेटपछि जेलेन्स्कीले आफू अमेरिकासँग खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार रहेको बताएका हुन् । यसलाई उनले युक्रेनको सुरक्षाको ग्यारेन्टीको दिशाको पहिलो कदमका रूपमा अथ्र्याएका छन् ।

उनले सामाजिक संजालमा लेखेका छन्, ‘हामी खनिज सम्झौतामा हस्ताक्षर गर्न तयार छौँ । यो सुरक्षाको ग्यारेन्टीको दिशामा पहिलो कदम हुनेछ ।’

लन्डनमा युरोपेली नेताहरूको शिखर सम्मेलनमा युक्रेनको पक्षमा समर्थनपछि जेलेन्स्कीको यो प्रतिक्रिया आएको हो । यो शिखर सम्मेलन युक्रेनको भविष्य तथा युरोपसँग उसको सम्बन्धमा केन्द्रित थियो । युरोपले युक्रेनलाई समर्थन गरेकोमा उनले धन्यवाद पनि दिएका छन् ।

कांग्रेसका क्षेत्रीय सभापतिहरुलाई भैरहवामा दुई दिन प्रशिक्षण दिइने

भैरहवा । नेपाली कांग्रेसले देशभरि रहेका पार्टीका क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरुलाई भैरहवामा दुईदिने प्रशिक्षण तथा अभिमुखीकरण प्रदान गर्ने भएको छ । सोमबार र मङ्गलबार दुई दिन चल्ने  कार्यक्रमको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय भएको छ । 


नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने उक्त कार्यक्रममा देशैभरिका प्रतिनिधिसभाअन्तर्गतका १३०  क्षेत्रीय सभापति, सोही सङ्ख्यामा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुख तथा एउटा मात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाबाट प्रदेशसभाअन्तर्गतका क्षेत्रीय सभापति ७० जनाको सहभागिता रहने नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक एवं पार्टी उपसभापति पूर्णबहादुर खडकाले जानकारी दिए । 


कार्यक्रमबारे जानकारी दिन आइबार भैरहवामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा संयोजक खड्काले कार्यक्रममा पार्टीसँग जोडिएका विषय, पार्टीका महत्वपूर्ण काम, २०४६ सालपछि नेपाली कांग्रेस सरकारमा हुँदा गरेका नीतिगत सुधारका काम, मुलुकको संविधान, सङ्घीयताको कार्यान्वयन, नेपाली कांग्रेसको क्रियाशील सदस्यताको अभियान, पार्टी सङ्गठनसँग जोडिएका विषय र पार्टीको केन्द्र, प्रदेश, जिल्ला हुँदै निर्वाचन क्षेत्रसँग जोडिएका अन्तरसम्बन्धका विषयबारे प्रस्तुति रहने बताए ।

यस्तै, समसामायिक विषयवस्तुसँग जोडिएका गरी विभिन्न ६ विषयमा प्रस्तुतीकरण गरी छलफल गरिनेछ । दोस्रो दिन सातवटा समूह विभाजन गरी सहभागीले आफ्नो क्षेत्रको अनुभव, नेपाली कांग्रेस पार्टी सञ्चालनमा रहेका समस्यालगायतका बारे गहन छलफल गरी सुझाव प्राप्त गरिनेछ ।


अर्को सत्रमा सरकारसँग जोडिएका विषयमा छलफल गरी सुझाव सङ्कलन गरिने कार्यक्रम रहेको संयोजक खड्काले जानकारी दिए । यसबारे सरकारमा सहभागी दुई मन्त्रीले जानकारी दिने कार्यक्रम तय भएको उनको भनाइ छ । 


केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा हुने उक्त कार्यक्रमलाई नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नं ३ को क्षेत्रीय समितिले व्यवस्थापन गरिरहेको छ ।

मोहम्मद हत्याका अभियुक्त गोली हानेर पक्राउ

काठमाडौं । काठमाडौंको गोठाटारमा लाल मोहम्मदमाथि गोली चलाउने गुड्डु पासवानलाई आइतबार प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ ।

२०७९ असोजको पहिलो साता मोहम्मदको गोली हानी हत्या गरिएको थियो । त्यसबेला उनीमाथि गोली हानेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा २१ वर्षीय महोरम मियाँ, १९ वर्षीय रेहान मियाँ र २१ वर्षीया सुमी स्याङताङ रहेका थिए । प्रहरीले मोहम्मदलाई गोली हान्ने व्यक्ति गुड्डु पटेल भएको भन्दै खोजी जारी राखेको थियो । आइतबार उनलाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको प्रहरीले हो ।

काठमाडौंको टोखाबाट झोर जाने बाटोमा गोली चलाएर उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले गोली चलाएर उनलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

पटेलको खुट्टामा दुई राउन्ड गोली लागेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेशकुमार बस्नेतले जानकारी दिएका छन् । उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

खुमबहादुर खड्का स्मृति भलिबलमा दश टिम सहभागी हुने

घोराही । दाङको घोराहीमा हुन लागेको चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिता–२०८१ मा दश वटा टिम सहभागी हुने भएका छन् ।

जिल्लामा खेलकुद क्षेत्रको विकास र नयाँ प्रतिभावान खेलाडी उत्पादन गर्ने उद्देश्यले नेपाली कांग्रेस दाङले आयोजना गर्न लागेको चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा प्रदेशका दश वटा टिमको सहभागीता हुने भएको हो ।

यही फागुनको २० गते मंगलबारदेखि सुरु हुन थालेको प्रतियोगितामा दाङको शान्तिनगर गाउँपालिका, दंगीशरण गाउँपालिकासँगै जिल्ला भलिवल संघ गुल्मी, मनिमुकुन्द भलिवल क्लव रुपन्देही, होराइजन स्पोर्टस क्लव बुटवल, प्वाङ सेवा समाज दाङ, ओली वंश समन्वय समिति दाङ, गोरखा स्कुल लमही, दाङ सोसाइटी क्लव घोराही र रोयल मुर्कुटी युवा क्लव बंगलाचुलीको टिम सहभागी हुने भएको नेपाली कांग्रेस दाङका सहसचिव तथा खुमबहादुर खड्का स्मृति समाज विकास समितिका संयोजक राजु आचार्यले जानकारी दिएका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद दुई लाख ५१ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । त्यसैगरी दोश्रो हुने टिमले नगद एक लाख २५ हजार र तेश्रो हुने टिमले नगद ५० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने नेपाली कांग्रेस दाङले जनाएको छ । प्रतियोगितामा सहभागी टिमले नौ जना प्रदेशभित्रका खेलाडी र बाँकी तीन जना प्रदेश बाहिरका राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा ख्याती प्राप्त खेलाडीलाई सहभागी गराउने नियम अनुसार टिममा सहभागी गराएको समेत संयोजक आचार्यले बताए ।

नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको सम्झनामा घोराहीस्थित जिल्ला समन्वय समितिअन्तर्गत सहिद मञ्चमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको नेपाली कांग्रेस दाङका कोषाध्यक्ष प्रकाश सुवेदीले जानकारी दिएका छन् । कोषाध्यक्ष सुवेदीका अनुसार प्रतियोगिताका लागि खेल मैदान निर्माण, अतिथिलाई निमन्त्रण, प्रचारप्रसारलगायतका काम भइरहेको छ ।

प्रतियोगिताको फागुन १९ गते सोमबार टाइसेट सार्वजनिक गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस दाङका जिल्ला सदस्य एवं खुमबहादुर खड्का स्मृति समाज विकास समितिका सदस्य खेमराज विश्वकर्माले जानकारी दिए ।

जिल्लाका दस वटा स्थानीय तहलाई सहभागी गराएर प्रत्येक वर्ष सञ्चालन हुँदै आएको प्रतियोगिताको राशी बढाएर यस बर्षदेखि लुम्बिनी प्रदेशस्तरीय खुला प्रतियोगिताका रुपमा सञ्चालन गर्न थालेको नेपाली कांग्रेस दाङले जनाएको छ । प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई विद्यागत रूपमा पुरस्कृत गरिने खुमबहादुर खड्का स्मृति समाज विकास समितिका संयोजक आचार्यले जानकारी दिएका छन् ।

केबलकारका विषयमा उत्पन्न विवाद समाधानका लागि सबै पक्षसँग छलफल गर्नुपर्ने एमालेको निष्कर्ष

काठमाडौँ । नेकपा एमालेले पाथीभरामा केबलकार निर्माणका लागि सरोकारवाला सबै पक्षसँग छलफल गर्ने भएको छ । आइतबार बसेको सचिवालय बैठकले केबलकारका विषयमा उत्पन्न विवाद समाधानका लागि सबै पक्षसँग छलफल गर्न सुझाव दिएको हो ।

महासचिव शंकर पोखरेलले स्थानीय जनप्रतिनिधि, प्रशासन र सरोकारवालासँग छलफल गरेर केबलकार निर्माण प्रक्रिया अघि बढाउन सहज वातावरण तयार गर्ने कुरामा पार्टीले चासो राखेको जानकारी दिए ।

उनले भने, ‘पाथीभरामा केबलकार निर्माणका लागि सहज वातारण बनाउन पार्टीले सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।’

पाथीभरामा केबलकार निर्माण रोक्न माग गर्दै नो केबलकार समूहले आन्दोलन गर्दै आएको छ । सो समूहले केबलकार निर्माण कुनै हालतमा रोक्नुपर्ने माग गर्दै आएको छ । केबलकार निर्माण सुरु गरेपछि सो समूहल अवरोध गर्न थालेपछि सुरक्षाकर्मीसँग पटक पटक झडपसमेत भएको छ ।

राष्ट्रियसभाबाट नेपाल कानुन व्यवसायी परिषद् विधेयक सर्वसम्मतिले पारित

काठमाडौँ । ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ ।

यसअघि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित सोही विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै उनले सांसदहरूले उठाएका विषयलाई विधेयकमा समावेश गरिने बताए ।

विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद पदमबहादुर परियारले विधेयकमा राखिएको ‘जसले मापदण्ड अनुसारका शैक्षिक कार्यक्रमहरूमा अध्ययन नगरेको खण्डमा परिषद् आफैँले निश्चित पाठ्यक्रम निर्माण गरेर पठनपाठन गर्न सक्ने’ प्रावधानले विश्वविद्यालयले गर्नुपर्ने कामलाई परिषद्तिर ल्याएको जस्तो देखिने भन्दै पुनःविचार गर्नुपर्ने बताए ।

कानुन व्यवसायीहरूले आफ्नो सेवा दिँदा न्यूनतम कति शुल्क लिनुपर्ने हो भन्नेबारेमा पनि प्रस्ट हुनुपर्ने उनको भनाइ थियो । सांसद गङ्गाकुमारी वेल्वासेले कानुन व्यवसायी र पीडितमाथि दुव्र्यवहार भएको खण्डमा दण्ड जरिवानाको व्यवस्था राख्नुपर्ने तर्क गरिन् ।

यसअघि प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘बैडिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट सर्वसम्मतिले स्वीकृत भएको छ । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गरेका थिए ।

सभाध्यक्ष दाहालले सो विधेयकमाथि संशोधन प्रस्ताव राख्न चाहने सांसदले राष्ट्रियसभा नियमावली ७५ को नियम १०६ बमोजिम राष्ट्रियसभाअन्तर्गतको विधेयक शाखामा संशोधन प्रस्ताव दर्ता गर्न सक्ने व्यहोरा जानकारी गराए ।

युरोपेली नेताहरू लन्डन शिखर सम्मेलनमा युक्रेनलाई समर्थन बढाउन तत्पर

किएभ र वासिङ्टनबीचको आश्चर्यजनक झडपपछि युक्रेनका लागि सुरक्षा सहयोग र समर्थन बढाउन खोज्दै सङ्कट वार्ताका लागि आइतबार लन्डनमा एक दर्जनभन्दा बढी युरोपेली नेताहरू भेला हुँदैछन् ।

युक्रेनका सहयोगीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूससँगको वार्तामा किएभलाई कमजोर पार्न लागेको बढ्दो चिन्ताको सामना गर्न आफ्नो दृढ प्रतिबद्धतालाई जोड दिइरहेका छन् ।

ह्वाइट हाउसबाट निकालिएको भोलिपल्ट युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीलाई शनिबार डाउनिङ स्ट्रिटमा न्यानो स्वागत गरिएको थियो ।

उनले क्यामेराको सामुन्ने बेलायती प्रधानमन्त्रीलाई दुई पटक अँगालो हाले र रूसको आक्रमणबाट तीन वर्षभन्दा बढी समयदेखि बचाउ गर्दै आएको रक्षा क्षमता बढाउन ऋण सुरक्षित गरे ।

“म युद्धको शुरुआतदेखि नै अत्यधिक समर्थनका लागि बेलायतका जनता र सरकारलाई धन्यवाद दिन्छु”, जेलेन्स्कीले भने, “हामी यस्ता रणनीतिक साझेदारहरू पाएर र सबैका लागि सुरक्षित भविष्य कस्तो हुनुपर्छ भन्नेबारे एउटै दृष्टिकोण साझा गर्न पाउँदा खुसी छौँ ।”

सुरक्षा शिखर सम्मेलनमा युरोपेली सहयोगीहरूको समूहमा सामेल हुनुअघि उनले आइतबार राजा चाल्र्स तृतीयलाई भेट गर्नुहुने कार्यक्रम छ ।

यस बैठकले फ्रान्स, जर्मनी, डेनमार्क र इटालीका साथै टर्की, नाटो र युरोपेली सङ्घ (इयु) लगायत महादेशीय युरोपका नेताहरूलाई एकसाथ ल्याउँदैछ ।

बेलायती प्रधानमन्त्री किर स्टार्मरले भने, “अब युक्रेनका लागि सर्वोत्तम परिणाम सुनिश्चित गर्न, युरोपेली सुरक्षाको रक्षा गर्न र हाम्रो सामूहिक भविष्य सुरक्षित गर्न हामी एकजुट हुने समय हो ।”

डाउनिङ स्ट्रिटले आइतबारको शिखर सम्मेलनले फेरि ‘स्थायी शान्ति प्रदान गर्ने बलियो स्थायी सम्झौताको’ आवश्यकतालाई जोड दिने र ‘बलियो सुरक्षा ग्यारेन्टीका लागि योजना बनाउने अर्को कदमहरू’ बारे छलफल गर्ने बताएको छ ।

संयुक्त राज्य अमेरिकाले नाटोलाई निरन्तर समर्थन गर्नेछ कि छैन भन्ने बारे चिन्ता बढ्दै गर्दा बेलायतमा हुने यो भेलाले युरोपेली रक्षा सहकार्य बढाउने आवश्यकतालाई पनि सम्बोधन गर्नेछ ।

अत्यन्त स्वागत योग्य

शनिबार जेलेन्स्कीको काफिला लन्डनमा पुग्दा समर्थकहरूको भीडले जयजयकार गरेको थियो । स्टारमरले ७५ मिनेटको बन्द ढोका वार्ताअघि जेलेन्स्कीलाई भने, “तपाईंलाई यहाँ डाउनिङ स्ट्रिटमा धेरै धेरै स्वागत छ ।”

जेलेन्स्कीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “दुवै जनाले युक्रेनको स्थिति र ‘स्थायी र न्यायपूर्ण शान्तिका साथ.. जसले रूसलाई युद्धविरामको उपयोग गरेर पुनः हतियार सङ्ग्रह गर्न र फेरि आक्रमण गर्न अनुमति दिनेछैन’ द्वारा अन्त्य गर्ने तरिकाबारे छलफल गर्नुभयो ।”

उनीहरूले युक्रेनको रक्षा क्षमतालाई समर्थन गर्न दुई अर्ब २६ करोड पाउन्ड (दुई अर्ब ८४ करोड डलर) ऋण सम्झौताको पनि अनावरण गरे । यसलाई सार्वभौम रूसी सम्पत्तिको नाफाबाट फिर्ता तिर्नुपर्नेछ ।

“यो रकम युक्रेनमा हतियार उत्पादन गर्न निर्देशित गरिनेछ”, जेलेन्स्कीले भने, “यो साँचो न्याय हो–जसले युद्ध सुरु गर्‍यो उसले यसको मूल्य चुकाउनु पर्छ ।”

लन्डनमा रहँदा उनले ‘यस्ता रणनीतिक साझेदारहरू पाउन र सबैका लागि सुरक्षित भविष्य कस्तो हुनुपर्छ भन्ने समान दृष्टिकोण साझा गर्न पाउँदा’ खुसी भएको बताए। केही घण्टाअघि मात्र जेलेन्स्कीलाई ह्वाइट हाउसमा चिच्याएर बोल्न रोकिएको थियो ।

ओभल अफिसमा क्यामेराहरू घुमिरहँदा ट्रम्प र अमेरिकी उपराष्ट्रपति जेडी भान्सले रिसाएर जेलेन्स्कीलाई ‘कृतज्ञ’ नभएको र उनीहरूले प्रस्ताव गरेको युद्धविरामका शर्तहरू अस्वीकार गरेको आरोप लगाए ।

ट्रम्पले उनलाई कृतज्ञता नदेखाएको र तेस्रो विश्वयुद्धको सम्भावनामा जुवा खेलेको आरोप पनि लगाए ।

यसैबीच दलहरूले युद्ध अन्त्य गर्न वार्ता गरिरहेकाले जेलेन्स्कीले पुटिनसँग ‘कुनै सम्झौता’ हुन नहुने कुरामा जोड दिए।

रणनीतिक साझेदारहरू

ट्रम्पले युक्रेनका लागि वासिङ्टनको वर्षौंदेखिको समर्थनमा अचानक परिवर्तन गरेर किएभ र युरोपेली सहयोगीहरूलाई चिन्तित बनाए ।

हालै पदभार सम्हाल्नुभएका रिपब्लिकन राष्ट्रपति ट्रम्पले आफूलाई पुटिन र जेलेन्स्की बीचको मध्यस्थकर्ताका रूपमा प्रस्तुत गरेका छन् र पुटिनसँग सम्बन्ध सुधार गर्ने क्रममा किएभ र युरोपलाई किनारा लगाएका थिए।

ओभल अफिसमा ट्रम्पले आफूले सार्वजनिक रूपमा रिपोर्ट गरिएको भन्दा बढी पुटिनसँग ‘धेरै अवसरमा कुराकानी गरेको’ बताए । गत हप्ता वासिङ्टनमा स्टार्मरसँगको भेटपछि ट्रम्पले युक्रेनमा द्वन्द्व अन्त्य गर्ने सम्झौतामा ‘धेरै प्रगति’ भएको र वार्ता महत्त्वपूर्ण चरणमा रहेको बताए ।

ह्वाइट हाउसको झगडापछि माफी माग्न अस्वीकार गरे पनि जेलेन्स्कीले ‘कठिन संवादका बावजुद’ युक्रेन र संयुक्त राज्य अमेरिका ‘रणनीतिक साझेदार रहनेछन्’ भनी जोड दिँदै उनी अझै पनि ट्रम्पले चाहेको युक्रेनको खनिज सम्पदामा सम्झौता गर्न तयार रहेको सङ्केत गरेका छ ।

“तर हामीले हाम्रा साझा लक्ष्यहरू साँच्चै बुझ्नका लागि एकअर्कासँग इमानदार र प्रत्यक्ष हुन आवश्यक छ”, युक्रेनी नेताले एक्समा लेखे ।

यसैबीच रुसका पूर्वराष्ट्रपति दिमित्री मेदभेदेभले ‘ओभल अफिसमा उचित थप्पड’ पाएका जेलेन्स्कीलाई ‘अभद्र सुँगुर’ भनेका छन् ।

मस्कोले जेलेन्स्कीको वासिङ्टन यात्रालाई ‘पूर्ण असफलता’ को रूपमा ब्रान्ड गरेको छ भने जर्मनीका विदेशमन्त्री एनालेना बेरबकले ट्रम्पलाई द्वन्द्वमा ‘.. पीडित र आक्रमणकारीको भूमिका परिवर्तन’ गरेको आरोप लगाए । “हिजोको साँझले बदनामीको नयाँ युग सुरु भएको छ भनेर रेखाङ्कित गर्‍यो”, उनले भने ।

हमासलाई नयाँ युद्धविराम प्रस्ताव स्वीकार गर्न दबाब दिने प्रयासमा इजरायलद्वारा गाजामा सहयोग कटौती

तेल अभिभ (इजरायल)। इजरायलले आइतबार गाजा पट्टीमा सबै सामान र आपूर्तिको प्रवेश रोकेको छ र हमासले नाजुक युद्धविरामको पहिलो चरणको विस्तारका लागि नयाँ प्रस्ताव स्वीकार नगरे ‘थप परिणामहरू’ को चेतावनी दिएको छ ।

हमासले इजरायललाई युद्धविराम भत्काउने प्रयास गरेको आरोप लगाउँदै सहायता रोक्ने उसको निर्णय ‘सस्तो जबरजस्ती, युद्ध अपराध र (युद्धविराम) सम्झौतामा स्पष्ट आक्रमण हो’ भनेको छ । दुवै पक्षले युद्धविराम समाप्त भएको भनेका छैनन् ।

मानवीय सहायतामा वृद्धिसहितको युद्धविरामको पहिलो चरण शनिबार समाप्त भएको थियो । दुवै पक्षले अझै दोस्रो चरणको वार्ता गरेका छैनन् । दोस्रो चरणको वार्तामा हमासले इजरायली फिर्ता र दीर्घकालीन युद्धविरामको बदलामा बाँकी रहेका दर्जनौँ बन्धकहरू रिहा गर्ने थियो ।

एक इजरायली अधिकारीले नियमअनुसार नाम नछाप्ने सर्तमा सहायता निलम्बन गर्ने निर्णय ट्रम्प प्रशासनसँगको समन्वयमा गरिएको बताए ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको कार्यालयले यसले अप्रिल २० मा समाप्त हुने रमजान र निस्तारपर्बको माध्यमबाट युद्धविरामको पहिलो चरण विस्तार गर्ने अमेरिकी मध्यपूर्वका दूत स्टिभ विट्कोफबाट आएको भनी वर्णन गरिएको प्रस्तावलाई समर्थन गर्दछ भनेको थियो ।

नेतन्याहुको कार्यालयका अनुसार उक्त प्रस्तावअन्तर्गत हमासले पहिलो दिनमा आधा बन्धकहरू र स्थायी युद्धविराममा सम्झौता पुगेपछि बाँकी रिहा गर्नेछ ।

एक वर्षभन्दा बढी समयदेखि इजरायल र हमासबीच मध्यस्थता गरिरहेका संयुक्त राज्य अमेरिका, इजिप्ट वा कतारबाट तत्काल कुनै टिप्पणी आएको छैन ।

युद्धविरामको पहिलो छ हप्ताको चरणअन्तर्गत हमासले इजरायलद्वारा बन्दी बनाइएका लगभग दुई हजार प्यालेस्टिनीको रिहाइको बदलामा २५ इजरायली बन्धक र अन्य आठ जनाको शव रिहा गरेको थियो । इजरायली सेना गाजाको अधिकांश भागबाट पछि हटे र इजरायलले मानवीय सहायताको वृद्धिलाई प्रवेश गर्न अनुमति दियो ।

तर पहिलो चरण बारम्बार विवादले बिग्रिएको थियो र प्रत्येक पक्षले अर्कोलाई उल्लङ्घनको आरोप लगाएको थियो । इजरायली आक्रमणले दर्जनौँ प्यालेस्टिनीको ज्यान लियो । यसलाई सेनाले आफ्नो सेनामा पुगेको वा केही क्षेत्रमा प्रवेश गरेको भन्दै युद्धविरामको उल्लङ्घन गरेको बताएको छ ।

हमासले इजरायलको सहायता निलम्बन अर्को उल्लङ्घन भएको भन्दै सम्झौताको दोस्रो चरणमा पक्षहरूले वार्ता गर्दा वितरण जारी राख्नुपर्ने बताएको छ ।

इजरायलले युद्धको सुरुआती दिनहरूमा गाजामाथि पूर्ण घेराबन्दी लगायो र पछि अमेरिकी दबाबमा मात्र यसलाई खुकुलो पार्‍यो । संयुक्त राष्ट्र एजेन्सीहरू र सहायता समूहहरूले इजरायललाई १५ महिनाको युद्धको अवधिमा पर्याप्त सहायता नपुर्‍याएको आरोप लगाए र बाइडेन प्रशासनले यसलाई अधिक गर्न बारम्बार दबाब दियो ।

इजरायलले पर्याप्त सहायता प्रवेश गर्न अनुमति दिएको भन्दै र संयुक्त राष्ट्रसङ्घको असमर्थता भनेर अभावको दोष लगायो । साथै इजरायलले हमासलाई सहायता चुहावट गरेको आरोप पनि लगायो । 

बीमा प्राधिकरणका पूर्वअध्यक्ष सिलवाललाई भ्रष्टाचार मुद्दामा सफाइ

काठमाडौं । नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्यप्रसाद सिलवालले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको संयुक्त इजलासले सिलवाललाई सफाइ दिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध कानुनविपरीत ९ महिनासम्म पदमा रहेको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अध्यक्ष सिलवाल कानुनविपरीत गएर ६५ वर्षको उमेरमा अवकाश नभइ ९ महिनासम्म पदमै रहेको, नागरिकतामा पटकपटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेको अख्तियारको आरोप रहे पनि उनले अदालतबाट सफाइ पाएका हुन् ।

सिलवाललाई झुटो जन्ममिति कायम गरी सरकारी ओहदामा रहेर आर्जन गरेको ३६ लाख ६२ हजार १ सय ५४ रुपैयाँसमेत जफत गर्न अख्तियारले मागदाबी गरेको थियो ।

निजी अमेरिकी अन्तरिक्ष यान चन्द्रमामा अवतरण

वासिङ्टन । अन्तरिक्षमा लामो यात्रापछि एक अमेरिकी कम्पनी साहसी चन्द्रमामा अवतरण गरेको छ । यसको अन्तरिक्ष यान सफल भएपछि यो उपलब्धि हासिल गर्ने दोस्रो निजी अवतरणकर्ता बनेको छ ।

फायरफ्लाई एरोस्पेसको ब्लु घोस्ट मिसन १ ले आइतबार बिहान ३ः३४ बजे अमेरिकी पूर्वी समय (०८३४ जिएमटी) भन्दा अघि अवतरण गर्ने लक्ष्य राखेको छ । यसले मोन्स ल्याट्रेल नजिकको स्थान, चन्द्रमाको उत्तर पूर्वी नजिकको भागमा मारे क्रिसियममा रहेको एक ज्वालामुखी विशेषतालाई लक्ष्य गरेको छ ।

“ल्यान्डरले वास्तवमै राम्रोसँग व्यवहार गरेको छ”, ब्लु घोस्टका कार्यक्रम प्रबन्धक रे एलेन्सवर्थले अस्टिन, टेक्सासमा मिसन कन्ट्रोलबाट प्रत्यक्ष वेबकास्टमा भने, “हामीसँग कुनै ठूला विसङ्गतिहरू छैनन्, जुन अद्भुत छ ।”

“हामी अमेरिकालाई पहिलो स्थानमा राख्दै छौँ, हामी अमेरिकालाई गर्वित तुल्याउँदै छौँ, हामी यो अमेरिकी नागरिकहरूका लागि गर्दछौँ”, नासाकी कार्यवाहक निर्देशक जानेट पेट्रोले भने ।

‘घोस्ट राइडर्स इन द स्काई’ को उपनाम दिइएको यो मिसन पहिलो निजी चन्द्र अवतरणको एक वर्षभन्दा अलि बढी समयपछि आएको छ र यो आर्टेमिस कार्यक्रमलाई समर्थन गर्न र खर्च कम गर्न उद्योगसँगको नासा साझेदारीको हिस्सा हो । यो कार्यक्रमले अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमामा फिर्ता गर्ने लक्ष्य राखेको छ ।

हिप्पोपोटामसको आकारको सुनौलो ल्यान्डर जनवरी १५ मा स्पेसएक्स फाल्कन ९ रकेटमा प्रक्षेपण गरिएको थियो र यसले बाटोमा पृथ्वी र चन्द्रमाको आश्चर्यजनक फुटेज खिचेको थियो । यसले मे महिनामा अवतरण प्रयास गर्ने जापानी कम्पनीको अवतरणकर्तासँग यात्रा साझा गरेको थियो ।

ब्लु घोस्टले १० वटा उपकरणहरू बोकेको छ । यसमा चन्द्र माटो विश्लेषक, विकिरण–सहिष्णु कम्प्युटर र चन्द्रमामा नेभिगेट गर्न विद्यमान ग्लोबल स्याटलाइट नेभिगेसन प्रणाली प्रयोग गर्ने सम्भाव्यता परीक्षण गर्ने प्रयोग समावेश छ ।

पूर्ण चन्द्र दिन (१४ पृथ्वी दिन) का लागि सञ्चालन गर्न डिजाइन गरिएको ब्लु घोस्टले मार्च १४ मा पृथ्वीले चन्द्रमाको क्षितिजबाट सूर्यलाई रोकेको बेला पूर्ण ग्रहणको उच्च परिभाषा इमेजरी खिच्ने अपेक्षा गरिएको छ ।

मार्च १६ मा यसले चन्द्र सूर्यास्त रेकर्ड गर्नेछ । अपोलो अन्तरिक्ष यात्री युजिन सर्नानले पहिलो पटक दस्ताबेज गरेको रहस्यमय चन्द्र क्षितिज चमक सिर्जना गर्दै यसले सौर्य प्रभावमा धुलो सतहभन्दा माथि कसरी उठ्छ भन्ने विषयमा अन्तर्दृष्टि प्रदान गर्नेछ ।

नेपाल आइपुगे विश्वविजेता इटालियन गोलकिपर बुफोन

काठमाडौं । विश्वकप विजेता इटालियन लेजेन्ड गोलकिपर जियालुजी बुफोन आइतबार नेपाल आएका छन् । तेस्रो संस्करणको केपी ओली कप फुटबलको फाइनलमा प्रमुख अतिथिको रूपमा बुफोन नेपाल आएका हुन् । नेपाल आएका उनले नेपालको झण्डा देख्दा आफूलाई अनौठो लागेको प्रतिक्रिया पनि दिए ।

केपी ओली कपको फाइनल सोमबार दशरथ रंगशालामा हुनेछ । फाइनल खेलमा बुफोन प्रमुख अतिथिको रुपमा रहनेछन् । फाइनल खेल मच्छिन्द्र एफसी र त्रिभुवन आर्मी एफसीको बीचमा हुनेछ ।

रिङ्कु सदाको मृत्यु घटनामा सङ्लग्नलाई कारबाही हुन्छः गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले सिरहाको नवराजपुर गाउँपालिकामा १७ वर्षीया रिङ्कुकुमारी सदाको सामूहिक बलात्कारपछि मृत्युको घटनामा सङ्लग्नलाई कानुन बमोजिम कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राष्ट्रियसभाको आइतबारको बैठकमा सांसदहरुले राखेको जिज्ञाशाको जवाफ दिँदै उनले भने, “रिङ्कु सदाको घटनामा जति पनि मानिस सङ्लग्न छन्, अपराधमा सङ्लग्न भएका मानिसलाई सक्रियताका साथ खोजतलास गर्ने, अनुसन्धान गर्ने र कानुन बमोजिम कडा कारबाही गर्नेमा पुनः प्रतिबद्धता व्यक्त गर्दछु ।”

“विसं २०८१ माघ ३० गते सिरहाको नवरापुर गाउँपालिका–१ बस्ने रिङकुकुमारी सदा आफ्नै घरमा झण्डिई मृत अवस्थामा फेला परेको, सो सम्बन्धमा सोही वडामा बस्ने अन्दाजी वर्ष १९ को टिङ्कु भन्ने रुपेश मण्डलविरुद्ध आत्महत्या दुरुत्साहन कसुरमा जाहेरी दरखास्त दिएकामा निजको नाममा पक्राउ पूर्जी जारी थियो,” उनले भने ।

मन्त्री लेखकले यही फागुन ८ गते मृतकको आमाको तर्फबाट आठ जनाको विरुद्धमा अपहरण गरी आफ्नो नियन्त्रणमा राखी सामूहिक तबरबाट जबरजस्तीकरणी गरी हत्या गरेको र पञ्चायतीद्वारा लेनदेन गरी मिलापत्रसमेत गर्न खोजेको अन्तर्गतको कसुर शीर्षक उल्लेख गरी पूरक जाहेरी प्राप्त भएको पनि जानकारी दिए ।

पञ्चायतीमा सङ्लग्न तीन जनालाई पक्राउ गरी कानुन बमोजिमको प्रक्रिया अगाडि बढेको उल्लेख गर्दै उनले पूरक जाहेरी दरखास्तमा उल्लेख भएका आठजनाको नाममा पक्राउ पुर्जी जारी भएको संसद्लाई जानकारी गराए । सो घटनाको समबन्धमा पीडकलाई पक्राउ गरी छिटोभन्दा छिटो कारबाहीको दायरामा ल्याउने गरी प्रहरीले सक्रियतापूर्वक खोजतलास गरिरहेको उनको भनाइ छ ।

मन्त्री लेखकले नेहा रौनियार र सत्येन्द्र रामको अन्तरजातीय विवाह सम्बन्धमा उठेका प्रशनको जवाफ दिँदै सो घटनाको मुद्दामा राज्य पक्षबाट कुनैपनि हस्तक्षेप नभएको बताएका छन् । “मुलुकी अपराधसंहिता २०७४ को कानुनी व्यवस्था अनुरुप भएको अनुसन्धान र कारबाहीको विषयमा नेपाल प्रहरीले सार्वजनिकरुपमा जानकारी गराइसकेको छ, यस मुद्दामा राज्य पक्षबाट हस्तक्षेप भएको छैन । नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्दछु”, उनले भनेका छन्।

अन्तरजातीय विवाहको सम्बन्धमा गृह मन्त्रालय गम्भीर र अत्यन्तै संवेदनशील रहेको जनाउँदै उनले नेपालको संविधानले प्रत्याभूत गरेको छुवाछुत तथा भेद्भावविरुद्धको हक एवं व्यक्तिका नैसर्गिक मानव अधिकारको रक्षा र त्यसको उपभोग गर्ने वातावरण निर्माण गर्ने कुरामा गृह मन्त्रालय क्रियाशील उल्लेख गरे ।

“म अत्यन्तै संवेदनशील छु । म कुनैपनि प्रकारको जातीय विभेद् र छुवाछुतको विरुद्धमा सधैँ रहनेछु र रहेको छु, म आबद्ध पार्टी नेपाली कांग्रेस जन्मकालदेखि नै जातीय विभेद् र छुवाछुतविरुद्ध रहेको पार्टी हो, म अहिले र जीवनभर प्रतिबद्ध रहेको कुरा निवेदन गर्न चाहन्छु”, उनले भने ।

मन्त्री लेखकले आफू वैयक्तिक स्वतन्त्रता र मानव अधिकार रक्षाका लागि विद्यार्थीकालदेखि लड्दै आएको उल्लेख गरे । उनले भने, “अन्तरजातीय विवाहप्रति पूर्वाग्रही भयो भन्नु मेरो जीवन मूल्य र आदर्शको अवमूल्यन हो भन्ने मैले ठानेको छु ।”

यसै घटनालाई लिएर संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिका पदाधिकारीसँग भएको भेटमा आफूले दलितमाथि हुने विभिन्न प्रकारका भेद्भाव, उत्पीडन, छुवाछुतलगायतका घटनाको अनुसन्धानमा सहजीकरण गर्न प्रहरी प्रधान कार्यालयमा दलित डेस्क स्थापना गर्ने प्रतिबद्धता अनुसार कार्य पनि अगाडि बढाएको जानकारी दिए ।

मन्त्री लेखकले भने, “सो अनुसार डेस्क स्थापना भएको छ र ७७ जिल्लामा स्थापना भएका डेस्कलाई थप प्रभावकारीरुपमा सञ्चालन गर्ने व्यवस्थासमेत मिलाइएको छ, यसबाट सामाजिक कुरीतिका रुपमा समाजमा विद्यमान छुवाछुत तथा भेद्भाव हटाइ कानुन कार्यान्वयन तथा सुशासन अभिवृद्धिमा योगदान पुग्न जानेछ ।” 

म्याट रस नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त

काठमाडौं । अस्ट्रेलियाका म्याट रस नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । नेपाल फुटबल संघ (एन्फा) ले रससँग आइतबार सम्झौता गरेको जानकारी दिएको छ ।

इटालियन प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसलाई विस्थापित गर्दै रसले नेपाली टिम सम्हाल्ने भएका हुन् । एन्फाले एनेसको सम्झौता नवीकरण नगरेपछि रिक्त पदमा रस नियुक्त भएका हुन् । रस डेढ महिनाअघि नै नेपाल आएका थिए ।

शेयर बजारमा उच्च अंकको वृद्धि

काठमाडौँ  । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ७५ दशमलव २४ अङ्कले बढेर दुई हजार आठ सय ९० को विन्दुमा कायम भएको छ । जुन दुई दशमलव ६७ प्रतिशतको वृद्धि हो ।

आज विभिन्न तीन सय दुई कम्पनीका दुई करोड ९१ लाख ६६ हजार छ सय ५६ कित्ता शेयर एक लाख ३९ हजार पाँच सय ९६ पटक खरिदबिक्री हुँदा रू १४ अर्ब २५ करोड चार लाख ७५ हजार सात सय ३६ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा म्युचुअल फन्ड समूहको उपसूचक एक दशमलव २७ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक हरियाली छाएको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह चार दशमलव ७९, जीवन बीमा समूह चार दशमलव ३१, होटल तथा पर्यटन चार दशमलव २८ र वित्त समूह चार दशमलव २८ प्रतिशतले बढेको छ ।

बैंकिङ दुई दशमलव ५३, विकास बैंक तीन दशमलव ८८, जलविद्युत् एक दशमलव ९८, लगानी तीन दशमलव ०३, लघुवित्त एक दशमलव ३५, निर्जीवन बीमा तीन दशमलव ४१, व्यापार एक दशमलव ०६ र अन्य समूह एक दशमलव ५१ प्रतिशतले बढेको छ ।

हिमालयन डिस्टिलरी लिमिटेड, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा सबैभन्दा धेरै नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रू ९७ करोड ५३ लाख ७७ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै घलेम्दी हाइड्रो लिमिटेडको आठ लाख ७३ हजार पाँच सय ७६ कित्ता शेयर किनबेच भएको छ ।

उपेन्द्र यादवको निष्कर्षः सरकार असफल र असक्षम सावित भयो

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल वर्तमान सरकार असफल भएको निष्कर्ष निकालेको छ । आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै अध्यक्ष उपेन्द्र यादवले सरकार गठनपछि मुलुकमा सुशासन, समृद्धि र विकास गर्नुभन्दा बढी नारामा मात्र सीमित रहेको देखिएको उल्लेख गरेका छन् ।

अध्यक्ष यादवले सरकार असफल र असक्षम सावित भइसकेको बताएका छन् । उनले भनेका छन्, ‘सरकार गठनपछि मुलुकमा सुशासन, समृद्धि र विकास गर्नुभन्दा बढी नारामा मात्र सीमित रहेको देखिन्छ । सरकारप्रति जनतामा नैराश्यता बढ्दो छ । भ्रष्टाचार नियन्त्रण गर्न नसक्नु, सुशासन कायम गर्न नसक्नु र आर्थिक विकास गरी समृद्धि प्राप्त गर्ने सरकारको कुनै ठोस नीति कार्यक्रम तथा योजना देखिन्न ।’

अध्यक्ष यादवको प्रतिवेदनमा सरकारमा सहभागी दलका नेता र तिनका परिवारको सदस्यहरू नै ठूला–ठूला भ्रष्टाचार काण्डमा संलग्न रहेको प्रमाण भेटिँदा पनि त्यसविरुद्ध सरकार मौन रहेको आरोप लगाइएको छ ।

सरकारले पूर्वाग्रही ढंगले एउटै अपराधअन्तर्गत कसैलाई काखा र कसैलाई पाखा गरी प्रतिशोधपूर्ण काम गरिरहेको यावदको आरोप छ ।

प्रतिदवेदनमा भनिएको छ, ‘केपी शर्मा ओली नेतृत्वको सरकारको आयु लम्ब्याउन जालझेल गर्ने, अरू दललाई कमजोर बनाउने नीति लिएको पाइन्छ । सरकारले दुई दलीय व्यवस्था कायम गर्न ल्याउने भनिएको थ्रेसहोल्ड बढाउने सम्बन्धी विधेयक त्यसैको एउटा ज्वलन्त उदाहरण हो ।’

त्यस्तै उनले भूमिसम्बन्धी अध्यादेश फिर्ता नभए अरु अध्यादेशहरुमा पनि समर्थन नगर्ने बताएका छन् । प्रतिवेदनमा भनिएको छ, ‘संसदमा प्रस्तुत गरिएको ६ वटा अध्यादेश मध्ये भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश देश र जनताको हितमा नरहेको, रियल स्टेट र भू–माफिया तथा दलालहरुको पक्षपोषण गर्ने खालको रहेको, तराई/मधेशको वन जंगल, सार्वजनिक जग्गा, आफ्ना पार्टीका कार्यकर्ताहरुमा वितरण गर्ने उद्देश्यका साथ ल्याइएको हो ।’

भूमिसम्बन्धी अध्यादेशले वास्तविक भूमिहीन, सुकुम्बासीहरुले जग्गा पाउन नसक्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

राजनीतिक स्थायित्वका लागि कांग्रेस एमालेको गठबन्धनः उपप्रधानमन्त्री सिंह

कर्णाली । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र एमालेबीच गठबन्धन भएको बताएका छन् ।

प्रेस युनियन सुर्खेतद्वारा आइतबार सुर्खेत विमानस्थलमा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा उनले मुलुकको विकास र जनताको चाहना अनुसार दुई ठूला दलबीचको गठबन्धनको सरकार बनेको बताए ।

उनका अनुसार अहिले देखिएका समस्या समाधान गर्दै जनताका चाहना र अपेक्षा पूरा गर्ने उद्देश्यसहित यो सरकार अगाडि बढिरहेको छ ।

उपप्रधानमन्त्री सिंहले भने, “विसं २०७२ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी गरिसकेपछि स्थानीय, प्रदेश र सङ्घको सबै निर्वाचन सम्पन्न भयो । यद्यपि राजनीतिक स्थायित्व हुन नसक्दा विकासका अपेक्षित काम उल्लेख्य गतिमा हुन सकेनन् । परिणामतः मुलुकका दुई ठूला दलबीचको गठबन्धनको सरकार बन्यो ।”

मन्त्री सिंहले मन्त्रालयगत कार्यसम्पादनको मूल्याङकन भइरहेको भन्दै लक्ष्य अनुसार काम गर्न सरकार निरन्तर अगाडि बढेको जनाए । अध्यादेश बलमिचाईबाट नआएको भन्दै संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउन ल्याइएको उनले जिकिर गरे । आर्थिक अनुशासन कायम गर्ने उद्देश्यले वर्तमान सरकारले काम गरिरहेको उनको भनाइ छ ।

‘सहकारीको रकम अपचलनमा संलग्न कुनैपनि नेता कार्यकर्तालाई संरक्षण गर्ने काम नहोस्’

काठमाडौँ । राष्ट्रियसभाका सांसद गोमादेवी तिमिल्सिनाले सरकारसमक्ष सहकारीपीडितलाई जतिसक्दो चाँडो न्याय दिन माग गरेकी छिन् ।

राष्ट्रियसभाको आइतबारको बैठकमा सांसद तिमिल्सिनाले सहकारीको रकम अपचलनमा संलग्न कुनैपनि नेता वा कार्यकर्तालाई कसैले पनि संरक्षण गर्न नहुनेमा समेत जोड दिइन् ।

‘वर्तमान सरकारले सहकारी समस्या समाधानमा कम चासो देखाएको हो कि भन्ने लागेको छ, सहकारीका कारण कैयौँ पीडित भएका छन् । त्यसैले जतिसक्दो चाँडो उनीहरुको समस्यमा समाधान गर्नुपर्छ’, उनले भनिन् ।

सांसद दुर्गा गुरुङले कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको तामा उत्खननलाई वैज्ञानिक ढङ्गबाट अध्ययन अनुसन्धान गरी पुनःसञ्चालनका लागि सरकारसँग माग गरिन् ।

उनले भनिन्, ‘मुगुको कार्मारोङ गाउँपालिका वडा नं १ मा पहिलेदेखि नै स्थानीयले तामाखानीबाट तामाको कच्चापदार्थ उत्खनन गरी प्रशोधन पश्चान विभिन्न सामग्री तयार पारेर उत्तरमा तिब्बत र नेपालका विभिन्न ठाउँमा बिक्री वितरण गर्दै आइरहेकामा २०२४ सालदेखि सरकारको आदेशमा उत्खननमा रोक लगाइएको छ, त्यसलाई पुनः सञ्चालनका निम्ति सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

सांसद नरबहादुर विष्टले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने भनिए पनि पटक–पटक मिति सारिएको भन्दै समयमै गर्नका लागि सरकारको ध्यानाकर्षण गराए ।

‘प्रतियोगिता आगामी चैत २३ गते गर्ने भनिएको थियो, अब फेरि जेठ २३ गते सारिएको छ, मिति सार्नुले समग्र खेलाडीमाथि अन्याय भएको छ, जेठ २३ गते पनि हुन्छ नै भन्ने टुङ्गो छैन, सरकारले तोकिएकै मितिमा हुन्छ भनेर प्रतिबद्धता व्यक्त गर्नुपर्छ’, उनले भने । 

‘नो केवलकार’ समूहलाई वार्तामा आउन गृहमन्त्रीको आह्वान

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ताप्लेजुङको पाथीभरमा केबलकार निर्माणको विरोधमा उत्रिएकाहरूलाई वार्तामा आउन आह्वान गरेका छन् ।

राष्ट्रियसभाको आइतबारको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै गृहमन्त्री लेखकले नो केवलकार समूहले उठाएका विषयप्रति सरकार गम्भीर भएको भन्दै वार्तामा आउन आह्वान गरेका हुन् ।

उनले केवलकार निर्माणमा देखिएका समस्या वार्ता र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको बताए । गृहमन्त्रीले जनतालाई अनुभूत हुने गरि देशमा शान्ति सुव्यवस्था कायम गर्न गम्भीर रहेको उल्लेख गरे ।

उनले नेपाल प्रहरी विधेयक, सशस्त्र प्रहरी बल नेपाल विधेयक, नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकहरु संसद्को सम्पत्ति बनिसकेको बताउँदै कतिपय नीतिगत र कानुनी सुधार गर्नुपर्ने अन्य कानुनका सन्दर्भमा जतिसक्दो चाँडो संसद्मा पेस गर्नेगरी सरोकारवालाको सुझावका आधारमा आवश्यक छलफल भइरहेको जानकारी दिए।  

मन्त्री लेखकले भने, ‘विपत् व्यवस्थापनमा मनसुनजन्य विपत् एवं भूकम्पका कारण क्षतिग्रस्त संरचनाको पुनःनिर्माणले लय समातेको छ, नेपालको संविधान तथा कानुनद्वारा प्रत्याभूत नागरिक स्वतन्त्रता, विधिको शासन, मानव अधिकारलगायत लोकतान्त्रिक मूल्यमान्यतालाई सम्मान गर्नेगरी कानुन कार्यान्वयनमा गृह मन्त्रालयअन्तर्गका संयन्त्रहरु निष्पक्ष रुपमा परिचालन गरिएको छ ।’

त्यस्तै गृहमन्त्रीले सिराहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया रिंकुकुमारी सदायको मृत्यु भएको घटनामा प्रहरीले गम्भीर भएर अनुसन्धान गरिरहेको र दोषीलाई कारवाही गर्ने बताए ।

उनले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गरे । भेदभावविरुद्धको हक कार्यान्वयन गराउन सरकार क्रियाशील रहेको उनको भनाई थियो ।

युवालाई प्रधानमन्त्रीको आग्रहः राष्ट्रप्रतिको कर्तव्य बुझ्ने नागरिक बन्नुस्

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले युवा जगतको चौतर्फी विकासका लागि सरकार हरसम्भव सहयोग गर्न कट्टिबद्ध रहने बताएका छन् ।

सैनिक मञ्च टुँडिखेलमा आइतबार आयोजित राष्ट्रिय सेवा दल (एनसिसी) को विसं १९ सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज कार्यक्रममलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’ उक्तिलाई आत्मसाथ गर्दै चन्द्रसूर्य अङ्कित झण्डाप्रति सदैव अनुशासित भई शिरोपर गर्न सक्ने युवाको खाँचो राष्ट्रलाई रहने भएकाले यो कार्यक्रम नेपाल सरकारको उच्च प्राथमिकतामा परेको बताए ।

“तपाईहरुमाथि यहाँहरुको अभिभावकको मात्र आशा र सपनानिहीत नरही तपाईहरुका प्राध्यापक, नातेदार र समाजको पनि सपना र आशा रहेको हुन्छ । त्यसैले सर्वाेत्कृष्ट समाज निर्माणका लागि युवा अवस्थामा तपाईहरुले आफ्नो मनोबल उच्च बनाउनको साथै कुशल नेतृत्वको विकास, नैतिक आचरण र अनुशासनको पालना गर्दै आफ्नो समाज र राष्ट्रप्रतिको कर्तव्य बुझ्ने र त्यसलाई पूूरा गर्न सवल नागरिक बन्ने कार्य पनि सुरु गर्नुपर्दछ ।’’

सेवा दलका प्रमुख संरक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले भने, “राष्ट्रलाई आवश्यक परेको बेलामा तपाईंहरुले निःस्वार्थ सेवा भावबाट समर्पित भई एक सच्चा नेपाली नागरिकका रुपमा महत्वपूर्ण नेतृत्वदायी भूूमिका निर्वाह गर्नुहुनेछ र यस तालिमा हासिल गरेका ज्ञानले तपाईंहरुलाई उक्त कार्यको लागि अभिप्रेरित र सहयोग गर्ने विश्वास लिएको छु ।’’

प्रधानमन्त्री ओलीले देशभक्ति, कर्तव्यपरायणता र श्रेष्ठताका लागि दीक्षित छात्रछात्रालाई शुुभकामना दिँदै अरुलाई छिर्के लगाएर नभइ स्वच्छ प्रतिस्पर्धाका आधारमा मुलुकको विकासमा समर्पित हुन र अघि बढ्न आग्रह गरे ।

युवाहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यले ‘अनुशासन राष्ट्र सेवाको मूल जग हो’ भन्ने आदर्श वाक्यका साथ विसं २०२२ मा स्थापित सो सेवा दलले युवालाई अनुशासित, मर्यादित, मुलुकप्रति समर्पित र राज्यका संस्थाप्रति सम्मान गर्ने संस्कारयुक्त नागरिक बनाउनुका साथै विपत्तिको समयमा परिचालन गर्न सकिने तालिम प्राप्त स्वयंसेवक जनशक्ति उत्पादन गर्दै आएको छ ।

यस आर्थिक वर्षमा सेवा दलमा सात हजार सात सय चार छात्रछात्रा रहेकामा आगामी वर्ष एघार हजार पाँच सय ५० पुर्याउने लक्ष्य लिइएको छ । हालसम्म ८२ हजार एक सय ८४ व्यक्ति यस सेवा दलबाट दीक्षित भइसकेको बताइएको छ ।

स्वर्गद्वारी गुठी पीडित र प्रहरीबीच नयाँबानेश्वरमा झडप

काठमाडौं । स्वर्गद्वारी गुठी पीडित र प्रहरीबीच नयाँबानेश्वरमा झडप भएको छ । आइतबार दिउँसो स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले गरेको प्रदर्शनमा झडप भएको हो ।

प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि दुई पक्षबीच झडप भएको हो । त्यसक्रममा प्रहरी वृत्त सिंहदरबारका इन्चार्ज, डीएसपी गंगा पौडेल घाइते भएका छन् । उनको सिभिल अस्पताल मीनभवनमा उपचार भइरहेको छ । त्यस्तै प्रदर्शनकारीतर्फ पनि केही जना घाइते भएको बताइएको छ ।

सरकारसँग तीन बुँदे माग राख्दै गुठीपीडितहरू माइतीघरमा धर्ना दिँदै आइरहेका थिए । पुस्तौंदेखि खेतीपाती गर्दै आएको जग्गाको स्वामित्व स्वर्गद्वारी गुठीको नाममा पुगेपछि पीडितहरू दाङबाट काठमाडौं आएका थिए ।

मोही किसानले जोतभोग गर्दै आएको जमिन मोहीको नाममा रैथानी हुने कानुनी व्यवस्था, विशेष प्रकृतिको निजी भनिएको गुठी जग्गाका निष्काशित मोहीको हक पुनस्र्थापित गर्न र किसानले बुझाउनुपर्ने रैतानीबापतको तिरो वडामार्फत बुझाउने व्यवस्था गर्नुपर्ने उनीहरूको माग छ।

धनगढीको शैलेश्वरी सामुदायिक वनमा दुई जना मृत फेला

धनगढी । कैलालीको धनगढीमा दुई जना मृत फेला परेका छन् । धनगढी उपमहानगरपालिका–९ स्थित शैलेश्वरी सामुदायिक वनमा वडा नम्बर १० का ५० वर्षीय देवल चौधरी र सोही ठाउँका ५१ वर्षीय कैदा रानाको शव भेटिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराका अनुसार एक जनाको झुण्डिएको अवस्थामा र अर्काको भुइँमा पल्टिएको अवस्थामा शव फेला परेको छ ।

आइतबार बिहान स्थानीय बासिन्दाले दुवै जनालाई मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । प्रहरीकाअनुसार घटनास्थल नजिक दुईवटा साइकल भेटिएका छन् । घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।

अपराध अनुसन्धान प्रविधिमैत्री हुनुपर्छः मुख्यमन्त्री आचार्य

लुम्बिनी । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउन प्रविधिमैत्री बन्नुपर्नेमा जोड दिएका छन्। प्रहरी प्रशासनको पहिलो प्राथमिकताका रूपमा अनुसन्धानलाई सशक्त बनाउँदै जनविश्वास आर्जन गर्ने तथा परिणाममुखी योजना तर्जुमा गर्न आवश्यक रहेको उनको धारणा छ ।

बुटवलस्थित लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्रमा आयोजित प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीको आज उद्घाटन गर्नुहुदै मुख्यमन्त्री आचार्यले नेपाल प्रहरी अपराध अनुसन्धानका क्षेत्रमा अब्बल भए पनि केही घटनामा परिणाम आउन नसकेको हुनसक्ने तथापि, अधिकांश अपराध अनुसन्धानमा नेपाल प्रहरीले प्रभावकारी नतिजा ल्याएको उनले उल्लेख गरे ।

उनले अनुसन्धान प्रक्रियालाई अझ परिस्कृत गर्दै नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने आवश्यकता औंँल्याए । “प्रहरीले गर्ने अध्ययन, अनुसन्धानको काममा प्रविधिलाई जोड्न जरुरी छ । अहिले धेरै अपराध साइबर माध्यमबाट हुन थालेका छन्, तसर्थ अनुसन्धान प्रविधिमैत्री हुनुपर्छ”, उनले भने, “प्रहरीले अध्ययन, अनुसन्धानका लागि प्रविधिको प्रयोग बढाउन जरुरी छ ।”

लुम्बिनी प्रदेशका छ जिल्लाहरू भारतसँग सीमाना जोडिएको र खुला सीमा भएकाले अपराध अनुसन्धानमा थप चुनौती रहेको उनले बताए । सीमाबाट अपराधीहरू सजिलै आवतजावत गर्न सक्ने अवस्थालाई ध्यानमा राख्दै सीमा सुरक्षा र अपराध नियन्त्रणलाई थप प्रभावकारी बनाउनुपर्ने उनको जोड थियो । लागुऔषध ओसारपसार, साइबर अपराध, सीमा दुरुपयोग र अन्य नवीनतम सुरक्षा चुनौतीहरूको गम्भीर विश्लेषण आवश्यक रहेको मुख्यमन्त्री आचार्यको भनाइ छ ।

उनले खुला सीमाका कारण राजस्व चुहावट भइरहेको र तस्करीलाई निरुत्साहित गर्न प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने बताए । कुखुरा, अण्डा, चल्ला, दूधलगायतका वस्तु खुला सीमाबाट भित्रिने कारण नेपाली किसान मर्कामा परेको उल्लेख गर्दै उनले नियन्त्रणका लागि प्रहरी प्रशासनले प्रभावकारी योजना बनाउनुपर्ने सुझाव दिए ।

गोष्ठीमा नेपाल प्रहरीका उच्च अधिकारी, अपराध अनुसन्धान विशेषज्ञ तथा लुम्बिनी प्रदेश प्रहरीका प्रमुखको उपस्थिति छ । कार्यक्रममा अपराध अनुसन्धानका चुनौतीहरू, अनुसन्धान प्रविधि र सुरक्षा रणनीतिबारे विस्तृत छलफल गरिने जनाइएको छ ।

उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री आदेशकुमार अग्रवाल, प्रहरी अतिरिक्त महानिरीक्षक कुबेरसिंह कडायत, लुम्बिनी प्रदेशका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीलगायतको विशेष उपस्थिति छ । 

हिमपातले अवरुद्ध नाग्म-गमगढी सडक अझै खुलेन

मुगु । बिहीबारदेखि परेको हिमपातका कारण अवरुद्ध नाग्म–मगढी सडक अझै खुल्न सकेको छैन । सडक डिभिजन कार्यालय जुम्लाले एक्साभेटरको प्रयोग गरेर हिउँ पन्छाउन सुरु गरे पनि बाक्लो हिउँ परेकाले पन्छ्याउन समय लागेको जनाएको छ ।

बाक्लो हिउँ जमेको र कतै पहिरो त कतै विजुलीका पोल ढलेकाले सडक अवरुद्ध भएको छायाँनाथ रारा नगरपालिका वडा न ५ का स्थानीय शिवचन्द्र कार्कीले बताए । 

कर्णाली राजमार्गको जिया–बुलबुले खण्डमा पहिरो गएकाले रारा आउने पर्यटक तथा सवारी साधन बाटोमै रोकिएको नेपालगञ्जबाट आउँदै गर्नुभएका कार्की जानकारी दिए । सडकको अवरोध हटाउन सडक डिभिजन कार्यालय जुम्लाको एक्साभेटरसहित कर्मचारीहरु र नेपाली सेनाले काम गरिरहेको जनाइएको छ । आज साँझसम्म सडकको अवरोध हटाउने गरी काम भइरहेको प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले बताए । 

जिल्लाको भुलभुले, सिप्टिचौर, सातमोडका सडकमा सवारीसाधन आउजाउ गर्न कठिन भइरहेको छ । हिमपातका कारण मुगु जाने १७ वटा गाडी र यात्रुहरु तीन दिनदेखि बाटोमै अड्किएको यात्रु शिवचन्द्र कार्कीले टेलिफोनमार्फत जानकारी गराएका छन् । 

दुई बस ठोक्किँदा बोलिभियामा कम्तीमा ३७ जनाको मृत्यु

ला पाज। बोलिभियाको दक्षिणी भागमा शनिबार राजमार्गमा दुई यात्रुवाहक बस ठोक्किँदा आठ नाबालकसहित कम्तीमा ३७ जनाको मृत्यु भएको प्रहरीले बताएको छ । यो यस वर्ष हालसम्मकै सबैभन्दा खराब बस दुर्घटना हो ।

पोटोसी विभागमा उयुनी सहर नजिकै भएको दुर्घटनाबारे कर्नेल विलसन फ्लोरेसले भने, “हालसम्म हामीले ३७ मृत्युको पुष्टि गरेका छौँ ।” अन्य ४१ जना घाइते भएका र उनीहरूलाई अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

मारिनेमा पाँच पेरुभियाली र तीन वर्षीया जर्मन बालिकासहित छ जना विदेशी नागरिक थिए । अन्य सात नाबालकको पनि मृत्यु भएको छ । दुर्घटना शनिबार बिहानै एक साँघुरो दुईतर्फी सडकमा भएको थियो ।

यस सप्ताहन्तमा आयोजना हुने ओरुरो कार्निभलका लागि एउटा बस ओरुरो सहरतर्फ जाँदै थियो । ओरुरो कार्निभल दशौँ हजार मानिसलाई आकर्षित गर्ने ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो उत्सवहरू मध्ये एक हो ।

पोटोसी अभियोजक गोन्जालो अपारिसियोले राज्य–सञ्चालित समाचार एजेन्सी एबिआईलाई एक बसका चालकले मदिरा सेवन गरेको र तीव्र गतिमा विपरीत लेनमा पुगेर आउँदै गरेको सवारीसँग ठोक्किएको बताए । “हालसम्म थाहा भएअनुसार एक बसका चालक मादक पदार्थको प्रभावमा थिए”, उनले भने ।

यसअघि एक अधिकारीले गम्भीर अवस्थामा दुर्घटनाबाट बाँचेका एक चालकको ‘रक्सीको गन्ध’ भएको र त्यसैले रक्त परीक्षण गरिएको बताए । बोलिभियाका घुमाउरो पहाडी सडकहरू अत्यन्तै घातक मानिन्छन् । सरकारी तथ्याङ्कअनुसार करिब १ करोड २० लाख जनसङ्ख्या भएको देशमा सडक दुर्घटनाबाट हरेक वर्ष औसत १ हजार चार सय जनाको मृत्यु हुने गरेको छ ।

बोलिभियन अब्जरभेटरी अफ सिटिजन सेक्युरिटीका अनुसार दक्षिण अमेरिकी यस देशमा मृत्यु भएका सबै ट्राफिक दुर्घटनाहरूको १०.६ प्रतिशत पोटोसीमा हुने गर्छ ।

प्रहरी प्रतिवेदनअनुसार शनिबारको ठक्करअघि यस वर्ष पोटोसीमा मात्र ६४ व्यक्तिको ट्राफिक दुर्घटनामा मृत्यु भएको थियो । दक्षिणी बोलिभियामा यात्रु बस आठ सय मिटर गहिरो खोलामा खस्दा कम्तीमा ३० जनाको मृत्यु भएको दुई हप्ताभन्दा पनि कम समयमा शनिबारको दुर्घटना भएको हो ।

यो दुर्घटना पोटोसी र ओरुरो सहरबीचको एक साँघुरो दुईतर्फी सडकमा भएको थियो । यहाँ बाटो लगभग आधा माइल गहिरो खोँचको किनारैकिनार लगेको छ । अधिकारीहरूका अनुसार दुर्घटना सम्भवतः अति गतिका कारण भएको थियो र चालकले बसलाई नियन्त्रण गर्न सकेका थिएनन् ।

जनवरीमा पोटोसी नजिकैको सडकबाट बस पल्टिँदा थप उन्नाइस जनाको मृत्यु भएको थियो । त्यस दुर्घटनामा चालकलाई खतरनाक ड्राइभिङका कारण मृत्यु भएको शङ्कामा गिरफ्तार गरिएको थियो ।

भारतको हिमपहिरो स्थलमा उद्धार कार्य तेस्रो दिनमा प्रवेश

देहरादुन (भारत)। भारतीय उद्धारकर्ताहरू आइतबार शून्यभन्दा तल तापक्रममा हिमपहिरोद्वारा पुरिएका मानिएका चार हराइरहेका कामदारलाई खन्न हतारिएका छन् । त्यहाँ हिमपातले अझै बढी हिउँ खस्ने जोखिम बढाइरहेको छ ।

अधिकारीहरूका अनुसार शुक्रबार उत्तराखण्ड राज्यको तिब्बतसँगको सीमा नजिकै एक निर्माण शिविरमा हिमपहिरो गएपछि ५० भन्दा बढी कामदार हिउँ र भग्नावशेषमा पुरिएका थिए ।

राहत टोली ५० कामदारलाई उद्धार गर्न सफल भएको छ तर तिनीहरू मध्ये चार जनाको पछि चोटका कारण मृत्यु भएको छ ।

राज्य अधिकारीहरूले शनिबार रातिदेखि हिमपहिरोपछि हराइरहेका मानिसहरूको सङ्ख्या पाँचबाट घटाएर चार गरेका छन् । पहिले पुरिएको विश्वास गरिएका एक कामदार सुरक्षित रूपमा घर फर्किएको पाइएको छ ।

उक्त व्यक्ति शुक्रबारको हिमपहिरोमा पुरिएका थिए कि थिएनन् भनेर अधिकारीहरूले विवरण प्रदान गरेनन् वा भनेनन् ।

राज्य प्रकोप राहत टोलीले हिमपहिरोको समयमा कामदारहरू बसिरहेका सबै स्टिल कन्टेनरहरू फेला परेको तर त्यहाँभित्र कोही पनि नभएको बताएको छ ।

उद्धारकर्ताहरूले आफ्नो प्रयासमा सैनिक हेलिकप्टर, ड्रोन र खोज कुकुरहरू प्रयोग गरेका छन् र सैनिकहरूले हराइरहेका मानिएका चार कामदार पत्ता लगाउन भूमि प्रवेश गर्ने राडार प्रयोग गर्ने तयारी गरिरहेका छन् ।

राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले निरन्तर हिमपातका कारण उच्च जोखिम क्षेत्रहरूबाट अन्य कामदारलाई सुरक्षित स्थानमा सार्न अधिकारीहरूलाई निर्देशन दिनुभएको टाइम्स अफ इन्डिया अखबारले आइतबार बताएको छ ।

हिमपहिरो गएको क्षेत्रमा तीन हजार दुई सय मिटरभन्दा बढी उचाइमा न्यूनतम तापक्रम माइनस १२ डिग्री सेल्सियससम्म पुगेको थियो ।

हिमालयको माथिल्लो भागमा विशेष गरी हिउँदको मौसममा हिमपहिरो र पहिरो सामान्य हुन् ।

वैज्ञानिकहरूले जलवायु परिवर्तनले मौसमका घटनाहरूलाई अझ गम्भीर बनाइरहेको बताएका छन् भने नाजुक हिमाली क्षेत्रहरूमा विकासको बढ्दो गतिले पनि वनविनाश र निर्माणको परिणामको बारेमा चिन्ताहरू बढाएको छ ।

सन् २०२१ मा उत्तराखण्डमा एउटा ठूलो हिमनदीको भाग नदीमा खसेपछि आएको बाढीका कारण लगभग एक सय जनाको मृत्यु भएको थियो ।

साथै सन् २०१३ को विनाशकारी मनसुनी बाढी र पहिरोमा छ हजार मानिसको मृत्यु भएको थियो र यसले राज्यमा विकास परियोजनाहरूको समीक्षा गर्न आह्वान गराएको थियो । 

बजेट अभावमा गैँडा गणना अन्योलमा

चितवन । हरेक पाँच–पाँच वर्षमा गरिने गैँडा गणना बजेट अभावमा अन्योलमा परेको छ । दाताहरूको भरमा गणना गरिँदै आएकोमा यस वर्ष बजेट अभाव भएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले निकुञ्जसँग काम गर्ने विभिन्न निकायसँग सहकार्य गरेर गैँडा गणना गर्दै आएका छन् । विभागका इकोलोजिस्ट तथा सूचना अधिकारी हरिभद्र आचार्यका अनुसार युएसएआइडीको जल जंगल परियोजनाले गैँडा गणनामा आवश्यक सामग्री खरिद गर्ने सहमति भएकामा कार्यक्रम स्थगित भएपछि गणना प्रभावित भएको हो । परियोजनाले सूचना जारी गरी सामग्रीहरू खरिद प्रक्रियासमेत अघि बढाइसकेको थियो ।

निकुञ्जभित्र गणनाका क्रममा आवश्यक जिपिएस उपकरण, ल्यापटप, खाना पकाउने ठुला भाँडाहरु, टेन्टलगायतका बन्दोबस्तीका सम्पूर्ण सामग्रीको खर्च सोही परियोजनाले व्यहोर्ने भएको थियो । ‘परियोजनाले रु. ५० लाखबराबरको सामग्री दिने तयारी थियो । गणना सम्पन्न गर्न एक करोड ५० लाख हाराहारी बजेट खर्च हुने अनुमान गरिएको छ,’ उनले भने ।

जलजंगलसँगै विश्व वन्यजन्तु कोष नेपाल, जेडएसएल नेपाल, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायतका संघ संस्थासँगको साझेदारीमा गणना गर्ने तयारी गरिएको थियो । उनका अनुसार आगामी चैतभित्रमा गणना गरिसक्नुपर्ने हुन्छ । चैत ५ गतेदेखि २५ गतेसम्म गणना गरेर वैशाखको पहिलो साता नतिजा सार्वजनिक गर्ने तयारी गरिएको थियो । उनले भने, ‘चैत महिना कटेपछि गणना गर्न सकिँदैन । कम्तीमा १० दिन पूर्वतयारी गर्नुपर्छ ।’ अन्तिम समयमा आएर दातृ निकायको कार्यक्रम अन्योलमा परेपछि विभागको गणना कार्यक्रम प्रभावित हुने देखिएको उनले बताए ।

विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलले दाताको सहयोगको अन्योलले अन्तिम तयारीका वेला गणना प्रभावित बनेको बताए । यस विषयमा मन्त्रालयमा छलफल गरेर बजेट प्राप्त हुन सकेमा काम हुने अन्यथा स्थगन गर्न बाध्य हुने उनको भनाइ छ ।

आउँदो वर्ष बाघ गणना गर्नुपर्ने हुन्छ । दुवै कार्य एकैपटक सम्भव नहुने भएकाले यस वर्ष गैँडा गणना गर्न सकेमा अर्को वर्ष बाघ गणना गर्न सहज हुने उनको भनाइ छ ।

गैँडाको अनुगमन भइरहेको भए पनि यकिन तथ्यांक र अवस्था पत्ता लगाउन गणना गर्ने गरिन्छ । सन् २०२१ मा गैँडा गणना गरिएको थियो । गणनासँगै कुन क्षेत्रमा कति गैँडा छन् यकिन हुने र व्यवस्थापनमा सहज हुन्छ ।

चितवन, पर्सा, बर्दिया र शुक्ला फाँटामा राष्ट्रिय निकुञ्जमा एकसिंगे गैँडा छन् । तीमध्ये सबैभन्दा बढी चितवनमा छन् । सन् २०२१ को गणनाअनुसार नेपालमा गैँडाको संख्या ७५२ पुगेको छ । एकसिंगे गैँडाको संख्या सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ रहेको छ ।

नेपालमा सन् १९५० मा ८००, सन् १९५५ मा ४००, सन् १९६० मा ३००, सन् १९६५ मा १००, सन् १९७० मा १०८, सन् १९७५ मा १४७, सन् १९८० मा ३१०, सन् १९८५ मा ३१०, सन् १९९० मा ३५८, सन् १९९५ मा गैँडा ४६६ रहेको विभागको तथ्यांक छ । यसैगरी सन् २००० मा ६१२, सन् २००५ मा ४०९, सन् २०१० मा ४३५ र सन् २०१५ मा ६४५ पुगेको थियो । 

भुइँमान्छेबाट सशक्त राष्ट्रिय नेतृत्व

-सूर्य थापा 
जुनसुकै देशले प्रगतिको सही बाटो पक्रेर अघि बढ्न बलियो, सुझबुझयुक्त र विशिष्ट नेतृत्वको खाँचो पर्छ । चीनमा माओत्सेतुङ, देङ सियाओ पिङ र हाल सी जिङपिङ, रुसमा लेनिन, स्टालिन र हाल पुटिन, भारतमा महात्मा गान्धी, नेहरू र हाल नरेन्द्र मोदी, अमेरिकामा क्लिन्टन, ओबामा र हाल ट्रम्पको उदय तथा नेतृत्वलाई ती देशको यही आवश्यकताको कसीमा हेर्ने गरिएको पाइन्छ । नेपालमा निर्विवाद रूपमा भन्न सकिन्छ, टङ्कप्रसाद आचार्य, बिपी कोइराला, पुष्पलाल, मदन भण्डारी, गणेशमान सिंह, मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइराला र हाल प्रधानमन्त्रीका रूपमा केपी शर्मा ओली त्यसप्रकारको राष्ट्रिय धुरी व्यक्तित्वका रूपमा स्थापित हुनुहुन्छ । एक समय उहाँलाई लक्षित गर्दै एक आलोचक कित्ताका लेखकले नै ‘यो देशमा म एउटा ‘ली क्वान यू’ खाजिरहेछु…’ भनेर लेखेका थिए । (मगर : २०७५) प्रधानमन्त्री ओली ली क्वान युको नेपाली संस्करण बनून् भन्ने आम नेपालीको अपेक्षा छ भन्ने उनको निष्कर्ष थियो । यद्यपि प्रधानमन्त्री हुँदैमा वा नहुँदैमा सक्षम नेतृत्वको कसी र मूल्याङ्कनमा खासै फरक पर्दैन । 


१. भुइँमान्छेबाट राष्ट्रिय नेतृत्व 

नेपाली राजनीतिमा नेता त हजारौँ–लाखौँ क्रियाशील छन् । तर, नेताहरूमध्येका पनि नेता वास्तवमा उहाँ अर्थात् प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ । पदको भारीले होइन, विचार, समर्पण, अध्ययन, वक्त्तृत्वकला, नेतृत्वकला, दूरदर्शिता र प्रभावकारी नेतृत्वका दृष्टिले समकालीन नेपाली राजनीतिमा उहाँ मियो व्यक्तित्वका रूपमा स्थापित हुनुहन्छ । २०७२, २०७४, २०७८ र २०८१ गरी चार पटक मुलुकको कार्यकारी प्रमुखको नेतृत्व सम्हाल्दा/सम्हालिरहँदा उहाँले राष्ट्रिय जीवनमा आफ्नो भिन्न प्रभाव र छविका साथ कार्यसम्पादन गर्नुभएको तथ्य स्पष्ट छ । 


विसं २००८ फागुन ११ गते तेह्रथुमको इवामा सामान्य किसान परिवारमा जन्मिनुभएका उहाँले बाल्यकालमै आमा मधुमाया ओलीलाई गुमाउनुप¥यो । त्यसपछि हजुरआमा राममाया र बुबा मोहनप्रसाद ओलीले उहाँको लालनपालन गर्नुभयो । अत्यन्त तीक्ष्ण र जेहेनदार विद्यार्थीका रूपमा उहाँले जन्मस्थल तेह्रथुम र बसाइँसराइपछि झापामा आफ्नो पठनपाठन अघि बढाउनुभयो । एसएलसी उत्तीर्ण गर्दा–नगर्दै झापा विद्रोहको राप, ताप र प्रभावले नेपाली कम्युनिस्ट आन्दोलनमा जोडिएर त्यसयता आजीवनजस्तै क्रियाशील रहनुभएको छ– अविराम, अविचल र अनवरत । 


२८ वर्षअघि मैले उहाँको व्यक्तित्वका बारेमा ‘आइरन टङ्ग, आइस स्ट्यान्ड !’ शीर्षकमा लेखेको थिएँः 
‘केपी शर्मा ओली नेकपा (एमाले) भित्र वैचारिक सङ्घर्षमा सक्रिय नेताका रूपमा चर्चित हुनुहुन्छ । झापा सङ्घर्षलाई उग्रवामपन्थी भड्काव भनेर उहाँले त्यतिबेला नै आफ्नो अभिमत राख्नुभएको थियो । २०३० साल असोज २३ गते रौतहटको गौरबाट पक्राउ परेपछि ओलीलाई ‘खतरनाक कम्युनिस्ट’को अभियोगका साथ १४ वर्ष लामो जेल सजाय र अमानुषिक यातनाको शिकार बनाइयो । उहाँलाई चार महिनाभन्दा बढी समयसम्म प्रहरी हिरासतमा नियमितजस्तै कुटिन्थ्यो । गोलघरको कालकोठरीमा उहाँ चार वर्षभन्दा लामो नारकीय जीवन बिताउन बाध्य हुनुभयो । उहाँ नेपालका एकतिहाइ जेलहरूमा राजबन्दीका रूपमा बस्नुभएको र २५ पटक भन्दा बढी उहाँलाई जेल सरुवा गरिएको थियो । नख्खु, भद्रगोल, वीरगञ्ज, स्याङ्जा, पोखरा र गौर आदि जेलहरूमा उहाँ कहाँ बस्नुभएन र ? तर, अचम्मको कुरा, भद्रगोल जेलको कालकोठरीमा रहेका बखत उहाँको पार्टी सदस्यता नै खारेज गरिएको थियो । अर्थात्, झापा आन्दोलनलाई उग्रवामपन्थी भड्काव भनेबापत त्यसै आन्दोलनको सिलसिलामा बलिदानीमा चढ्न तम्सिनुभएका ओलीको पार्टी सदस्यता नै खारेज गरिँदा पनि उहाँ आफ्नो अडानमा दृढ रहनुभयो । निरन्तर उग्रवामपन्थविरुद्ध सम्झौताहीन सङ्घर्षमा डटिरहनुभयो । कालान्तरमा पार्टीले झापा आन्दोलनलाई उग्रवामपन्थी गल्ती भनेर स्वीकार गर्‍यो । अनि, एउटा गम्भीर वैचारिक सङ्घर्षमा उहाँ पहिलो पटक विजयी हुनुभयो ।’ (थापाः २०५३) 


गृहमन्त्रीका रूपमा २०५१ सालको पहिलो कम्युनिस्ट सरकारमा उहाँले आफ्नो राजकीय नेतृत्व–कौशल सबैले देख्नेगरी प्रस्तुत गर्नुभयो । उहाँको कार्यकालअघि झ्यालबाट सडकतिर हेरिरहेका नाबालक अनिश शाक्य लगायत दर्जनौँ व्यक्तिहरूले ‘प्रजातान्त्रिक सरकार’को आदेशमा गोली खाएर जीवन आहुति दिनुपरेको थियो । तर, ओलीको गृहमन्त्रीकालमा अकारण र अनाहकमा ‘लाठीचार्ज, अश्रुग्यास, हवाई फायर वा नागरिकलाई ताकीताकी गोली चलाउने’ जस्ता पूर्ववर्ती सरकारको रवैया कहीँकतै देख्नुपरेन । सरकार जनताको रक्षक हो भन्ने दृष्टान्त उहाँले व्यवहारतः देखाइदिनुभयो । 


नेकपा (एमाले) का अध्यक्ष मनमोहन अधिकारी नेतृत्वको उक्त सरकार नौ महिना मात्रै चल्यो । त्यसलाई बहुमतमा पुर्‍याउन राष्ट्रिय प्रजातन्त्र पार्टी समर्थन गर्न तयारै थियो । 


उहाँले सरकार टिकाउन प्रस्तुत गर्नुभएको विकल्पलाई पार्टीका केही नेताहरूले मानेको भए सायद मनमोहन अधिकारी नै पूरा अवधि प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले त्यसबखत राप्रपाका केही सांसदहरूलाई सामान्य वा कम महत्वका केही मन्त्रालयहरू दिएर अघि बढ्नु सरकारका निम्ति सुरक्षित हुने उपाय सुझाउनुभएको थियो । तर, समयमै त्यस विकल्पलाई सही ठानिएन, स्विकारिएन । त्यसो गर्नुलाई ‘प्रतिगामी’ गल्ती देख्ने र भन्ने नेताहरू नै पछि राप्रपाको ढोका ढक्ढकाएर लोकेन्द्रबहादुर चन्दलाई प्रधानमन्त्रीको कल्की भिरिदिनु भन्दै हिँडेको विरोधाभासपूर्ण व्यवहार देखियो । खासमा यो ओलीको अर्को वैचारिक विजय थियो । (थापाः २०५३)


उहाँको व्यक्तित्व भनेको एक्लै हुँदा पनि सही विचारको पक्षमा चट्टानी अडान राख्न सक्नु हो । उहाँ सत्यसँग नजुध्ने र शक्तिसँग नझुक्ने विशेष धातुले बनेको असधैाँरण व्यक्तित्व हुनुहुन्छ । 


चौध वर्ष लामो कष्टसाध्य जेल जीवनबाट उन्मुक्ति पाएपछि उहाँ लुम्बिनी अञ्चलको पार्टी प्रमुखको जिम्मेवारीमा खटिनुभयो । २०४६ सालको जनआन्दोलनभरि लुम्बिनीकै भौगोलिक कार्यक्षेत्रमा नेतृत्व प्रदान गर्नुभयो । तर, यहाँनिर एउटा विशेष मोडको चर्चा हुनैपर्छ– नेपाली काँग्रेसको नेतृत्व पहिले कहिल्यै कम्युनिस्ट पार्टीसँग सहकार्यको निम्ति तयार थिएन । पञ्चायती शासनको ३० वर्ष भोगिसक्दा र नेपाली काँग्रेसका संस्थापक धरोहर बीपी कोइरालाको निधन भएपछिको अवस्थामा मूलतः गणेशमान सिंहको सुझबुझका कारण वाम मोर्चा र नेपाली काँग्रेसबिच कार्यगत एकता भई सहकार्यमा संयुक्त जनआन्दोलन आह्वान गरियो । सफल पनि भयो । यसमा गणेशमान सिंह र मदन भण्डारीको घनिष्ट संवाद अनि ओलीसहितका नेताहरूको मदन भण्डारीलाई रहेको साथले विशेष भूमिका खेलेको थियो । 


२०४७ साल जेठ १ गते ३९ वर्षीय ओलीको नेतृत्वमा प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ नेपाल (प्ररायुसङ्घ नेपाल) स्थापना भयो, जो आज राष्ट्रिय युवा सङ्घका रूपमा क्रियाशील छ । २०४६ को चौथो र २०४९ को पाँचौँ राष्ट्रिय महाधिवेशनमा जनताको बहुदलीय जनवादको अवधारणा र व्यवस्थित कार्यक्रम नै स्थापित गर्न उहाँले निरन्तर मदन भण्डारीको साथमा रहेर योगदान गर्नुभयो । २०४८ सालको आमनिर्वाचनमा पार्टीको चुनावी घोषणापत्रको मस्यौदा उहाँकै नेतृत्वमा गरिएको थियो । पार्टीको उम्मेदवारका रूपमा ‘२० रूपैयाँ’ खल्तीमा बोकेर काठमाडौँबाट प्रस्थान भएपछि झापाबाट लोकप्रिय मतका साथ निर्वाचित भएर काठमाडौँ आउँदा पनि त्यति रकम खर्च नभई जोगिएको थियो ! 


विसं २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ गरी ६ पटक उहाँ ३३ वर्षमध्ये २८ वर्ष झापाबाट प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको छ । २०६४ मा देखापरेको माओवादी ‘डढेलो’मा परी उहाँ समेत पराजित हुनुपर्‍यो । तर, निर्वाचित जनप्रतिनिधिका रूपमा उहाँको निरन्तरजसो नै जनअनुमोदन देख्न सकिन्छ । 

विसं २०५३ मा महाकाली नदीको एकीकृत विकाससम्बन्धी सन्धिको अध्ययन गर्न संसदीय दलले उहाँको नेतृत्वमा अध्ययन कार्यदल गठन गर्यो । त्यसै कार्यदलले पहिलो पटक ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा भारतीय अतिक्रमण र कब्जा’ रहेको तथ्योद्घाटन गरेको थियो । खासमा उहाँलाई उक्त तथ्य सार्वजनिक नगर्न भयानक दबाब थियो । तर, उहाँले राष्ट्रिय हित र स्वाभिमानविरुद्ध जोसुकैका  त्यस्ता अनुचित दबाबलाई वास्ता गर्नुभएन । पार्टीको ह्वीप उल्लङ्घन, फ्लोरक्रस गरी जनताका बिचमा स्थापित नेकपा (एमाले) लाई विभाजित गर्ने कार्यको बिजारोपण त्यतिबैलै गरियो । पार्टीभित्र कथित ‘राष्ट्रवादी’ र ‘राष्ट्रघाती’ भन्ने कपटपूर्ण र कृत्रिम विभाजन गर्ने कार्य भयो । त्यसै उद्देश्यका साथ उहाँविरुद्ध अनेक प्रपञ्च र दुष्प्रचारको थालनी गरियो । त्यतिबेलाका कैयन् व्यक्तिले भनेजस्तो महाकाली सन्धि नेपालको अहित र भारतीय हितमा थियो भने आजसम्म त्यसको कार्यान्वयन किन भएन भन्ने अहम् प्रश्न छ । खासमा नेपाल र भारत दुवै देशको हितमा भएकाले नै आज तीन दशक बितिसक्दा समेत उक्त सन्धि कार्यान्वयनमा कुनै प्रगति हासिल भएको छैन । यस परिप्रेक्ष्यमा उहाँको अध्ययनकै तथ्य, मन्त्रीपरिषद्को निर्णय र संसद्को प्रायः सर्वसम्मतिमा पछि २०७७ सालमा नेपालको नयाँ नक्सा प्रकाशन र निशान छापमा समावेश गर्नेगरी ऐतिहासिक निर्णय र अनुमोदन पनि भएको छ । 


‘हिमाल, पहाड, तराई : कोही छैन पराई’ यो उहाँको राष्ट्रिय एकतामा आधारित स्पष्ट अवधारणा हो । सामाजिक सहिष्णुता, समानता, सामाजिक न्याय र एकता उहाँको मूलमन्त्र हो । एकल जातीय पहिचान र जातीय अहंकार होइन, मिश्रित सामाजिक र जनसाङ्ख्यिक बनोटमा आधारित राज्यको नयाँ संरचना उहाँकै जोडका कारण सम्भव भयो । अशोककुमार राईको नेतृत्वमा नेकपा (एमाले) ले पार्टी विभाजनको मूल्य चुकाएरै भए पनि संविधानसभाबाट नयाँ संविधान र राज्यको नयाँ पुनःसंरचना संस्थागत गरेको छ । 


हिंसविरुद्ध लड्दा एमालेले आफ्ना ३०० भन्दा बढी होनाहार नेता, कार्यकर्ताहरू अनाहकमा गुमाउनुपर्‍यो । यदुकुमार गौतम, चक्रबहादुर डगौरा चौधरी लगायतको बलिदानले मात्र नपुगेर हिंसा, सामाजिक फासीवाद र आतंकविरुद्ध कमरेड केपी शर्मा ओलीले हिम्मतका साथ गर्नुभएको कठोर चुनौतीपूर्ण सङ्घर्षको परिणाम– 


‘बन्दुकको नालबाट सत्ता जन्मन्छ’ भन्दै ‘जङ्गल र भारत’ पसेकाहरूको शान्ति सम्झौता, सेना समायोजन र संसदीय मूलधारमा आगमन अनिवार्य र सम्भव भयो । सही समयमा, सही मुद्दामा उहाँको यस्तै अगुवाइका कारण बन्दुकको छायाँमा संविधानसभाको चुनाव र नयाँ संविधान निर्माणको दुराशय पूरा हुन सकेन । घुमिफिरी रुम्जाटार भनेजस्तो २०५१ सालमा संसद्बाट बाहिरिएका माओवादीहरू २०६३ सालमा संसद्मै आइपुग्न बाध्य भए । १२ वर्षमा खोलो पनि फर्किन्छ भनेको सायद यस्तै घटना र परिघटनाहरूका निम्ति भनिएको थियो होला । 


‘मधेस स्वराज’को नारा उराल्दै ‘एक मधेस, एक प्रदेश’को पक्षमा मच्चाइएको ताण्डव नृत्य सामान्य थिएन । २०६३ सालमा अन्तरिम संविधान जारी भएलगत्तै संविधानसभाको चुनावलाई ‘मधेस कार्ड’का रूपमा दुरुपयोग गर्न खोजिएको थियो । पहाडीविरुद्ध मधेसी जुधाउने ‘पराईको षड्यन्त्र’ले यसमा काम गरेको थियो । मधेसीलाई विदेशीका रूपमा देख्ने वा मधेसको उन्नति र विकासलाई पृथकतावादको औचित्यसँग जोडेर अर्थ लगाउने कोसिस समेत नभएका होइनन् । रामचन्द्र झासहितका कतिपय मधेसी नेताहरू पार्टीबाट बाहिर र विरोधी कित्तामा उभिन पुग्दा समेत उहाँले तराई, पहाड र हिमालको अन्तरनिर्भरता र अभिन्नतालाई सदैव उच्च महत्व दिनुभयो । तराईको विकासलाई गुलजार बनाउने कार्य ‘मधेस विरोधी’का रूपमा ‘ट्याग’ भिराएर दुष्प्रचारको कुहिरीमण्डल सिर्जना गर्नेहरूकै अगाडि उहाँले पहिलो पटक प्रधानमन्त्री बनेपछि व्यवहारतः सबैका सामु योजनाबद्ध प्रयास र बजेट विनियोजनको दृष्टान्त प्रस्तुत गर्नुभयो ।

विदेशीको चाहनामा सरकार बन्ने वा ढाल्ने, अझ संविधान नै विदेशीले नचाहेसम्म जारी नगर्न दबाब दिने रवैयविरुद्ध उहाँले आफूलाई निरन्तर र अविचल रूपमा उभ्याउनुभयो । संविधानसभाबाट देशको संविधान जारी गरेबापत एउटा छिमेकीले नाकाबन्दी गर्नु आश्चर्यजनक प्रतिक्रिया थियो । दुनियाँमा यस्तो भएको विरलै उदाहरण पाइन्छ । तर, उहाँले विदेशी वा छिमेकीका लागि ‘कम्फर्टेबल’ सरकार बनाउने वा चलाउने प्रवृत्तिविरुद्ध सदासर्वदा सङ्घर्ष गर्नुभएको छ । सीमापारि बसेर माृतभूमितर्फ ढुङ्गा हान्नेहरूलाई उहाँले कहिल्यै राम्रो मान्नुभएन । विदेशीको काखमा लुटपुटिन, विदेशीको हितका पक्षमा उभिएर भित्रभित्रै तिनका विभिन्न निकायमा लिखित निवेदन दिने तर बाहिर सुरुङ युद्धको हुँकार गर्नेहरूका राष्ट्रहित विपरीतका रवैयविरुद्ध पनि निरन्तर लड्नुभयो । छिमेकीको आधिकारिक प्रतिनिधि भएर  गुप्तचर प्रमुख सामन्त गोयल आउँदा भएको भेटलाई उहाँले गुपचुप नराखी दुनियाँको सामु सार्वजनिक गरेर जानकारी गराउनुभयो । यस किसिमको पारदर्शी व्यवहार कोही प्रधानमन्त्रीले आजपर्यन्त प्रदर्शन गर्नसकेको दृष्टान्त पाइँदैन ।


विसं २०७१ असार–साउनमा सम्पन्न पार्टीको नवौँ राष्ट्रिय महाधिवेशनबाट नेकपा (एमाले) को अध्यक्षमा उहाँ निर्वाचित हुनुभयो । अत्यन्त बिरामी अवस्थामा पार्टीको नेतृत्व सम्हाल्नुअघि उहाँले २०७० माघमा संसदीय दलको नेतामा बहालवाला पार्टी अध्यक्ष झलनाथ खनाल र उहाँको साथमा मोर्चाबद्ध माधवकुमार नेपाललाई एकसाथ २३ मतको अन्तरले पराजित गरिसक्नुभएको थियो । नवौँ महाधिवेशनमा फेरि त्यही मोर्चाबन्दीमा बनेको ‘प्यानल’ निर्वाचनमा प्रत्यासी भएर १६ वर्ष पार्टी प्रमुख रहिसक्नुभएका माधवकुमार नेपाललाई पराजित गरेर मात्रै उहाँ पार्टीको मुख्य नेतामा स्थापित हुनुभएको दृष्टान्त यहाँ विशेष उल्लेखनीय छ । जब कि उहाँभन्दा अघि या त आफैँले स्थापना गरेर (को–अर्डिनेसन केन्द्र/नेकपा (माले) को स्थापना) या केन्द्रीय कमिटीले प्रस्ताव गरेर (चौथो, पाँचौँ, छैटौँ, सातौँ र आठाैँ महाधिवेशनमा समेत) पार्टीको मुख्य नेता चयन गरिएका अभ्यासहरू थिए । तर, उहाँको हकमा शक्ति बाँडफाँट (पावर सेयरिङ) वा केन्द्रीय कमिटीको तर्फबाट प्रस्ताव गरी नेतृत्वमा स्थापित गर्नेजस्ता कार्य कहिल्यै भएको पाइँदैन । बरु महाधिवेशनको हलमा प्रत्यक्ष निर्वाचन लडी जितेर मात्रै उहाँलाई मुख्य नेतृत्वको जिम्मेवारी प्राप्त हुनसक्यो । २०५० जेठ ३ गतेको दासढुङ्गा हत्याकाण्डपछि माधवकुमार नेपालले १६ वर्ष नेतृत्व गर्दागर्दै २०६४ को संविधानसभा निर्वाचनमा लज्जास्पद पराजय भोग्नुपरेको सङ्कटपूर्ण अवस्थामा समेत पहिले र पछि गरी झलनाथ खनाल १४ वर्ष नेकपा (माले) र नेकपा (एमाले) को मुख्य नेता रहिसक्नुभएको थियो । तर, ओलीले सधैँ अरूलाई नेतृत्वमा स्थापित गर्ने भूमिका खेल्नुभयो, उहाँलाई समकालीनहरूले कहिल्यै मुख्य नेतृत्व सुम्पिने जरुरी ठानेको देखिएन । उहाँ कार्यकर्ताको बल र लोकप्रियतामा उभिएर प्रतिस्पर्धाको माध्यमबाट अरूबाट खोसेर मात्रै नेतृत्व हासिल गर्न सफल हुनुभयो । यसरी नेतृत्व निर्माणका हिसाबले पनि उहाँ अरूभन्दा भिन्न अभ्यासबाट मात्रै पार्टीको मुख्य नेतामा स्थापित हुनुभयो । 

२. बक्ररेखाको नेतृत्व अभ्यास  

मैले मनमोहन अधिकारीसँग २०५६ सालमा नजिकको सम्बन्धमा रही काम गर्ने अवसर पाएको थिएँ । माधवकुमार नेपाल, झलनाथ खनाल, भरतमोहन अधिकारी, ईश्वर पोखरेल, प्रदीप नेपाल, प्रदीप ज्ञवाली, रघुजी पन्त र वामदेव गौतमसँग निकट रहेर विभिन्न जिम्मेवारीहरू बहन गरेँ । त्यस क्रममा सबैका आ–आफ्नै विशेषता र नेतृत्व शैलीको अनुभव गरेको छु । केपी शर्मा ओलीसँग सायद सबैभन्दा धेरै अन्तर्वार्ता (करिब दुई दर्जन) मैले गरेको छु । उहाँले पार्टीभित्र अल्पमतमा पर्दा जमेर सङ्घर्ष गर्नुभयो, देशभरि आफ्नो छुट्टै सञ्जाल पनि सञ्चालन गर्नुभयो । पार्टी नेतृत्वले उहाँलाई संस्थागत रूपमै जिल्ला–जिल्ला र कार्यकर्ताको बिचमा पुग्नबाट नियन्त्रण समेत गर्ने गर्‍यो । केन्द्रीय सचिवालयबाट अनुमति लिएर मात्रै प्रमुख अतिथि तोकिने अभ्यास खासमा उहाँलक्षित नै थियो । तर, त्यसले पनि उहाँलाई खासै नियन्त्रण गर्नचाहिँ सम्भव भएन । 


उहाँ जसरी र जुन प्रक्रियाबाट नेतृत्वमा स्थापित हुनुभयो, विगत १० वर्षयता केन्द्रीय कमिटीमा सँगै रहेको अनुभवका आधारमा मलाई लागेको छ– उहाँको नेतृत्व सरल, नियमित र साधारण ढङ्गको मात्रै छैन । बाङ्गोटिङ्गो बाटोमा कहिले झ्याप्प ब्रेक लगाएजस्तो गरेर त कहिले बेगवान् गतिमा कुँदेर मात्रै उहाँलाई हरेक नेता–कार्यकर्ताले पछ्याउन सम्भव हुन्छ । रातभरि काम गर्नसक्ने, दैनिक १८ घण्टा काममा सक्रिय हुनसक्ने, शान्त नभएर सदैव अशान्त आँधीबेहरीको गति र परिवेशमा अभ्यस्त हुन नसक्ने हो भने उहाँसँग टिक्नै सम्भव हुँदैन । चाहे काँकडभिट्टा–कञ्चनपुर–सुर्खेत (मेची–महाकाली राष्ट्रिय अभियान) होस् अथवा पुष्पलाल लोकमार्ग केन्द्रित (झुलाघाट–चिवाभञ्ज्याङ) समृद्धिका लागि सङ्कल्प यात्रा होस् – यी असामान्य अभियान र जनपरिचालन उहाँको नेतृत्वकालमा आयोजना भएका छन् । उहाँ हरेक व्यक्तिलाई अल्छीपन, आलस्य र ढिलासुस्ती होइन, जागृत, सचेत र सक्रिय तनमन र मस्तिष्कमा आफूजस्तै अहोरात्र क्रियाशील गराउन सधैँसधैँ प्रयत्नशील देखिनुहुन्छ । हिँडिरहेको गाडी रोकेजस्तै, बसिरहेको बथान कुदाएजस्तै गरी उहाँ कहिले के गर्नुहुन्छ ? खासमा धेरैलाई अत्तोपत्तो नै हुँदैन । सम्बन्ध, सम्पर्क र भेटघाटमा उहाँको हकमा कुनै कार्यतालिकाले काम गर्दैन । पद, ओहदा र दज्र्यानीको कारणले पनि सम्बन्धलाई फरक पार्दैन । सामान्य मान्छेसँग उहाँको घण्टौँ समय बित्छ र कहिलेकाहीँ जरुरी भेटघाटलाई नै समय मिलाउन हम्मेहम्मे परेको अनुभव हुन्छ । उहाँ अरूको विश्लेषण, धारणा र सापटी विचारको आधारमा नभएर आफ्नै ‘एन्टीकरेन्ट’ (अलग) दृष्टिकोणका साथ सक्रिय हुनुहुन्छ । सम्भवतः यही स्थितिलाई विश्लेषण गरेर उहाँलाई प्रधानमन्त्रीको कुर्सीमा विराजमान हुँदा कतिपय विश्लेषकहरूले ‘विद्रोही’ प्रधानमन्त्रीका रूपमा पनि प्रस्तुत गर्ने गरेको पाइन्छः 


‘प्रायः विद्रोह जनताले गर्छन्’ ओलीको सन्दर्भमा त्यो कुरा मिल्दैन । कहिलेकाहीँ ओलीले जनतविरुद्ध विद्रोह गर्छन् । पहिलो संविधानसभा निर्वाचनमा पराजित भएपछि उनले दिएको अभिव्यक्ति रोचक छ । झापाबाट काठमाडौँ फर्कने क्रममा उनले पत्रकारलाई प्रतिक्रिया दिएका थिए, ‘जनताले गल्ती गरेकाले पराजित भएँ । जनताले यो कुरा महसुस गर्नुपर्छ । आगामी निर्वाचनमा सच्याउने छन् ।’ यो उनको जनताप्रति ‘साइलेन्ट’ विद्रोहको अभिव्यक्ति थियो । जति पराजित भए पनि कहिल्यै नझुक्ने स्वभाव ओलीमा देखिन्छ । (बीसी: २०७७)


उहाँको व्यक्तित्व, निष्ठा र समर्पणलाई नबुझ्नेहरू अनेक आरोप लगाएर विरोध, निन्दा र भत्र्सना गर्न जुट्छन् । तर, सिङ्गो पृथ्वी पल्टिएर निन्दामा जुटे पनि त्यसले उहाँलाई खासै फरक पारेको देखिँदैन । खासमा उहाँ भिडसँग कहिल्यै डराउनुहुन्न । सदासर्वदा भिडलाई आफ्नो पछिपछि डोर्‍याउन सक्नुहुन्छ । चाहे माओवादी हिंसविरुद्ध सम्झौताहीन सङ्घर्षको बेला होस् वा नेपालविरुद्ध लगाइएको नाकाबन्दीको प्रतिरोधमा नेपाली राष्ट्रिय स्वाभिमानको बादशाहका रूपमा ‘नाकाबन्दी नहटाई म भारत भ्रमणमा जान्नँ’ भन्ने अभिव्यक्ति दिइरहँदा होस् अथवा संसद्को रोस्ट्रमबाट ‘सत्यमेव जयते कि सिंहमेव जयते’ भनेर म भारतसँग सोध्न चाहन्छु भनिरहँदा होस्, कहिलेकाहीँ त लाग्छ– उहाँको मुटु नै छैन, जो कुनै शक्तिका सामु डरले थरथर काँपोस् । 


लोकतन्त्रका लागि लामो सङ्घर्ष गर्नुभएका ओलीलाई कतिपयले लोकतन्त्रविरोधी, प्रतिगामी, तानाशाह र अधिनायकवादी सिद्ध गर्न एक समय न्वारनदेखिको बल लगाएका थिए । यसै सन्दर्भमा २०७७ पुस ५ पछिको एउटा बसाइँलगत्तै एक विश्लेषकले लेखेका थिएः 


प्रतिनिधिसभा विघटन गरेपछि केपी ओलीलाई विपक्षी र आलोचकहरूले ‘तानाशाह’, ‘निरकुंश’, र ‘प्रतिगामी’को बिल्ला भिराइदिए । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘लोकतन्त्रको हत्यारा’ को आरोप पनि लगाए । नसामा रगतभन्दा राजनीति बग्ने मानिसहरूले ओलीप्रति एक प्रकारको धारणा बनाइरहेकै हुन्छन् । तर, स्वयम् उनकै मुखबाट ‘तानाशाही होइन, डिसिप्लिन डेमोक्रेसी’ भनेको सुन्दा र ‘त्यो पानी ट्याङ्करको चालकलाई ट्याङ्करबाट पानी खन्याउन १० मिनेटमा सकिने कामका लागि चालकलाई एक घण्टा किन कुराउने ? बरु हामी माथिबाट मगाएर मिठो कफी खाऊँ, उसलाई छिटो पानी खन्याउन लगाएर पठाइदिऊँ’ ओलीले यस्तो भनेको सुन्दा ओलीमा त्यस्तो तानाशाही प्रवत्ति हामीले भेट्टाएनौँ । ओली त उल्टै नरम पो सुनिए । ‘मानिसको एउटै अन्तर्राष्ट्रिय जाति हुने छ’ भन्ने गीत गाउने कम्युनिस्टहरू पदमा पुगेपछि आफैँलाई शासक ठान्छन् । तर, एक मजदुरको समयको मूल्य बुझिदिने प्रधानमन्त्रीको यो शैली काठमाडौँदेखि गाउँगाउँका सिंहदरबारमा बस्ने ‘शासक’हरूले बुझिदिने हो भने वास्तविक अर्थमा सामाजिक न्याय र समाजवादको गफ गरेको सुहाउला कि ? (पन्तः २०७७)


अग्रजहरूबाट विरासतमा देशको दोस्रो ठुलो पार्टी बुझ्नुभएका उहाँले आफ्नो नेतृत्व, पौरख र कार्यनीतिक चार्तुयसँगै क्रमशः पहिलो पार्टी बनाउनुभयो । दुई तिहाइ बहुमतको सरकार चलाउने शक्तिशाली शक्ति र सामथ्र्य निर्माण गर्नुभयो । उहाँले एकता र विभाजन दुवै भोग्नुभयो । आफू हाराहारीको दोस्रो अध्यक्ष बनाएर उस्तै–उस्तै रङ र बुट्टेदार कुर्सीमा नै प्रचण्डलाई आसीन पनि गराउनुभयो । तर, दुई वर्ष बित्दा नबित्दै ‘१९ बुँदा’को लिखित आरोपपत्र मात्रै बेहोर्नु भएन, पार्टी अध्यक्ष, संसदीय दलको नेता, सांसद र पार्टी सदस्यबाटै निष्काशित गरिनुभयो । पार्टी एकतामा ४० प्रतिशत हिस्सा प्राप्त गरेका सहकर्मी नेताबाट यसरी निष्काशित भएको घोषणा सुन्न पनि उहाँ अभिशप्त हुनुपर्‍यो । अध्यादेशको चर्को विरोध गरी ‘र’ लाई ‘वा’ बनाउनु संविधानविपरीत भयो भन्नेहरूबाटै ४० प्रतिशतलाई २० प्रतिशतमा झारेर नेकपा (एमाले) को संसद्बाट विभाजन गरियो । १६ र १४ वर्ष पार्टी प्रमुख भएका नेताहरूबाट नेकपा (एमाले) यसरी विभाजन गरिने छ, त्यो पनि नेपाली काँग्रेस र माओवादी केन्द्रको साथ, वैदेशिक शक्तिहरूको उक्साहट र एमाले विरोधीहरूको लगानीमा भन्ने कसरी सोच्नु र विश्वास गर्नु ? यस्ता भोगाइहरू सबैभन्दा बढी उहाँकै स्मृतिपटलमा सुरक्षित र ताजै हुनुपर्छ । विभाजनबाट शक्ति कहिल्यै प्राप्त हुँदैन र पार्टी बलियो बन्दैन । आज माधवकुमार नेपाल, झलनाल खनाल, सीपी मैनाली, वामदेव गौतम, डा. भीम रावल, घनश्याम भुसालहरूको हविगतबाट त्यसका परिणाम र परिणतिहरू स्पष्ट भएका देखिन्छन् । 

३. असमान्य सपना 

पुष्पलाल, रामनाथ दाहाल र मदन भण्डारीलाई विशेष रूपमा सम्मान गर्नुहुने प्रधानमन्त्री केपी शर्मा ओली मान्छेमा अन्तर्निहीत क्षमता, पहलकदमी र सक्रियताको संयोजनमा नयाँ पुस्ताको खास हिमायती हुनुहुन्छ । साधारण भुइँमान्छे उहाँको आफ्नो खास वर्ग हो । व्यक्तिगत मेहनत, परिश्रम र पौरखको बलमा चुनौतीसँग पौठेजोरी खेल्दै उहाँको आजको विराट् व्यक्तित्व निर्माण भएको छ । जेलबाट छुटेपछि पाटन निवासी राधिका शाक्यसँगको विवाहले उहाँलाई पारिवारिक जीवनमा आबद्ध गरी प्रतिकूल स्वास्थ्यको विशेष ख्याल गर्न सहयोग पुगेको यथार्थ सबैका सामु छर्लङ्ग छ । 


आफ्नो र श्रीमती शाक्यको सम्पूर्ण सम्पत्ति ट्रस्टमार्फत जीवनको शेषपछि राष्ट्रको नाममा सुम्पने निर्णय गरेर उहाँले सबैका निम्ति उदाहरणीय कार्य गर्नुभएको छ । दुई–दुई पटक मिर्गौला प्रत्यारोपण गरी टीबी, एपेन्डिसाइटिस र अन्य जटिल रोगहरूसँग जुझ्दै आफ्नो भौतिक शरीरलाई आधुनिक स्वास्थ्य विज्ञान र उपचार पद्धतिको प्रयोगशालाकै रूपमा उहाँले सदुपयोग गर्नुभएको छ भन्दा अत्युक्ति हुँदैन । राजनीतिक जीवनलाई सर्वोपरि रूपमा नेपाली जनताको नियतिमा परिवर्तन, सुख, खुसी र समृद्धिका पक्षमा समर्पित गरिरहनुभएको छ । त्याग, निष्ठा, विचार निर्माण र कार्यान्वयनमा उहाँ एक अद्वितीय व्यक्तित्व र सधैँकका रूपमा क्रियाशील हुनुहुन्छ । वास्तवमा यो नै केपी शर्मा ओलीको वास्तविक सपना, सङ्घर्ष र सुङ्कल्पको त्रिआयामिक व्यक्तित्व बन्न पुगेको छ । 


पार्टी सञ्चालनमा होस् वा राज्य सत्ताको नेतृत्व गर्ने क्रममा ओली सामान्य, सनातनी र एक थान ओहोदाधारी मात्र देखिनुहुन्न । आफ्ना विरुद्ध ‘१९ बुँदा’को आरोपपत्र, निष्काशनको ऐलान, पार्टी विभाजन र पाँच दलीय गठबन्धन गरी चौतर्फी रूपमा घेरेर समाप्त पार्न उद्धत व्यक्ति र शक्तिहरूलाई समेत उहाँले जनताको बल र साथमा ‘साइज डाउन’ गर्ने सफलता हासिल गर्नुभयो । जनमतमा पहिलो पार्टी अर्थात् सबैभन्दा धेरै २८ लाख मतदाताले मन पराएको पार्टीलाई षड्यन्त्रपूर्वक विभाजनका बाबजुद स्थापित गराउनुभयो । अझ आफूकहाँ क्षमाप्रार्थी मुद्राभावमा आउनासाथ बार्दलीमा उभिएर पुनः हामी एक भयौँ भन्ने घोषणा गरेर क्षमाशील व्यक्तित्वको परिचय समेत सार्वजनिक गर्नुभयो । पटकपटक धोका, विश्वासघात र घेराबन्दी गरेको देख्दादेख्दै, भोग्दाभोग्दै फेरि पनि प्रधानमन्त्रीको कुर्सीमा आसीन गराएर ‘एमालेविरोधी गठबन्धन’ लाई छिन्नभिन्न पारिदिनुभयो । अर्थात् कान्छी औँलो दिनुपर्नेलाई कान्छी औँली दिएर, हात दिनुपर्दा हात दिएर र काँध हाल्नुपर्दा काँध हालेर उहाँले प्रतिकूलतालाई चिर्दै अनुकूलता सिर्जना गर्नुभएको तथ्य स्पष्टै छ । केवल ३२ सिटको सामथ्र्यलाई जादुगरी र पाँचै वर्षसम्म कसैले केही गर्न नसक्नेजस्तो गरी हुँकार प्रकट हुन थालेपछि त्यसको एक हप्ता नबित्दै सत्ताच्युत गरिदिएर उहाँले नेपाली काँग्रेस र एमालेजस्ता प्रमुख प्रतिस्पर्धी पार्टीका बिच स्थिरताको मूल्यमा सहकार्यको नयाँ अध्याय थालनी गरी नसोचेको समयमा प्रधानमन्त्री हुनुभएको छ । माओवादी केन्द्रसँग पार्टी एकता गरेर ३ वर्ष र नेपाली काँग्रेससँग सहकार्यमा २ वर्षसम्म दुई तिहाइ बहुमतका भिन्नाभिन्नै स्वरूप र स्वादका सरकारको नेतृत्व गर्ने यस्तो परिवेशको निर्माण गर्न उहाँको सफल नेतृत्वकलाकै परिणामस्वरूप सम्भव भएको छ । 


उहाँले नेपाल राष्ट्र र नेपाली जनतालाई देखाएका सपना असामान्य छन् । जस्तो किः 

–सात प्रतिशतको आर्थिक वृद्धिदर कायम गरेर सरकार सञ्चालन गर्नु, भूपरिवेष्ठित अवस्थितिको देशका विरुद्ध लगाइएको नाकाबन्दी निस्तेज र असफल पार्नु, 
– भूकम्पपछि पुनः निर्माणको सफल नेतृत्व गरी ७ लाख ५५ हजार निजी आवास, ७ हजार ५ शैया शैक्षिक संस्था, १ हजार १ सय स्वास्थ्य संस्था निर्माण गर्नु, 
– बारा जिल्लाका टोर्नाडो आँधीबेहरी पीडितलाई ८ सय ६९ घर निर्माण गरेर हस्तान्तरण गर्नु, 
– ऐतिहासिक, पुरातात्त्विक सम्पदाहरू रानीपोखरी, काष्ठमण्डप, धरहरा आदिको दुरुस्त पुनर्निर्माण गर्नु, 
–सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन, महान्यायाधिवक्ताको कार्यालय, मन्त्री निवास, मुख्यमन्त्री निवास आदिको पुनर्निर्माण र नवनिर्माण सम्पन्न गर्नु, 
– सात सय ५३ वटै गाउँपालिकामा बैङ्कका शाखा विस्तार गर्नु, बैङ्किङ कारोबारलाई बढीभन्दा बढी नागरिकसम्म पुर्‍याउनु, 
– पालिकास्तरमा प्रमुख प्रशासकीय भवन, १०/१५ शैयाका अस्पताल भवन, सभा हल, खेलकुद मैदान लगायतको संरचनागत प्रबन्ध र नवनिर्माण गर्नु, 
– मदन भण्डारी राष्ट्रिय राजमार्गको परिकल्पना, निर्माणको थालनी र अधिक हिस्साको निर्माण सम्पन्न गरेर अघि बढ्नु, 
– हुलाकी राजमार्गको सुस्त निर्माण कार्यलाई चुस्त पारेर ८० प्रतिशतभन्दा बढी भाग निर्माण गर्नु, 
– प्रतिदिन ५ किलोमिटरका दरले मोटरबाटो कालोपत्रे गर्नु, सयौँको सङ्ख्यामा डबल लेन पक्की पुल निर्माण गर्नु, 
राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश, मुख्य सचिव, नेपाल पत्रकार महासङ्घको अध्यक्षलगायतका राष्ट्रका प्रमुख पदाधिकारी, प्रशासनिक एवं पेसागत सङ्गठनको मुख्य नेतृत्वमा महिलालाई स्थापित गर्नु, 
– जयनगर–बिजुलापुर रेलवे सेवा निर्माण गरी २ अर्बको लागतमा दुईवटा रेल खरिद गरेर सञ्चालनमा ल्याउनु, 
– दमक बिजनेस पार्कको निर्माण गरी आधुनिक विकासको झझल्को दिनु,
– घरघरमा ग्यासको पाइपलाइन पुर्‍याउनु सम्भव रहेको सपना देखाउनु, 
– हिन्द महासागरसम्म नेपालको राष्ट्रिय झण्डा फहराउँदै पानीजहाज सञ्चालनको प्रबन्ध मिलाउनु, 
– तुइनमुक्त नेपालको निर्माण गर्नु, 
– चीनसँग पारवहन सन्धि गरी नेपालको भूपरिवेष्ठित अवस्थितिमा परिवर्तन गरी भू–जडित बनाउनु, 
– कोभिड–१९ को विश्वव्यापी महामारीविरुद्ध सफलताका साथ लडनु, 
– नागढुङ्गा र सिद्धबाबामा सुरुङ निर्माणको थालनी र ब्रेकथु्र सम्पन्न गरी देशलाई सुरुङ युगमा प्रवेश गराउनु, 
– निरोगी नेपाल अभियान अघि बढाउनु,
– डिजिटल नेपालको अभियान शुभारम्भ गरी नेपालमा सूचना र प्रविधिको युग सुरु गर्नु, 
– सामाजिक सुरक्षा कोषमार्फत औपचारिक र अनौपचारिक क्षेत्रका श्रमिकको जीवनलाई सहज बनाउनु 
– प्रधानमन्त्री आधुनिकीकरण कार्यक्रम सञ्चालन गरी नेपाललाई आत्मनिर्भरताको मार्गमा अघि बढाउनु,    
– समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षामा सिङ्गो राष्ट्रलाई एकजुट बनाउनु ।  

४. भीषण घेराबन्दी र हमला

नेपालमा २००७ सालदेखि आजसम्मै स्थिरताको प्रश्न अहम् रहिआएको छ । विगतका कुनै पनि सरकारले कहिल्यै पाँच वर्षको निर्धारित कार्यावधि पूरा गर्न पाएका छैनन्, सकेका छैनन् । यही प्रश्नले मुलुक निरन्तर पिरोलिरहेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनापछि अवलम्बन गरिएको निर्वाचन प्रणालीले त झन् एउटा पार्टीको एकल बहुमतको सरकार गठन गर्नु असम्भवजस्तै बनाएर मुलुकलाई नियोजित अस्थिरताको दुश्चक्रमा फसाइएको छ । 

नयाँ संविधान (२०७२) यताको अवधिका असफल सरकारहरू आफ्नै कारणले ढल्ने नै भए, सफल सरकार र सफल नेतृत्वमाथि समेत भीषण घेराबन्दी र हमला गरिएको छ । पार्टीभित्र अन्तरविरोध चर्काउँदै विभाजन र अस्थिरताको खेती निरन्तर तीव्र पारिएको छ । राष्ट्रिय हित, आत्मनिर्भरता, विकास, स्थिरता र समृद्धिको पक्षमा दृढतापूर्वक उभिन खुट्टा कमाउनेहरूलाई ‘कम्फर्टेबल’ गठबन्धन गर्न प्रेरित गरिएको छ । देश–विदेशका भ्रष्ट, माफिया र खुफिया एजेन्सीमार्फत नेतृत्वलाई बदनाम गर्ने प्रचारबाजी/प्रचारयुद्ध नै छेडिएको छ । खासमा, यो नेकपा (एमाले) माथि, यसको बलियो नेतृत्वमाथि र मुख्यतः अध्यक्ष केपी शर्मा ओलीमाथिको योजनाबद्ध हमला हो भन्ने तथ्य जगजाहेर नै छ । 

एमालेलाई कमजोर नपारी यहाँ धेरैका धेरै स्वार्थ पूरा हुनेवाला छैन । ओलीलाई बदनाम नगरी वा नेकपा (एमाले) लाई कमजोर बनाउने तिनको लागि सहज अवस्था पनि सिर्जना हुँदैन । षड्यन्त्रपूर्वक पार्टी फुटाइदिँदा पनि जनमतमा पहिलो पार्टी एमाले नै भएपछि, पार्टी एकताको नाममा विजातीय तत्त्वहरूलाई पार्टीभित्र हुलेर अन्तध्र्वंश गर्ने षड्यन्त्र असफल भएपछि र एमालेविरोधी गठबन्धनले समेत तिनलाई अपेक्षित परिणाम दिन नसकेपछि आज सम्पूर्ण ताकत पार्टीको मुख्य नेतृत्वमाथि घेराबन्दी, प्रहार र दुष्प्रचारमा केन्द्रित गरिएको छ । यस्ता अरू कुनै उपायले काम नगरेपछि नै अब केपी शर्मा ओलीविरुद्ध दुष्प्रचारको यस्तो बनीबनाउ लहर सिर्जना गर्न जोड गरिएको छ । 

केही दृष्टान्त यस्ता छन् : 

– समाज र राष्ट्रका सबैभन्दा भ्रष्ट व्यक्ति र तत्वहरू भ्रष्टाचारीको आरोपका साथ उहाँको छवि धूमिल पार्न सक्रिय छन् । जस्तो कि यती, ओम्नी, गिरीबन्धु जस्ता विषयहरूमा जबर्जस्ती उहाँलाई मुछ्न र दोषी देखाउन खोजिएको छ,
– वाइडबडी, ललिता निवासको जग्गा प्रकरण लगायतको छानबिन थालेर कारबाहीको प्रक्रिया अघि बढाउने उहाँमाथि नै उल्टो आक्रमण गर्ने गरिएको छ, 
– नक्कली भुटानी शरणार्थी लगायतका प्रकरणको छानबिनलाई एमालेविरुद्ध केन्द्रित गर्ने प्रपञ्च रचिएको छ, 
– नेकपा (एमाले) ले थालनी गरेर हासिल गरेका महत्वपूर्ण उपलब्धिहरूलाई तोडमोड गर्ने गरिएको छ, जस्तो कि आफ्नो गाउँ, आफैँ बनाऔँ, एक घर, एक धारा, खरको छानामुक्त सुरक्षित आवास, निर्वाचन क्षेत्र केन्द्रित रणनीतिक पूर्वाधार निर्माण, डिजिटल नेपाल, भ्रष्टाचारमुक्त सुशासन आदि,  
– हिंसाप्रिय पुराना र लोकप्रियताप्रिय नयाँ शक्तिहरूसँगै प्रतिगामी, अराजकतावादी र वैदेशिक षड्यन्त्रकारीहरूको मोर्चाबन्दी गराएर मुख्यतः मूलधार र सोसल मिडियामार्फत गलत प्रचारको जेहाद छेड्न खोजिएको छ, 
– सोसल प्लेटफर्मको दुरुपयोग गरी चरित्रहत्या, आक्रमण र व्यक्तिगत निशाना साँध्ने गरिएको छ, 
– तथ्यको तोडमोड, अतिरञ्जना, गलत सूचना प्रवाह र बदनामी अभियान तीव्र पारिएको छ, 
– अश्लील छाडा, अमर्यादित, अशिष्ट र निर्लज्ज गालीगलौजको शृङ्खला चलाइएको छ, 
– प्रशासनिक र न्यायिक कार्य सम्पादनलाई राष्ट्रिय हित, राष्ट्रिय आकाङ्क्षा र राष्ट्रिय स्वार्थविपरीत गरी कर्तव्यच्युत पारिएको छ, 
– नेकपा (एमाले), अध्यक्ष र प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिरक्षालाई कमजोर पारेर एकोहोरो दुष्प्रचार बढाइएको छ, 
– प्रतिरक्षामा बोल्ने र लेख्नेहरूमाथि व्यक्तिगत रूपमा नै आक्रमण र लान्छना लगाउने गरिएको छ, 
यसरी कहिले ‘जनजाति विरोधी’, कहिले ‘मधेस विरोधी’, कहिले ‘गणतन्त्र विरोधी’, कहिले ‘सङ्घीयता र समावेशिता विरोधी’ जस्ता ट्याग उहाँलाई भिराएर आ–आफ्नो स्वार्थको रोटी सेक्न तम्सिनेहरू थुप्रै देखिएका छन् । तर, उहाँ नउभिएसम्म न मधेस, न जनजाति, न गणतन्त्र, न सङ्घीयता–समावेशितासहितको नयाँ संविधान र न त राष्ट्रिय हितको रक्षा एवं जगेर्नामा अरूले कुनै ठोस र निर्णायक कदम चाल्न सकेका छन् । यी सर्वत्र उपलब्धिहरूमा ओलीको बहुआयामिक भूमिका नै अपरिहार्य र निर्णायक सावित भएको छ । माओवादी हिंसाको पराकम्पका रुपमा रहेको विप्लव समूह र पृथकतावादी सीके राउत समूहलाई शान्ति प्रक्रिया र राष्ट्रको मूल प्रवाहमा ल्याउने कार्य उहाँकै नेतृत्वको सरकारले सफलतापूर्वक गरेको सर्वविदितै छ । 


समग्रमा, ओलीमाथिको प्रहार काम नगरेको, निरीह र निरूपाय भएको, जनमत कमजोर रहेको, राष्ट्र र पार्टीको नेतृत्व गर्न नसकेको कारणले होइन र हुँदै होइन । पार्टी र सरकार/गठबन्धनको सफल नेतृत्व गरी बिग्रेको अर्थतन्त्रलाई सुधारको लयमा ल्याएको÷ल्याउन खोजेको, विकास निर्माणलाई गति प्रदान गरेको, समृद्धिको प्रस्ट बुझिने खाका अघि सारेको, धरहरासहितका ऐतिहासिक सम्पदाहरूको पुनर्निर्माण गरेको, दमकमा बिजनेस टावर निर्माण गरेको, पूर्व–पश्चिम राजमार्गलाई चार लेन बनाउन थालेको, तराई–मधेसमा विकासको लहर सिर्जना गरेको, नागरिकलाई निराश हुनबाट रोकी आशाको सञ्चार गराएको, राष्ट्रियता र राष्ट्रिय स्वाभिमानलाई बलियो बनाएजस्ता कारणले नै यस किसिमको प्रहार भइरहेको छ । आफूलाई समाजमा सम्भ्रान्त भन्ठान्नेहरू जनस्तरबाट स्थापित बलियो र भरोसायुक्त नेतृत्वलाई रूचाउँदैनन् । वैदेशिक षड्यन्त्रकारीलाई आफ्नो राष्ट्रको हितमा उभिने अविचल राष्ट्रवादी नेतृत्व पच्दैन । भ्रष्ट, माफियाहरूलाई संविधान, कानुन र विधिको शासन मन पर्दैन । अराजकतावादीहरूलाई बलियो र दृढ निश्चयी नेतृत्व मान्य हुँदैन । पृथकतावादीहरूलाई राष्ट्रिय एकतासँग वैरभाव हुन्छ । हिंसाप्रियहरू शान्ति र अमनचयन किमार्थ मन पराउँदैनन् । मुनाफाखोरहरू रातारात धनी बन्न नपाएकोमा क्षुब्ध र स्तब्ध हुन्छन् । तर, देशलाई माया गर्नेहरू, जनतालाई बलियो बनाउन चाहनेहरू, विकास र समृद्धिका हिमायतीहरू, सुशासन र भ्रष्ट्राचारमुक्त आत्मनिर्भर, स्वच्छ र शान्तिप्रिय एवं सामाजिक न्याय, राष्ट्रिय मर्यादा र स्वाभिमानका पृष्ठपोषकहरू केपी शर्मा ओलीलाई प्रधानमन्त्री, अध्यक्ष, सम्मानित राष्ट्रिय ‘बा’ र राजनेताको रूपमा सर्वोपरि भरोसा गर्छन् । 


त्यसैले, ओलीबिनाको नेकपा (एमाले), ओली एवं नेकपा (एमाले) बाहेकको गठबन्धन, सरकारको निर्माण एवं नेतृत्व अर्थात् ओलीमुक्त नेपाल बनाउन खोज्ने, रूचाउने र चाहनेहरूलाई तिनको नियत, स्वरूप, अभिप्राय, आवरण अनि व्यवहारमा चिन्हित गरेर राष्ट्रिय मर्यादा तथा राष्ट्रिय नेतृत्वको प्रतिरक्षामा सिङ्गो राष्ट्र एवं पार्टीपङ्क्ति एकताबद्ध हुनु आजको अपरिहार्य आवश्यकता हो ।

(पत्रकार गणेश पाण्डेद्वारा सम्पादित ‘केपी शर्मा ओली सपना, सङ्घर्ष र सङकल्प’ पुस्तकमा प्रकाशित प्रस्तुत विचारका लेखक थापा प्रधानमन्त्री ओलीका पूर्व प्रेस सल्लाहकार तथा हाल प्यूठानबाट निर्वाचित सांसद हुनुहुन्छ)

सशस्त्र प्रहरी संघीय र नेपाल प्रहरी प्रदेश मातहत राख्न सीके राउतको प्रस्ताव

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सरकारले हालै संसदमा दर्ता गरेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयक खतरनाक रहेको बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत राउतले बेलैमा सचेत रही यसमा रहेका गम्भीर प्रावधान संशोधन गर्न आह्वान गरेका हुन् ।

उनले सशस्त्र प्रहरीलाई संघीय सरकार, नेपाल प्रहरीलाई प्रदेश र ट्राफिक प्रहरीलाई स्थानीय सरकार मातहत राख्नुपर्ने धारणा सार्वजनिक गरेका छन् र

‘यसरी नेपाल सशस्त्र बल (प्रहरी) लाई संघीय सरकार मातहत, नेपाल प्रहरीलाई प्रदेश सरकार मातहत र ट्राफिक–सामुदायिक–नगर प्रहरीलाई स्थानीय सरकार मातहत स्पष्ट रूपले राख्नुपर्दछ। अन्यथा भन्नलाई देशमा संघीय व्यवस्था भने पनि राणाकालीन् प्रहरी व्यवस्था भन्दा केही फरक नहुने देखिन्छ। जनता समयमै सचेत रहनुहोला,’ राउतले लेखेका छन्।
गृहमन्त्री रमेश लेखकले प्रतिनिधिसभामा पेस गरेका नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी विधेयकमा सांसदहरूले ६४–६४ वटा संशोधन प्रस्ताव दर्ता गरेका छन् । केही दिनभित्रै विधेयकमाथि दफावार छलफल गर्ने संघीय संसद् सचिवालयले जनाएको छ।

राउतले सामाजिक सञ्जालमा यस्तो लेखेका छन्ः

नेपाल प्रहरी विधेयक, २०८१ र सशस्त्र प्रहरी बल, नेपाल विधेयक,२०८१ संसदमा पेश भई संसदीय प्रक्रियामा प्रवेश गरेको छ । नेपाल प्रहरी राज्य सत्ताको स्थायी अंगको रूपमा शासकवर्गको हितलाई परिपूर्ती गर्ने माध्यमको रूपमा रहँदै आएको छ। राजा र राणा शासनकालमा होस् कि वर्तमान खसआर्य शासनकालमा यही कुरा नै लागू हुँदै आएको छ।

अहिले त यहाँसम्म कि प्रहरी भनेको ठूला पार्टीलाई पक्षपोषण गर्ने, विरोधी वा अन्य पार्टीका नेता कार्यकर्तालाई झुटा मुद्दा लगाउने, फसाउने, दबाउने, आफ्नो पार्टीमा प्रवेश गर्न दबाब दिने, निर्वाचनमा आफूलाई जिताउन सबै प्रकारको सहयोग गर्ने, शासकवर्ग इतरका आदिवासी जनजाति, मधेशी, मुस्लिम, दलित, थारूहरूमाथि दमन गर्ने माध्यमको रूपमा रहँदै आएको छ। यहाँसम्मका यदि तराई मधेश वा किराँतकै एउटा गाउँमा १०० घरधूरीमध्ये एउटा मात्रै खस(आर्य परिवार छ भने प्रहरीले त्यही खसआर्य मूलीकै कुरा सुन्ने र सोहीअनुरूप नै गर्ने व्यवहार देखिँदै आएको छ।

यस परिप्रेक्ष्यमा संघीयता आएपछि सबै प्रदेश र सबै वर्गसमुदायले यसमा केही राहत पाउने आशा गरिए तापनि प्रस्तावित प्रहरी विधेयकहरूले प्रहरीको खसआर्य शासक केन्द्रीत दमनकारी मानसिकता अझ प्रगाढ हुने देखिन्छ र सो प्रमुख जिल्ला अधिकारीमार्फत् परिचालित हुनेछ।

संघीय व्यवस्थामा तीन तहका प्रहरीहरूको कार्यक्षेत्र निम्नानुसार हुन्छन्ः

१. संघीय प्रहरी निकायहरू मुख्यतः राष्ट्रिय सुरक्षा, सीमा नियन्त्रण, आतंकवादविरोधी कार्य, र संगठित अपराधसम्बन्धी मामिलामा संलग्न हुन्छन्।

२. राज्य प्रदेश प्रहरी क्षेत्रीय रूपमा आपराधिक अनुसन्धान, कानून कार्यान्वयन, र दङ्गा नियन्त्रण जस्ता कार्यहरू गर्छन्।

३. स्थानीय, नगर प्रहरी मुख्यतः समुदाय सुरक्षा, ट्राफिक नियन्त्रण, र स्थानीय अपराध न्यूनीकरण मा केन्द्रित हुन्छन्।

यसरी नेपाल सशस्त्र बल (प्रहरी) लाई संघीय सरकार मातहत, नेपाल प्रहरीलाई प्रदेश सरकार मातहत र ट्राफिक–सामुदायिक–नगर प्रहरीलाई स्थानीय सरकार मातहत स्पष्ट रूपले राख्नुपर्दछ। अन्यथा भन्नलाई देशमा संघीय व्यवस्था भने पनि राणाकालीन् प्रहरी व्यवस्था भन्दा केही फरक नहुने देखिन्छ। जनता समयमै सचेत रहनुहोला ।

‘देशी गाई’को महत्व जगाउन ‘जनकधाम’

-टीकाराम सुनार

काठमाडौँ । हिन्दू संस्कारमा गाईको महत्व जन्मेदेखि मृत्युपर्यन्त छ । पञ्चगव्य अर्थात् दूध, दही, घ्यू, गहुँत (गौमुत्र) र गोबर विविध संस्कारमा प्रयोग हुने कुरा आम नेपालीका लागि नौलो विषय होइन । धर्मसंस्कार र आयुर्वेदमा मात्रै होइन, आधुनिक विज्ञानले पनि पञ्चगव्यको महत्व प्रमाणित गरिसकेको छ ।

पश्चिमा देशहरूमा विस्तारै गाईको महत्वबोध हुन थालेसँगै भएको गाईमा आधारित चिजवस्तुको प्रयोगका विषयमा थुप्रै प्रयास तथा अनुसन्धान भएका छन् । कतिपय देशले अनुसन्धानबाट प्रमाणित तथ्यलाई आत्मसात् गर्दै गोमुत्रवाट एण्टिबायोटिक, एण्टिफङ्गल, एण्टिक्यान्सरजस्ता औषधि बनाएर बौद्धिक अधिकार लिइसकेका छन् ।

पञ्चगव्यका अन्य तत्वहरूको उपयोगबाट थुप्रै औषधीय लाभ लिएका छन् । गाईको महिमा र पहिचान भएकै क्षेत्रमा भने यसको महत्वबोध हुनसकेको छैन । गाईपालन केवल ‘डेरी’ र ‘गाई फार्म’ संस्कृतिको अंशमा सीमित छ, त्यो पनि विकासे ‘जर्सीवाला’ । रैथाने ‘देशी गाई’ लोपोन्मुख अवस्थामा छन् ।

अभियन्ता कुशलेन्द्र झा भने यहाँको रैथाने गाई सङ्कटमा पर्दै गएकामा चिन्तित हुँदै यसको संरक्षण र महत्व प्रसारको अभियानमा जुटेका छन् । विगतमा प्राकृतिक जीवन पद्धतिको आधारका रूपमा रहेको गाईपालन संस्कृति हराउँदै जाँदा त्यसको मारमा सिङ्गो जगत् पर्दै गएको आत्मबोध गर्दै उनी यस अभियानमा लागेका छन् । “रैथाने गाई नेपालको पहिचान र जीवनशैली नै हो । यससँग प्राकृतिक जीवनचक्र जोडिएको छ भन्ने कुरा बिर्सिँदा अचेल गाईपालन संस्कृति लोप हुँदैछ । जसकारण मानव स्वास्थ्य नै सङ्टोन्मुख छ”, उनी भन्छन् ।

गाई आर्थिक, सामाजिक, सांस्कृतिक र पारिस्थितिकीय प्रणालीसँग अभिन्न रूपमा जोडिएको छ । गाई आधारित उत्पादनहरू (गाईप्याथी), आयुर्वेद, पञ्चगव्य र प्राकृतिक चिकित्सासँग पनि जोडिएकाले शरीर, मस्तिष्क र आत्माको स्वास्थ्यमा यसको अतुलनीय योगदान रहेकामा सबैजसोको मत छ । व्यावसायिक उद्देश्य मात्रै राखेर पालन गरिएका ‘विकासे गाई’ले भने यो महत्व बोक्न सक्दैनन् ।

“जेनेटिकल्ली मोडिफाइ गरेर जर्सी, होलिस्टिनजस्ता विकासे गाई त बनाइयो तर त्यसको कुनै पनि उत्पादन हाम्रो देशी गाईको जस्तो हुँदैन । पचास वर्ष पहिले न्युजिल्याण्डका वैज्ञानिकले त्यस्ता गाईको दूधमा मानव स्वास्थ्यका लागि लाभदायक छैन भनेर पत्ता लगाइसकेका छन् । त्यसैले धेरै दूध दिन्छ भनेर रमाउने कि स्वस्थ जीवनका लागि, यो हरेकले सोच्नुपर्ने बेला आइसकेको छ”, झाले उल्लेख गरे ।

नेपालमा भने रैथाने गाईपालन प्रचलन निरन्तर हराउँदैछ । राष्ट्रिय कृषि गणना २०७८ अनुसार पछिल्लो १० वर्षमा गाई पाल्ने किसानको सङ्ख्यामा ठूलो गिरावट आएको छ । सो तथ्याङ्कानुसार देशमा १७ लाख आठ हजार परिवारले गाई–गोरुपालन गरिरहेका छन् । २०६८ सालकोे तुलनामा पाँच लाख ७३ हजार परिवारले कम हो ।

त्यसताका २२ लाख ८१ हजार परिवार यसमा सङ्लग्न थिए । विवरणअनुसार विगत १० वर्षमा १८ लाख सात सय ७१ हजार गाईगोरु घटेका छन् । पछिल्लो गणनामा नेपालभर गाईगोरुको सङ्ख्या ४५ लाख ५९ हजार रहेको छ जबकि २०६८ सालमा यो सङ्ख्या ६४ लाख ३० हजार रहेको थियो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको ‘व्यावसायिक पशुपालन एकीकृत सर्वेक्षण २०७८’ ले देशभर छ हजार चार सय ८६ व्यावसायिक पशुपालन फार्म रहेको तथ्य देखाएको थियो । त्यसमध्ये गाई फार्म एक हजार दुई सय ३३ थिए । उन्नत जातका गाईको सङ्ख्या ७५ प्रतिशतभन्दा बढी छ । यसले पनि नेपालमा करिब २५ प्रतिशतको हाराहारीमा मात्रै रैथाने देशी गाई रहेका देखाउँछ ।

“थोरै दूध दिने १० वटा गाई पाल्नुभन्दा धेरै दूध दिने एउटै भैँसी वा जर्सी, होलिस्टिन गाई पाल्दा सजिलो मान्न थालिएको छ, जबकि यिनको दूध मानव स्वास्थ्यका लागि फाइदाजनक छैन भन्ने गरिएको छ”, अभियन्ता झाले भने, “तर देशी गाईको एक लिटर दूधमात्रै अमृत समान हुन्छ, त्यसको नियमित सेवनले क्यान्सर प्रतिरोधी क्षमता विकास गर्ने कुरा प्रमाणित नै छ । घरमा एउटा मात्रै यस्तो गाई भएमा धेरै रोगव्याधी र समस्या समाधान हुन्छ भनेर विज्ञानले नै भनेको छ । शास्त्रको कुरा बेग्लै हो । प्राकृतिक गाईबाट बनेका पञ्चगव्यको महत्व नै बेग्लै छ । यो कुरा बुझ्नुपर्यो ।”

यो कुरा बुझाउन सरकारी तवरबाटै पहल हुनुपथ्र्यो तर उल्टै धेरै दूध दिने गाईभैँसी पाल्न प्रोत्साहन गरिरहेको छ । नश्ल सुधारका नाममा विदेशी प्रजातिको नश्ललाई स्थानीय पशुमा वर्णशङ्कर गराउने अभियान निरन्तर चलिरहेको छ । यस्तो नीतिले स्थानीय नश्ल भने सङ्कटग्रस्त अवस्थामा पुगेका झाले बताए ।

कतिपय रैथाने जातका पशुपन्छी लोप भइसकेका र कतिपय लोपोन्मुख अवस्थामा रहेका नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गतको राष्ट्रिय पशु प्रजनन् तथा आनुवंशिक अनुसन्धान केन्द्रको अध्ययनले नै देखाउँछ । केन्द्रका अनुसार हाल नेपालमा सात प्रजातिका पशुपन्छीका २५ वटा रैथाने नश्ल नेपालमा अस्तित्वमा छन् । संयुक्त राष्ट्रसङ्घको खाद्य एवं कृषि सङ्गठन (एफएओ)मा तराई गाई, पहाडी गाई, खैला गाई, सिरी, लुलु, अछामी नौमुठे र याक गरी सातवटा नश्ल सूचीकृत गरिएका छन् ।

देशी गाईको महत्व

“इतिहास पढ्दा गाई भारत वर्षमा मात्रै थियो, विदेशमा वा पश्चिमाहरूको देशमा कुनै गाई थिएन । त्यहाँ डेढ, दुई सय वर्ष पहिले यहीँबाट गाईको महत्व विस्तार भएको हो । पछि ‘जेनेटिक मोडिफाई’ गरेर जर्सी, एचएफ बनाएर विश्वव्यापी गरिएको छ । नेपालमा रहेका अधिकांश गाई तिनै प्रजातिका छन्”, झाले भने ।

देशी गाई नेपाल र भारतको एक महत्त्वपूर्ण दूधको स्रोत हो । यी गाईहरूले उत्पादन गर्ने दूध स्वास्थ्यका लागि अत्यन्त फाइदाजन हुन्छ । गाईमा आधारित पञ्चगव्यको आआफ्नै वैज्ञानिक महत्व छ । आधुनिक विज्ञानले नै यी उत्पादन विभिन्नि रोगहरूमा अचुक औषधिका रूपमा प्रयोग गर्न सकिने प्रमाणित गरिसकेको छ ।

जानकारहरूका अनुसार गाई मात्र एक त्यस्तो प्राणी हो, जसले अक्सिजन ग्रहण गरेर अक्सिजन नै छोड्छ । यसको मूत्रमा सुन, तामा, क्याल्सियम, पोटासियम, सोडियम, नाइट्रोजन, फास्फेट गरी करिब २४ वटा तत्व र क्यान्सर प्रतिरोधी औषधीय गुण, दूधमा रेडियो विकीरणबाट रक्षा गर्ने शक्ति हुनाका साथै मांसपेशी, छाला तथा रगतको विकासका लागि आवश्यक तत्व र त्यसबाट बनेका घ्यू, दही, मोही आदि स्वास्थ्यका लागि लाभकारी र आयुर्वेदिक औषधिमा प्रयोग गरिने गुण रहेको बताइन्छ ।

गोबरमा नाइट्रोजन, पोटासियम, कपर, मोलिब्डेनम, बोरक्स, कोबाल्ट सल्फेट, फस्फोरस, आइरन, म्यांगनीज, बोरोन, सोडियम पाइने र यो बायोग्यास तथा प्राकृतिक मलको रूपमा प्रयोग हुने गरेछ । अभियन्ता झा त देशी गाई प्राकृतिक जीवनको मुख्य आधारको रूपमा रहेको दाबी गर्छन् । उनी भन्छन्, “देशी गाईलाई स्रोत बनाएर अगाडि बढेमा प्राकृतिक जीवज बाँच्न सकिन्छ । त्यसो नहुँदा पृथ्वी, जल, अग्नि, आकाश, वायु गरी पाँच तत्वले बनेको एकीकृत चक्र खल्बलिएको छ ।” पूर्वप्रधानमन्त्री बिपी कोइरालाले यदि नेपाल समृद्ध हुनु छभने हरेक घरमा एउटा गाई, एक हलगोरु र जोत्ने खेत भनेका थिए तर उनकै पार्टीले त्यो बिर्सिएको उनको भनाइ छ ।

एउटा सिएको गोठालो बन्ने सपना

कृषिप्रधान नेपालमा कृषिलाई नै हेय भावले हेरिन्छ । खेतीयोग्य जमिन बन्जर बन्दैछन् तर हरेक युवाका लागि विदेश अन्तिम सपना बन्दैछ । अभियन्ता झा भने आफ्नो सबै सम्भावना छोडेर चार वर्षदेखि गाईको गोठालो बन्ने सपना बुनिरहेका छन् ।

पेसाले चार्टर्ड एकाउन्टेन्ट (सिए) । सुविधाका हिसाबले एक सम्पन्न जीवनशैली । नपुगेको केही छैन तर उहाँ प्राकृतिक जीवन नै हरेक मानिसको अन्तिम गन्तव्य हो भन्ने निष्कर्षसहित त्यसको अभ्यास आफैँबाट सुरुआत गरिरहेका छन् । “हाम्रोमा जसले गाई चराउँछ त्यसलाई हेयदृष्टिले गोठालो भनिन्छ, हेला गरिन्छ”, उनले भने । पछिल्लो समय अव्यवस्थित जीवनशैली, अप्राकृतिक भोजन, माटो नछुने संस्कृति हाबी हुँदा हरेक मान्छे सुख खोज्ने नाममा रोगको सिकार बन्दैछ ।

“हामीले सनातन मान्यता छोड्यौँँ । खेतखलियान बर्सियौँ”, झा भन्छन्, “मलाईचाहिँ यो स्वबोध भएको छ, जसले यस बाटोमा लाग्न प्रेरित गरेको छ । स्वास्थ्य हुनका लागि माटो वा प्रकृतिसँगै रम्नुपर्छ । यो संस्कारको रूपमा विस्तार गर्ने योजना छ ।”

यही स्वबोधले धनुषाको क्षीरेश्वरनाथ–८ दिगम्बरपुरमा ‘जनकधाम’ परियोजना सुरु भएको छ । बीस बिघामा फैलिएको यस धाममा हाल एक सय १० देशी गाईबाच्छा छन् । त्यहाँ २५ जनाले काम गरिरहेका छन् । गाईमा आधारित कृषि, हर्बल खेती, पञ्चगव्यको उपचार पद्धतिको विकास भइरहेको छ । रोचक त के छ भने त्यहाँ उत्पादित दूध दही बेचिँदैन । गोबर, गौमूत्र र दूधलगायत पञ्चगव्य र हर्बलको प्रयोग गरेर औषधिजन्य वस्तु उत्पादन हुन्छ ।

परियोजनाअन्तर्गन हाल ५० वटा गाईबाट दूघ उत्पादन सुरु भइसकेका र आगामी तीन वर्षभित्र एक हजारसम्म पुर्याउने लक्ष्य रहेको सञ्चालक झाले सुनाए । उनका अनुसार यहाँ होमकेयर, प्रसनल केयर, फुड र मेडिसिन गरी चार किसिमका उत्पादन भइरहेका छन् ।

“समाज र जीवनको जति पनि तप्का र आयाम छन्, त्योसँग गाईको सम्बन्ध कसरी जोडिएको छ भनेर प्रत्यक्ष अवलोकन गर्न मिल्ने गरी हामीले जनकधामको विकास गर्दैछौँ । धर्म, रोजगारी, युवा, औषधि, स्वास्थ्य, विद्यार्थी तालिम अभ्यासस्थल, शिक्षा, जैविक उत्पादन र प्रयोग एकै ठाउँमा देख्न सकिने बनाउँदैछौँ”, व्यवसायी झाले सुनाए, “एग्रो, मेडिकल, आध्यात्मिक पर्यटनको विकास हाम्रो लक्ष्य हो । संसारभरिबाट जनकपुर हेर्न आएका मानिसलाई एकपटक जनकधाम हेर्नैपर्ने अवस्था निर्माण गर्ने गरी अगाडि बढ्दैछौँ ।”

पहिलो चरणमा गौ, गौ आधारित पञ्चगव्य र कृषि, दोस्रो चरणमा आयुर्वेद, नेचुरोप्याथी, फिजियोथेरापी र पञ्चगव्य उपचारका लागि अस्पताल, तेस्रो चरणमा जनककालीन सभ्यता तथा मिथिला संस्कृति झल्किने अवस्था निर्माण गरी भावी पुस्ताले अध्ययन गर्ने स्थल बनाउने लक्ष्य रहेको उनले बताए । यो परियोजनाबाट कमाउनेभन्दा पनि आफू प्रकृतितर्फ फर्किने र अरुलाई पनि त्यो सन्देश दिने उद्देश्य रहेको झाको कथन छ ।

“घरमा एउटा देशी गाई भएमा स्वास्थ्यको बजेट शून्य हुन्छ । अचेल घरघरमा कुकुर छ तर गाई छैन । पहिले कुकुर घर बाहिर ढोकामा, गाई घरमा हुन्थ्यो तर अहिले गाई सडकमा, कुकुर ओछ्यानमा छ”, उनी भन्छन्। सहरबजारका पनि आठ–दश परिवार मिलेर अलि टाढा गाई पाल्न सकिने उनको भनाइ छ ।

प्राकृतिक जीवनशैली र उद्यमशीलता विकासका साथै रैथाने गाई संरक्षणमा यसले उल्लेख्य टेवा पुग्ने विश्वास गरिएको छ । हाल गौशालामा एक सय १० वटा गाई छन्, दूध दिने १८ मात्रै । दूध त बोनस मात्रै हो । दूध गाईको मुख्य उत्पादन होइन, मुख्य कुरा गौमूत्र र गोबर हो । यो देखाउन जनकधाम बनेको बताइएको छ । रैथाने गाई मार्ने, दूधका लागि भनेर जर्सी गाई ल्याउने, दूध दिन छाडेपछि सडकमा फाल्ने, यो प्रवृत्तिविरुद्धको अभियानका रूपमा पनि जनकधामलाई लिने गरिएको छ । 

बैतडीमा गोली हानेर युवकको हत्या

धनगढी । बैतडीमा गोली प्रहार गरेर एक युवकको हत्या भएको छ।

दोगडाकेदार गाउँपालिका–८ का २५ वर्षीय सुरेन्द्र विष्टको गोली प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) मकेन्द्र मिश्रका अनुसार शनिबार साँझ विष्टमाथि गोली प्रहार भएको थियो। गोली प्रहारबाट घाइते भएका उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको मिश्रले बताए।

उनलाई नातामा दाजु पर्ने सोही ठाउँका ४५ वर्षीय कर्ण विष्टले गोली प्रहार गरेको आरोप छ। कर्ण अहिले फरार छन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

दुई जनाबीच रकम लेनदेनको विषयमा शनिबार दिउँसो विवाद भएको थियो। सोही कुरालाई लिएर साँझ उनीमाथि गोली प्रहार भएको प्रहरीले जनाएको छ।

रास्वपा नेता मोहन थापा अमेरिकाको विमानस्थलबाटै पक्राउ

काठमाडौं।  राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेका छन्।

रास्वपा सभापति रवि लामिछानेसँग अत्यन्त निकट भनेर चर्चामा आइरहने र ढाका कुमार श्रेष्ठले पैसाको लेनदेन गरेको आरोप लागेका थापा अघिल्लो साता नेपालबाट फर्किने क्रममा पेन्सिल्भेनिया एयरपोर्टबाटै पक्राउ परेका हुन्।

अमेरिकास्थित गैरआवासीय नेपाली संघका एक पदाधिकारीका अनुसार उनलाई फिलाडेल्फियास्थित हिरासत केन्द्रमा राखिएको छ। थापालाई के अपराधमा पक्राउ गरिएको भन्ने खुलेको छैन।

पछिल्लो समय धेरैजसो नेपालमै बस्दै आएका रास्वपा नेता थापा केही वर्षअघि सवारी चालक अनुमतिपत्र दुरुपयोग घरेको घटनामा मुद्दा चलेर जेल समेत बसेका थिए । त्यसछि उनको अमेरिकी नागरिकता रद्द भएर ग्रीन कार्डमा थिए ।

बानाका संस्थापक अध्यक्ष समेत रहेका थापा यसअघि दुई तीनपटक जेलमा परिसकेको एक व्यवसायीले बताए । थापामाथि नेपालमा सम्पत्ति सुद्धिकरणमा पनि अनुसन्धान थालिएपछि गत साता अमेरिका फर्किएका थिए ।

थापाले राष्ट्रसंघ महासभामा प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्र मन्त्री डा. आरजु राणा देउवा न्युयोर्क गएका बेला कालो झण्डा र जुत्ताको माला देखाउने भन्दै फेसबुकबाट आह्वान समेत गरेका थिए ।

प्रधानमन्त्री सहभागी हुने एक कार्यक्रममा उनको नेतृत्वमा सो घटना हुने हल्लापछि त्यहाँको प्रशासनले सुरक्षा कारण देखाउँदै प्रधानमन्त्रीको कार्यक्र म रद्द गर्न लगाएको थियो ।

ग्रीनकार्ड भएको व्यक्ति अस्वभाविकरुपमा ओहोरादोहोर गरिरहदा पनि त्यहाँको अध्यागमन विभागले पक्राउ गरेर सोधपुछ गर्ने गरेको छ । विभिन्न व्यक्तिलाई फ्रड लाइसेन्स बनाएको अभियोग उनीमाथि थियो ।

मधेसी समुदायको पहिचानका लागि सबैभन्दा बढी त्याग माओवादीले गरेको छः अध्यक्ष प्रचण्ड

धनुषा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसी लगायत देशका उत्पीडित समुदायको अधिकार र पहिचान स्थापित गर्न सबभन्दा बढी त्याग माओवादीले गरेको बताएका छन् ।

धनुषाको कमला नगरपालिका ३ पर्सामा आइतबार आयोजित सहिद परिवार सम्मान तथा जनभेटघाटमा उनले यस्तो बताएका हुन् ।

महिला, जनजाति, दलित, मधेसी, मुस्लिम, थारु लगायत उत्पीडित जनताको मुक्तिका लागि हजारौं सहिदले बलिदा गरेको र मधेसी जनताको मुक्तिका लागि एक हजार तीन सय मधेसी जनताका छोराछोरीले जनयुद्धमा बलिदान गरेको उनले बताए ।

मधेसी जनताको मुक्तिका लागि यति ठूलो बलिदान गरेको माओवादीकै विषयमा अनेकथरि भ्रम सिर्जना गर्ने प्रयास गरिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यो भ्रमको पर्दा च्यातेर माओवादी र मधेसी जनताबीच दह्रो एकता कायम गर्ने प्रयास गरिएको बताए ।

मधेसी जनताको मुक्तिका लागि मधेसी राष्ट्रिय मुक्ति मोर्चा गठन गरेर मधेसी जनतामा जागरणको लहर ल्याउने, मधेस स्वायत्त जनसरकारमार्फत संघीयताको व्यवहारिक अभ्यास गर्ने, संविधानमार्फत संघीयता, समानुपातिक र समावेशी प्रतिनिधित्व स्थापित गर्ने, गणतन्त्र नेपालको पहिलो राष्ट्रपतिको रुपमा रामराजाप्रसाद सिंहलाई अघि सार्ने र मधेसको विकासका लागि प्राथमिकताका साथ बजेट विनियोजन गर्ने लगायत महत्त्वपूर्ण काम आफ्नै पार्टीले गरेको उनले स्पष्ट पारे ।

अध्यक्ष प्रचण्डले अब आफूलाई मधेसका मसिहा ठान्ने दलहरूबाट मधेसी जनताको मुक्ति संभव नभएकाले मधेसमुक्तिको जिम्मा सम्पूर्णरुपमा माओवादीले नै लिने प्रतिबद्धता व्यक्त गरे ।

पार्टीका सबै पदाधिकारी अहिले मधेसमा रहेको र मधेसी पोशाकमै प्रस्तुत भएको प्रसङ्ग कोट्याउँदै उनले यो पोशाक मात्रै नभई आफूहरुको मन पनि मधेसमा छ भन्ने विम्व भएको उनले स्पष्ट पारे ।

मनाङमा आजदेखि ‘एचपिभी’ खोप अभियान

मनाङ। जिल्लामा आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी खोप’ अभियान सुरुआत भएको छ । जिल्लाका १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई खोप लगाइने छ ।

कक्षा ६ देखि १० सम्ममा अध्ययनरत एक सय तीन किशोरीलाई एचभिपी खोप लगाइने राजेन्द्र श्रेष्ठले बताए । उनका अनुसार विद्यालयमा अध्ययनरत एक सय तीन किशोरी र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका छ गरी एक सय नौ किशोरीलाई एचभिपी खोप दिइनेछ ।

उनले भने, “जिल्लाका कूल एक सय नौ किशोरीलाई पाठेघर मुखको क्यान्सरविरुद्धको एचभिपी खोप दिइनेछ, खोपकर्तालाई विभिन्न तालिम, अभिमुखीकरणसहित तयारी गरिरहेका छौँ ।” मनाङको ङिस्याङ, नार्पाभूमि, चामे र नासोँ गाउँपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभि खोप लगाइने छ ।

यही फागुन १८, १९ र २० गते ङिस्याङको अन्नपूर्ण माध्यमिक विद्यालय, चामेको लोकप्रिय माध्यमिक विाद्यालय, गौरीशङ्कर आधारभूत विद्यालय र नासोंको प्रकाशज्योति माध्यमिक विद्यालयको खोप केन्द्रबाट खोप लगाइने प्रदेश जनस्वास्थ्य कार्यालय मनाङका प्रमुख रविना ठगुनाले बताइन् ।

खोप कार्यक्रम सञ्चालनका लागि सबै पालिकाका स्वास्थ्य शाखा प्रमुख, सबै पालिकामा रहेको २४ वटै स्वास्थ्य संस्थाका प्रमुख, जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला आयुर्वेदिक अस्पतालको प्रत्यक्ष सहभागिता रहने जनाइएको छ ।

जिल्लाका सबै विद्यालय चिसोका कारण बन्द रहेकाले अन्य जिल्लाभन्दा ढिला गरी खोप अभियान सञ्चालन भएको ठगुनाले बताइन् । खोप कार्यक्रममा जिल्लाका सबै विद्यालयका एक सय तीन र अन्य ६ जना गरी एक सय नौ किशोरीलाई खोप लगाइने भएता पनि अन्यको सङ्ख्या बढ्न सक्ने अनुमान गरिएको प्रमुख ठगुनाको भनाइ छ ।

नासों गाउँपालिका–५ स्थित प्रकाशज्योति माध्यमिक विद्यालय, चामे गाउँपालिका–१ स्थित गौरीशङ्कर माध्यमिक विद्यालय, चामे गाउँपालिका–४ स्थित लोकप्रिय माध्यमिक विद्यालय र मनाङ ङिस्याङ गाउँपालिका–६ स्थित अन्नपूर्ण माध्यमिक विद्यालयमा खोप केन्द्र तोकिएको कार्यालयले जनाएको छ । विद्यालय नजाने किशोरीलाई स्वास्थ्य कार्यालय वा तोकिएका खोप केन्द्रमार्फत खोप लगाइनेछ ।

इजरायलद्वारा हमाससँगको युद्धविरामको अवधि ४२ दिन थप

बीबीसी । इजरायलले हमाससँगको युद्धविरामको अवधि ४२ दिन थपेको छ । शनिबार मध्यराति पहिलो चरणको युद्धविराम समाप्त भएपछि यो घोषणा गरिएको हो । यो प्रस्ताव अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व दूत स्टिभ ह्विटलले गरेका हुन् ।

हमास र इजरायलबीच जनवरी १९ देखि युद्धविराम कार्यान्वयन भएको थियो । यसको पहिलो चरण मार्च १ को मध्यरातिबाट समाप्त भएको थियो ।

तर लगत्तै युद्धविरामको लम्बाउने घोषणा इजरायलले गरेको बीबीसीले जनाएको छ । रमजान लगायतका चाडपर्वलाई समेत मध्यनजर गरी इजरायलले युद्धविरामको अवधि थपेको जनाएको छ ।

युक्रेन र बेलायतबीच २.२६ बिलियन पाउन्ड ऋण सम्झौतामा हस्ताक्षर

बीबीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग चर्काचर्की भएप्छि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की बेलायत पुगेका छन् । बेलायती प्रधानमन्त्री किएर स्टार्मरले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग इङ्ग्ल्यान्डको टेन डाउनिङ स्ट्रीटमा भेट गर्दै बेलायत युक्रेनको साथमा रहेको बताएका छन् ।

जेलेन्स्की र स्टार्मरले युक्रेनी सैन्य सामग्री आपूर्तिका लागि २.२६ बिलियन पाउन्ड ऋणमा हस्ताक्षरसमेत गरेका छन् । जेलेन्स्कीले युद्धमा साथ दिएकोमा बेलायतलाई धन्यवादसमेत दिएका छन् । यसअघि जेलेन्स्कीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग ह्वाइट हाउसमा भेट गरेका थिए । जहाँ दुवै नेताबीचको भेट चर्काचर्की भएको थियो ।

स्टार्मर आइतबार रुस–युक्रेन युद्ध समाप्त गर्ने प्रयासका साथै व्यापक युरोपियन सुरक्षामा चर्चा गर्न युरोपियन देशका नेताहरुको एक शिखर सम्मेलनमा सहभागी हुँदैछन् । यस्तै जेलेन्स्की बेलायतका राजा चाल्र्स तृतीयसँग पनि भेट्ने कार्यक्रम रहेको छ ।

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । दिउँसो २ बजेदेखि केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्नेछ । बैठकमा सरकारले ल्याएका अध्यादेश पारित गर्ने विषयमा छलफल हुने बताइएको छ ।

सरकारले ल्याएको अध्यादेश सदनबाट पारित हुने अवस्था नभएपछि प्रधानमन्त्री ओलीले अप्ठ्यारोमा परेका छन् । सरकारलाई समर्थन गरेका जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले केही अध्यादेशमा समर्थन गर्न नसक्ने जनाएपछि प्रधानमन्त्री ओली अप्ठ्यारोमा परेका हुन् ।

कटारी गोल्डकपको उपाधि च्याम्पियन ब्वाइज काठमाडौँलाई

उदयपुर । उदयपुरको कटारीमा सम्पन्न ‘पाँचौँ कटारी मेयर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’ को उपाधि च्याम्पियन ब्वाइज काठमाडौँले जितेको छ । शनिबार भएको फाइनलमा शलेस युथ क्लब सिरहालाई २–१ गोल अन्तरले पराजित गर्दै काठमाडौँले उपाधि जितेको हो ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको सिरहाले दोस्रो हाफमा कुलदीप कार्कीको गोलबाट अग्रता लिएका थिए । लगत्तै काठमाडौँका लागि सन्तोष न्यौपानेले गोल गर्दै खेल बराबरीमा ल्याएका हुन् । पुनः काठमाडौँ हेमन लिम्बूले गोल गरेपछि काठमाडौँ विजयी भएको हो ।

लिम्बूले खेलको ‘म्यान अफ दी म्याच’ समेत घोषित हुँदै नगद रु तीन हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात परेका छन् । यो उपाधिसँगै काठमाडौँले नगद रु तीन लाखका साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्दा उपविजेता सिरहाले नगद रु एक लाख ५१ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो ।

विजेता र उपविजेता टोलीलाई समापन समारोहमा कटारी नगरपालिकाका प्रमुख राजेशचन्द्र श्रेष्ठ, उपप्रमुख गीता खड्का, आयोजक कटारी नगर खेलकुद विकास समितिका अध्यक्ष दीपककुमार राईलगायतले पुरस्कार प्रदान गरेका थिए।

प्रतियोगितामा विधागततर्फ ‘उदीयमान खेलाडी’ आयोजक कटारी–११ का ऋतिक तामाङ, उत्कृष्ट डिफेन्डर काठमाडौँका धिरेन क्षेत्री, उत्कृष्ट गोलरक्षक चरी लिम्बू, प्रतियोगिता भरी पाँच गोल गर्दै सर्वाधिक गोलकर्ता सौर्य राउत घोषित हुँदा उत्कृष्ट खेलाडी सिरहाका शिशिर लेखी घोषित भए ।

उनीहरुलाई नगद रु पाँच हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको नगर खेलकुद विकास समितिले जनाएको छ । यही फागुन १० गतेदेखि जारी प्रतियोगितामा अन्तरराष्ट्रिय सामत्से फुटबल क्लब भूटानसहित आठ टोलीको सहभागिता थियो । कटारी नगरपालिकाको सहयोगमा प्रतियोगिता आयोजना गरिएको थियो ।

Mastering Megaways Slots on Golden Pharaoh Co.Uk: A Summer Tournament Guide

Mastering Megaways Slots on Golden Pharaoh Co.Uk: A Summer Tournament Guide

When the sun is high and the stakes are hot, many UK players turn to Megaways slots for fast‑paced action and massive win potential. As a seasoned casino analyst, I’ve tested dozens of platforms, and the one that consistently stands out is Golden Pharaoh casino. This site blends a huge game library with non‑GamStop access, crypto payments, and a generous welcome bonus that can boost any bankroll before the first spin.

In this guide we’ll walk through the evolution of Megaways, highlight the top‑paying titles on Golden Pharaoh Co.Uk, show how to leverage bonuses, and explain why the platform’s banking and live‑dealer options make it a top choice for UK gambling enthusiasts. Whether you’re a beginner or a seasoned slot hunter, the insights below will help you dominate summer tournaments and walk away with real cash.

Why Golden Pharaoh Co.Uk Is the Go‑To Destination for Megaways Fans

Golden Pharaoh Co.Uk has built its reputation on three pillars: game variety, player‑centric bonuses, and speedy payouts.

  • Over 3,000 games – The catalogue includes slots from NetEnt, Pragmatic Play, and Red Tiger, many of which feature the Megaways engine.
  • Welcome bonus up to £2,500 – New players can claim a 200% match on their first deposit plus 100 free spins on a Megaways title.
  • Non‑GamStop access – UK players who want to play outside the GamStop system can do so safely, thanks to a Malta Gaming Authority licence.

The platform also offers a VIP program that rewards high‑rollers with faster withdrawals, dedicated account managers, and exclusive tournament invites.

Quick Comparison of Key Features

Feature Golden Pharaoh Co.Uk Competitor A Competitor B
Game library 3,200+ titles 2,500 2,800
Welcome bonus 200% + 100 spins 150% + 50 spins 100% + 25 spins
Withdrawal speed 24‑48 hrs (crypto) 48‑72 hrs 72‑96 hrs
Live dealer Yes (Evolution) Limited No
Sports betting Yes (UK odds) Yes Yes

Statistics show that 68% of UK players who use non‑GamStop sites report higher satisfaction with bonus value, while 54% say faster withdrawals keep them playing longer.

Because of these advantages, Golden Pharaoh Co.Uk solves a common problem: players struggle to find a single site that offers top Megaways slots, generous promotions, and quick cash‑out options. The platform bundles everything together, letting you focus on the fun instead of hunting for the right deal.

Understanding the Megaways Engine and How It Impacts Your Wins

Megaways slots use a dynamic reel system that changes the number of symbols on each spin. Instead of a fixed 5‑reel layout, you might see 4‑6 reels with up to 7 symbols each, creating thousands of possible ways to win.

  • RTP (Return to Player) – Most Megaways games sit between 94% and 96.5% RTP, meaning for every £100 wagered, you can expect to get back £94‑£96 on average.
  • Volatility – High‑volatility Megaways titles offer larger payouts but less frequent wins, ideal for tournament play where a single big hit can change the leaderboard.
  • Paylines – The term “ways to win” replaces traditional paylines; each spin can generate up to 117,649 ways, giving players many chances to hit a combo.

How to Choose the Right Megaways Slot

  1. Check RTP – Higher RTP improves long‑term profitability.
  2. Assess volatility – Match it to your risk tolerance; beginners may prefer medium volatility.
  3. Look for bonus features – Free spins, multipliers, and cascading reels boost win potential.

Below is a quick rundown of the three highest‑paying Megaways slots currently available on Golden Pharaoh Co.Uk.

Slot Title Provider RTP Volatility Max Win
Gates of Olympus Megaways Pragmatic Play 96.5% High 5,000× stake
Bonanza Megaways Big Time Gaming 96.0% High 10,000× stake
Divine Fortune Megaways NetEnt 95.8% Medium 3,000× stake

Pro tip: During summer tournaments, focus on high‑volatility titles like Bonanza Megaways; a single cascade can catapult you to the top of the leaderboard.

Boosting Your Winnings with Bonuses, Promotions, and Tournaments

Golden Pharaoh Co.Uk’s welcome bonus is just the start. The casino runs weekly promotions that stack nicely with Megaways gameplay.

  • Reload bonus – 100% match up to £500 every Friday, perfect for a weekend tournament push.
  • Free spin rain – Earn 20 free spins on a Megaways slot after every £50 wagered.
  • Summer Megaways tournament – Compete for a £5,000 prize pool; the top 10 players share the loot based on total Megaways wins.

Steps to Maximize Bonus Value

  • Read the wagering requirements – Most bonuses require 30× the bonus amount.
  • Play eligible games – Only Megaways slots count toward the tournament leaderboard, so focus your spins there.
  • Cash out strategically – Withdraw after meeting the wagering to avoid losing bonus funds.

Statistical insight: Players who claim the reload bonus and play at least 500 spins per week see a 22% increase in total winnings compared to those who only use the welcome bonus.

Banking, Speed, and Safety: What UK Players Need to Know

A major concern for UK gamblers is how quickly they can access their winnings. Golden Pharaoh Co.Uk addresses this with multiple payment options and robust security.

  • Crypto deposits – Bitcoin and Ethereum allow near‑instant funding, ideal for tournament play where every minute counts.
  • E‑wallets – Skrill and Neteller process withdrawals within 24‑48 hours.
  • Traditional cards – Visa and Mastercard are supported, with processing times of 48‑72 hours.

All transactions are encrypted with SSL, and the site holds a Malta Gaming Authority licence, ensuring fair play and player protection.

Responsible Gambling Tools

  • Deposit limits – Set daily, weekly, or monthly caps.
  • Self‑exclusion – Opt‑out for a chosen period if needed.

By combining fast payouts with strong safeguards, Golden Pharaoh Co.Uk solves the common issue of delayed cash‑outs that can ruin a tournament run.

Live Dealer and Sports Betting: Adding More Layers to Your Summer Play

While Megaways slots dominate the action, Golden Pharaoh Co.Uk also offers a live dealer lounge and a full sports betting sportsbook. This lets you switch from spinning reels to betting on Premier League matches without leaving the platform.

  • Live dealer games – Blackjack, roulette, and baccarat streamed in HD from Evolution Gaming studios.
  • Sportsbook – Competitive odds on football, horse racing, and tennis, with a special UK gambling focus.

How to Blend Slots and Sports for Maximum Fun

  1. Start with a Megaways session – Build your bankroll using the welcome bonus.
  2. Switch to live dealer – Use a portion of winnings for a low‑risk table game.
  3. Place a sports bet – Hedge your slot losses with a small football wager.

Quick comparison of live‑dealer features

Feature Golden Pharaoh Co.Uk Rival Site X
Number of tables 30+ 12
Stream quality 1080p HD 720p
Chat function Yes No
Mobile support Full Limited

By diversifying your play, you keep the excitement high throughout the summer tournament season while managing risk.

Final Thoughts

Golden Pharaoh Co.Uk brings together the best of Megaways slots, lucrative bonuses, rapid banking, and a vibrant live‑dealer and sports betting environment. For UK players seeking a non‑GamStop platform with crypto options, this casino solves the puzzle of finding a single, trustworthy site that covers every gambling need.

Start with the welcome bonus, pick a high‑RTP Megaways title, join the summer tournament, and watch your winnings grow. Remember to gamble responsibly, set limits, and enjoy the thrill of the spin. Good luck, and may the reels be ever in your favor!